सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट हरि ढकाल र असिम शाह सहमहामन्त्री पदमा निर्वाचित भएका छन्।
शनिबार सम्पन्न निर्वाचनको मतपरिणामअनुसार ढकाल र शाह सहमहामन्त्री पदमा विजयी भएका हुन्।
रास्वपाले महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढाइरहेको छ। यसअघि उपसभापति, महामन्त्रीलगायतका पदको नतिजा सार्वजनिक भइसकेको छ भने अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरूको मतपरिणाम पनि क्रमशः सार्वजनिक भइरहेको छ।
नवनिर्वाचित सहमहामन्त्रीद्वयले पार्टीको संगठन विस्तार, नीति कार्यान्वयन तथा आगामी राजनीतिक गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने जिम्मेवारी सम्हाल्नेछन्।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा