सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

१,
किन लेखियो कविता ?
अपमानित हुनलाई
कवि जुलुसमा छ
कविताको चीरहरण भए पछि,
हातमा प्लेकार्ड बोकेर
कवि
कविहरुलाई निर्भयका साथ
आह्वान गरिरहेछ
नलेखौ कविता
ओ, कविहरु
कलम बन्दी गर्नु पर्ला,
हाम्रा आवाज रोक्न खोजिन्छन यदि भने
कलम हैन
बारुद बोक्न बाध्य हुनु पर्ला ।
२,
कविहरु भोक भोकै मर्न लागे भन्छन
भोको पेटकै कविता लेख्नु पर्ने ,
भावनाहरु उर्लन्छन खहरे सरी
बगरहरु छिचोलेर
जङ्घार पनि तर्नु पर्ने,
गन्तव्य हराएको यात्री झै
बिच बाटो मै अलपत्र बस्छौ किन ?
कुन बाटो कहाँ जाने ?
मूलबाटो खोज्नु पर्नेे भो ।
३,
तिमी संग दुःखेको मन छ अलिकति
औडाहाले छाती पोल्छ भत्भति
कसरी विसर्जित गर्छौ आन्दोलन ?
विद्रोहका ज्वारभाटा उठे पछि ।
४,
तिमी उसको यात्राको
बाधक बन्छौ किन ?,
उसले तिमी विरुद्ध नालिश हालें भन्थ्यो
मुद्धा दरपिट भई नै सक्यो,
उ विद्रोहको चिराग बाल्दै
प्रतिरोधी आवाजहरु बोकी
सलबलाउँछ फेरि किन ?
५,
मुखमा कालो पट्टि बाँधी
कलमको क्रश चिन्ह बनाएर
कवि सडकमा आएको छ
उसलाई नरोक
बे रोक टोक बढ्न देउ अगाडि
उ त आगोको पुलिन्दा हो
तिमीलाई भष्मिभूत पार्न सक्छ ।
६,
उसले रहरको घाम जून देख्नु पर्ने
उसको आँखा छोप्छौ किन ?
भित्री आँखा मरेको छैन
बाहिरी आँखा छोपेर के भो ?
तिमी आफ्नो स्वाभिमान गुमाएर
कठपुतली बनेको किन ?
तिमी एक्ली सक्यौ
रण मैदानमा कोही छैन
आत्मसमर्पण गरे हुन्छ
तिम्रो सुरक्षार्थ को आउँछ, किन ?
–प्रकाशचन्द्र खतिवडा

युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा