सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, २२ मंसिर । हामी नेपालीका संयोजक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालप्रति कडा असन्तुष्टि व्यक्त गर्दै बोली अनुसार कदम नसच्याए देशभरि ठूलो आन्दोलन गर्ने चेतावनी दिएका छन्।
गुरुङका अनुसार गृहमन्त्री अर्यालले बारम्बार भन्दै आएको– “तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको पक्राउ प्रक्रिया छानबिन आयोगको प्रतिवेदनपछि मात्र सम्भव हुन्छ”—भन्ने प्रतिवद्धताको अब परीक्षण हुने समय आएको छ।
गुरुङले फेसबुकमार्फत चेतावनी दिंदै भनेका छन्–“अब हामी गृहमन्त्रीमा हिम्मत छ कि छैन भनेर हेरिरहेका छौँ। उनले जहिले पनि छानबिन आयोगको कुरा गरेका थिए, त्यो समय आएको छ। हेरौँला… अब पनि आफ्नो बोली राखेनन् भने देशभर विरोध प्रदर्शन हुनेछ र त्यसको जिम्मा स्वयं गृहमन्त्रीले लिनुपर्नेछ।”
यसअघि सुदन गुरुङ जनजी आन्दोलनको नेतृत्व गर्दै उच्चस्तरिय व्यक्तिहरूमाथि कानुनी कारबाहीको माग गर्दै आएका छन्। गुरुङको ताजा चेतावनीसँगै सरकार र गृहमन्त्रीमाथि थप दबाब बढेको छ।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा