• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण २१, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार १७३ जनालाई कारबाही

      आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

      धवल–प्रसाईंद्वारा ‘जय नेपाल पार्टी’ घोषणा, सर्वोच्च नेता प्रसाईं, अध्यक्षमा जबरा

      अमेरिकाको लामो दूरीका क्षेप्यास्त्र ‘लगभग सबै’ रित्तियो, प्रतिरोधी हतियार पनि ८० प्रतिशत खर्च

      ८ दिनदेखि जेनजीलाई गैरन्यायीक हिरासतमा राखेपछि जेनजीले दियो थप आन्दोलन गर्ने चेतावनी

      जनताका आशा–अपेक्षा फेरि टुट्न थाले : विप्लव

      सुनको मूल्यमा भारी गिरावट आउन सक्ने वर्ल्ड गोल्ड काउन्सिलको दाबी

      लगानी बोर्डको सीईओमा यांकी नियुक्त

      उच्च नैतिक चरित्र भएका न्यायाधीश आवश्यक छ : सुलभ खरेल

      म्यान्मारमा ‘मिसेस ग्राण्ड इन्टरनेशनल-२०२६’: नेपालको प्रतिनिधित्व गर्न प्रतिक्षा थापा प्रस्थान

      नेपाल टेलिकमको सेवाग्राहीलाई विशेष अवसर, पौषसम्म बक्यौता बुझाए जरिवाना छुट

      एकैदिन तोलामा ४ हजार २ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

      International गाजाबाट सेना फिर्ता गर्न इजरायल असहमत

      भरतपुरमा भूमिगत विद्युत वितरण प्रणाली अन्तिम चरणमा

      भरतपुरमा भूमिगत विद्युत वितरण प्रणाली अन्तिम चरणमा

    होमपेज /  आर्थिक

    सुनको माग घट्यो, चाँदीको बढ्दो : बिहेमा नयाँ गहना बनाउनेको संख्या न्यून

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ माघ १३, मंगलबार (६ महिना अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • २९६ पटक पढिएको
  • काठमाडौं । नेपालसहित विश्वभर सुन र चाँदीको मूल्य तीव्र रूपमा बढ्नुको मुख्य कारण युद्धको प्रभाव, विश्वव्यापी असुरक्षा र कागजी मुद्राप्रति घट्दो विश्वास भएको नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष महेन्द्ररत्न शाक्यले बताएका छन् ।

    नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले संसारमा जब–जब युद्ध, महामारी, भूकम्पजस्ता संकट र असुरक्षाको वातावरण सिर्जना हुन्छ, तब लगानीकर्ताहरू आफ्नो पूँजी सुरक्षित राख्न सुन र चाँदीतर्फ आकर्षित हुने बताए ।

    सोही कारण पछिल्लो समय नेपाल सहित विश्वभर सुनचाँदीको मूल्य व्यापक रुपले बढेको उनले जानकारी दिए । ‘यो आजको मात्र होइन, सयौँ वर्षदेखि चल्दै आएको अभ्यास पनि यहि हो,’ उनले भने ।

    शाक्यका अनुसार सुन र चाँदीको माग अचानक बढ्दा आपूर्ति भने सीमित हुने भएकाले मूल्यमा अस्वाभाविक वृद्धि देखिएको हो । ‘सुन खानीबाट मात्र प्राप्त हुने खनिज हो । यसलाई प्रयोगशालामा उत्पादन गर्न सकिने अवस्था छैन् । खानीहरू क्रमशः घट्दै गएका छन, तर माग अत्यधिक बढेको छ । सोहि कारण मूल्यवृद्धिमा सहयोग भइरहेको छ,’ उनले भने

    उनले अहिले केवल व्यक्ति मात्र होइन, ठुला ठुला राज्यहरूले नै सुन–चाँदीलाई ‘सेफ हेभन’को रूपमा संचित गर्न थालेको बताए । ‘संसारका धनी कहलिएका राष्ट्रहरूलाई पनि अब आफ्नै कागजी मुद्रामा विश्वास छैन् । युद्धका कारण कुनैपनि राज्य असफल हुँदा कागजी पैसा शून्य हुन्छ, तर सुन–चाँदीले मात्र आफ्नो मूल्य जोगाउँछ भन्ने इतिहासले देखाइसकेको छ,’ उनले भने ।

    इराक युद्धपछिको उदाहरण दिँदै उनले भने, ‘इराकका पूर्व राष्ट्रपति सद्दाम हुसेनको पालामा जुन मुद्रा बलियो थियो, युद्धपछि त्यो कागज बराबर पनि रहेन । जसले सुनचाँदी राखेका थिए, उनीहरू मात्र बचे ।’

    उनका अनुसार रुस–युक्रेन युद्ध, इजरायल–हमास द्वन्द्व, चीन–ताइवान तनाव जस्ता घटनाले विश्वव्यापी ‘वार मेन्टालिटी’ बढाएको छ । यही कारण डलरसँग सुनको परम्परागत सम्बन्ध पनि कमजोर हुँदै गएको उनको विश्लेषण छ । ‘पहिला डलर बलियो हुँदा सुन घट्थ्यो, अहिले त्यो सम्बन्ध छैन। अहिले डलर प्यानिक छ सोही कारण डलरको मूल्य बढ्दा सुनको मूल्यपनि बढीरहेको छ,’ उनले भने ।

    शाक्यका अनुसार अमेरिकालगायत ठूला राष्ट्रहरू स्वयं पनि डलरभन्दा सुनको भण्डारण बढाउँदै छन् । ‘रुसले युद्धपछि अर्बौं डलर बराबरको सम्पत्ति गुमायो । यही डरका कारण चीनजस्ता देशहरूले पनि डलरभन्दा सुन–चाँदीतर्फ रिजर्भ सारिरहेका छन,’ उनले बताए ।

    गहनाको माग घट्यो, फिजिकल गोल्डको बढ्यो

    नेपालको सन्दर्भमा गहना बनाउने सुनको माग घट्दै गएको र फिजिकल गोल्ड तथा चाँदी किन्ने प्रवृत्ति बढेको उनले बताए । ‘बिहेमा नयाँ गहना बनाउनेभन्दा पुरानो गहना साट्ने, मर्मत गर्ने र पुनः प्रयोग गर्ने चलन बढेको छ,’ उनले भने । उनका अनुसार सुन–चाँदी रिसाइकल गर्न सकिने धातु भएकाले पुराना गहनाबाटै ठूलो मात्रामा कारोबार भइरहेको छ । ‘नयाँ गहना बनाउने माग करिब ८० प्रतिशतले घटेको छ,’उनले दाबी गरे ।

    शाक्यले नेपालमा नागरिकले काँचो सुन किन्न नपाउने व्यवस्थालाई विडम्बनापूर्ण भएको बताएका छन् । ‘२०६७ सालदेखि राष्ट्र बैंकले काँचो सुन किन्न प्रतिबन्ध लगाएको छ । काँचो चाँदी किन्न पाइन्छ, सुन पाइँदैन,’उनले भने । सम्पत्तिको हकअनुसार सुन–चाँदी चल सम्पत्ति भएको देवानी संहिताले नै परिभाषित गरिसकेको भन्दै उनले यस विषयमा सर्वोच्च अदालतमा रिट निवेदनसमेत दायर गरिएको जानकारी दिए ।

    उनका अनुसार विश्वभर सुनचाँदीको माग उच्च भइरहेका बेला नेपालमा नीतिगत प्रतिबन्धले बजारलाई अनौपचारिकतर्फ धकेलिरहेको छ । ‘मानिसहरू किन्न चाहन्छन तर सहज व्यवस्था नहुँदा समस्या बढिरहेको छ,’ उनले बताए ।

    मूल्यवृद्धिले सुनको मागमा कमी

    उनका अनुसार हाल नेपालका सबै ७७ जिल्लामा सुनचाँदीको कारोबार भइरहेको छ । ‘पहिला ४०–५० जिल्लामा मात्र कारोबार सीमित थियो, तर संघीय संरचनापछि अहिले सबै जिल्लामा सुनचाँदीको व्यापार विस्तार भएको छ,’ उनले भने । गत मंसिर महिनामा मात्रै नेपालभर करिब ५० देखि ५५ किलो सुनको माग रहेको शाक्यको भनाइ छ । हाल भने सिजन कमजोर हुँदा दैनिक १० देखि १५ किलोको हाराहारीमा कारोबार भइरहेको छ।

    शाक्यका अनुसार अहिले स्थानीय स्तरमा धेरैले पुरानो गहना साटेर वा बेचेर आफ्नो आवश्यकताअनुसार कारोबार गरिरहेका छन् । ‘बिहे, पार्टी, सामाजिक संस्कारजस्ता प्रयोजनका लागि अलिअलि सुन किन्ने क्रम भने निरन्तर छ,’ उनले भने ।

    हाल सबै बैंकले सुन आयात नगरेको र १८ मध्ये दुई–तीनवटा बैंकमार्फत मात्र आयात भइरहेकाले आपूर्तिमा चाप परेको शाक्य बताउँछन् । ‘एउटा बैंकले ५० किलो सुनको असाइनमेन्ट ल्याउँदा पनि लामो समय पर्खिनुपर्ने अवस्था छ,’ उनले भने । पछिल्लो समय ८५ देखि १२५ किलोसम्म सुन बैंकमै होल्ड भएर बसेको उदाहरण दिँदै उनले आयात प्रक्रियामा देखिएको जटिलताले बजारलाई थप दबाबमा पारेको बताए ।

    उनका अनुसार बैंकहरूले आयात गरेको सुन रिजर्भमा राख्ने र त्यसलाई व्यवसायीले बिस्तारै किनेर बजारमा आपूर्ति गर्ने अवस्था छ । ‘कम्तीमा आगामी तीन–चार महिना यो अवस्था यथावत् रहन सक्छ,’ उनले अनुमान गरे । शाक्यले युक्रेन युद्ध, मध्यपूर्वको अस्थिरता, इरान–इजरायल तनाव, चीन–ताइवान विवादजस्ता घटनाले सुनको मूल्यलाई थप उचाल्ने चेतावनी दिए । ‘यदि इरानजस्तो ठूलो देश युद्धमा तानियो भने सुन र तेल दुबै बजारमा ठूलो उथलपुथल आउन सक्छ,’ उनले भने । उनका अनुसार अमेरिकाले विश्वको ‘डि–फ्याक्टो’ केन्द्रीय बैंकको भूमिका खेलिरहेको छ । अमेरिकासँग करिब आठ हजार टन सुन भण्डारण रहेको र उसले चाहेमा बजार हस्तक्षेप गरेर मूल्य घटाउन सक्ने भए पनि हालसम्म त्यसो नदेखिएको उनको विश्लेषण छ । आगामी दिनमा सुनको मूल्य अभैं बढ्ने ६० प्रतिशत सम्भावना रहेको र अझै ४० प्रतिशत सम्भावना करेक्सन अर्थात् घट्नसक्ने देखिन्छ,’ उनले भने ।

    चाँदीको माग तिब्र

    सुनको मूल्य प्रतितोला तीन लाख रुपैयाँ भन्दा माथि पुगेपछि चाँदीको मागमा तिब्र वृद्धि देखिएको शाक्यले बताए । पछिल्लो समय चाँदीको मूल्य तीव्र रूपमा बढ्नुको मुख्य कारण औद्योगिक क्षेत्रमा यसको माग अस्वाभाविक रूपमा बढ्नु उनले बताएका छन् ।

    नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार चाँदी अब केवल गहना, भाँडाकुँडा वा धार्मिक प्रयोजनमा सीमित नरही सोलार प्यानल, डाटा सेन्टर, एक्स–रे मेसिन, क्यामेरा, इलेक्ट्रोनिक्सलगायत उच्च प्रविधिका उद्योगमा अत्यधिक प्रयोग हुन थालेपछि यसको माग विश्व बजारमै चुलिएको हो ।

    चीनमा चाँदीको आपूर्ति सीमित हुँदा अन्तर्राष्ट्रिय बजारमा यसको माग झनै बढेको उनले बताए । ‘चाँदीको मूल्य ८० प्रतिशतसम्म बढ्ने र २० प्रतिशत करेक्सन हुने सम्भावना देख्छु,’ उनले भने । पछिल्लो एक वर्षमा मात्रै चाँदीको मूल्य करिब १०० प्रतिशतले बढिसकेको उनको दाबी छ ।
    शाक्यका अनुसार विगतमा चाँदी मुख्यतः हस्तकला तथा परम्परागत उपयोगमा सीमित थियो । ‘पहिला चाँदी भनेको हस्तकलाजन्य कच्चा पदार्थ थियो, भाँडाकुँडा, मूर्ति, धार्मिक सामग्री, कलात्मक सामग्री बनाउने कारिगरहरूले प्रयोग गर्थे,’उनले भने, ‘धनाढ्य वर्गमा आज पनि चाँदीका थाल, गिलास, भाँडाकुँडाको प्रयोग चलनमै छ ।’

    नेपालमा लगानी विकल्पको संकट

    शाक्यका अनुसार नेपालमा सुरक्षित लगानीका विकल्प सीमित हुँदा सुन–चाँदी ‘सेफ हेभन’ बनेको छ । ‘पछिल्लो समय घरजग्गा, मुद्धती निक्षेप, सहकारी सबै जसो लगानीमा खासै उत्साह नभएको देखिन्छ । सुन–चाँदीमा भने दैनिक मूल्य बढ्ने भएकाले आकर्षण बढेको छ,’ उनले भने ।

    नेपालमा सुन र चाँदीको खानी नहुँदा सम्पूर्ण आपूर्ति आयातमै निर्भर रहेको र दुबई, इटाली तथा स्विजरल्याण्डबाट ल्याउनुपर्ने बाध्यता रहेको उनले बताए । ‘हाम्रो संस्कृतिमा पनि सुन–चाँदीको ठूलो महत्व छ । धार्मिक, सांस्कृतिक र सामाजिक कारणले पनि यसको माग निरन्तर रहन्छ,’ उनले भने । युद्धको आशंका, राज्यहरूद्वारा सुन–चाँदी भण्डारण र लगानी विकल्पको अभाव कायम रहेसम्म सुनचाँदीको मूल्य उच्च नै रहने संकेत देखिएको शाक्यको दाबी छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    एकैदिन तोलामा ४ हजार २ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    भरतपुरमा भूमिगत विद्युत वितरण प्रणाली अन्तिम चरणमा

    नबिल बैंकको नाफा ३३.५० प्रतिशतले बढ्यो, लाभांश क्षमता १९.१० प्रतिशत पुग्यो

    आन्तरिक उडानको भाडा बढ्यो

    अर्थमन्त्री वाग्लेले बैंकका सिइओसँग भने– अर्थतन्त्र चलायमान बनाउन बैंकिङ क्षेत्रको भूमिका निर्णायक

    शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफामा ८३ प्रतिशतको छलाङ, इपिएस २३.५२ रुपैयाँ पुग्यो

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिन्धुलीबाट ४४.३४० ग्राम खैरो हेरोइनसहित तीन जना पक्राउ

    २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार १७३…

    आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

    धवल–प्रसाईंद्वारा ‘जय नेपाल पार्टी’ घोषणा, सर्वोच्च नेता प्रसाईं,…

    ८ दिनदेखि जेनजीलाई गैरन्यायीक हिरासतमा राखेपछि जेनजीले दियो…

    लगानी बोर्डको सीईओमा यांकी नियुक्त

    अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारबीच १९ बुँदे…

    अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न सरकार…

    आर्थिक

    एकैदिन तोलामा ४ हजार २ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    भरतपुरमा भूमिगत विद्युत वितरण प्रणाली अन्तिम चरणमा

    नबिल बैंकको नाफा ३३.५० प्रतिशतले बढ्यो, लाभांश क्षमता १९.१० प्रतिशत पुग्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑