• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ३, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • बाजुरामा सवारीको ठक्करबाट विद्यार्थी गम्भीर घाइते

      गभर्नर विश्वनाथ पौडेलको हस्ताक्षरसहित नयाँ ५०० रुपैयाँका नोट आजदेखि चलनचल्तीमा

      रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने पर्यटन व्यवसायी पाण्डेको तयारी  

      फिफा विश्वकप : मेस्सीको ह्याट्रिकसँगै अल्जेरिया विरुद्ध अर्जेन्टिनाको सानदार जित

      कोशी प्रदेशकै सर्वोत्कृष्ट प्रहरी बने मोरङ ट्राफिक प्रमुख न्यौपाने

      प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

      विश्व खडेरीविरुद्ध संघर्षको दिवस मनाइँदै

      बाजुराको मार्तडी-कोल्टी सडक खण्डको जिल्ली पहिरो, रोकथाममा प्रयास,विद्यालय भने जोखिममै

      आजको मौसम : तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना

      मुक्तिनाथमा पर्यटकको चाप, भारतीयको संख्या उल्लेख्य 

      तलब माग गर्दै मधेश प्रदेशका १३६ स्थानीय तहमा कार्यरत प्रयोगशालाकर्मीहरु आन्दोलित

      कानुनी परिधिभित्र रहेका शैक्षिक व्यवसायलाई राज्यले लखेट्दैन : सहसचिव सापकोटा

      डीएभी कलेजको छतबाट हाम फालेर १८ वर्षीय छात्रले गरे आत्महत्या

      नेपालको शिक्षामा ‘लर्निङ क्राइसिस’ देखियो : डा. महाश्रम शर्मा

      शिक्षा र स्वास्थ्य जस्ता मौलिक क्षेत्रमा शुल्क लगाउनु गलत : उमेश श्रेष्ठ

    होमपेज /  लेख/साहित्य

    धमाधम खाली हुँदै घर, घरधनीहरुको निद्रा र भोक हराउँदै !

    रुषा थापा

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८१ बैशाख १०, सोमबार (२ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २२६० पटक पढिएको
  • रुषा थापा / भक्तपुर । बाटोमा हिँड्दा ‘कोठा खाली’, ‘सटर भाडामा’, ‘फ्रल्याट बिक्रीमा’, लगायत लेखिएका पोस्टर छ्यापछ्याप्ती देखिन्छन् । चाँहे त्यो सडक छेउछाउकै घरमा होस् या भित्री गल्लीहरुमा । राजधानीको मुख्य सहर इन्द्रचोक, पुतलीसडक, न्यूरोड, ठमेल, लाजिमपाट, क्षेत्रपाटी, सामाखुशी, कलंकी, बालाजु, बसुन्धाराजस्ता ठाउँमै कोठा, सटर र फ्रल्याट खाली देखिन्छन् ।

    उपत्यकामा काठमाडौं, ललितपुर र भक्तपुर पर्छन् । तर, राजधानीमै धमाधम घर खाली हुँदा ललितपुर र भक्तपुरको अवस्था पनि उही छ । झन् अन्य जिल्ला वा ठाउँको हालत के होला ? काठमाडौं उपत्यकासँगै जोडिएका अधिंकाश जिल्लाहरुमा कोठा, सटर र फ्रल्याट खाली भएका छन् । अहिले कोठा, सटर र फ्रल्याट छोड्नेको संख्या हवात्तै बढेको छ ।

    घरहरु दिनहुँ खाली हुँदै गएका छन् । र, घरधनीहरु चिन्तित छन् । कतिपय घरधनीहरु त भन्छन्, ‘झण्डै एक वर्ष हुन लाग्यो । घर खाली भएको ।’ अहिले सटर लिएर व्यापार गर्ने छैन । कोठामा बस्ने पनि छैन । र, फ्रल्याट लिएर अफिस सञ्चालन गर्ने पनि छैन । किनकि अधिंकाश मानिसहरु बेरोजगारी वा आम्दानी नभएपछि महंगीका कारण यहाँ बस्नै नसकेर आफ्रनै गाउँघर फर्किएका छन् ।

    यसले गर्दा भाडामा बस्ने मान्छे भेटिन अहिले मुस्किल छ । तीन वर्षअघि उपत्यकामा घरधनीहरु एउटै कोठाको मासिक भाडा ९ हजारदेखि २० हजार असुल्थे । एक फ्रल्याटको २५ हजारदेखि तीन लाख र एउटा सटरको २० हजारदेखि १८ लाखसम्म लिन्थे । खाली सटर त झन् २० लाखदेखि ५० लाखमा बिक्री हुन्थ्यो ।

    बस्नुभन्दा अगाडि नै तीन महिनाको भाडा तिर्नुपथ्र्यो । बत्ती, पानी, फोहोर र इन्टरनेटको पैसा घरधनीहरुले जति भन्यो, डेराबहालहरु त्यति नै तिर्न बाध्य हुन्थे । अहिले घरधनीहरु भाडा घटाएर दिन्छु भन्दा समेत सटर लिएर व्यापार गर्ने कोही छैन । न त कोठामा बस्ने वा फ्रल्याट लिने नै छन् । हिजो घरधनीहरुले डेराबहालहरुलाई लुट्नु लुटे ।

    अहिले घर धमाधम खाली भएका छन् । आम सर्वसाधारण वा डेराबहालहरुको मनमा घरधनी भनेको ठग हुन् भनेर छापा बसिसकेको छ । पैसा असुल्ने तर सेवासुविधा नदिने शोषक, सामान्ती घरधनीहरु हुन् भनेर डेराबहालहरुले बुझिसकेका छन् । भाडामा लगाएरै घरधनीहरुले कमाएको देखेर डेराबहालहरुले पनि पैसा हुना साथ जग्गाकिनेर घर बनाए ।

    उपत्यकाका कुना कुनामा घर बनेको छ । तर, भाडामा बस्ने कोही छैन । भाडामा लगाएर बसिबसि खान्छु भनेर अधिंकाशले हिजो बैंक तथा वित्तिय संस्थाबाट ऋण लिएर घर बनाए । अहिले भाडामा बस्न कोही आएको छैन । बसेकाहरु पनि छोडिरहेका छन् ।

    अहिले घरधनीहरुको निद्रा र भोक नै हराएको छ । एकातर्फ भाडामा बस्न कोही आउँदैन त अर्कातर्फ बैंकको साँबाब्याज बढ्दै गएको छ । ऋण तिर्न पैसा छैन अनि घर बिक्री हुँदैन । अहिले अधिंकाश घरधनीहरु यही समस्याबाट गुज्रिरहेका छन् । हिजो भाडामा लगाएर पैसा कमाउने सपना देखेर उनीहरुले घर त बनाए ।

    यद्यपि, अहिले भाडामा बस्ने कोही नभएपछि बैंक, वित्तिय संस्थाले उनीहरुलाई च्यापेको छ । पछिल्लो समय घर बेच्न चाहाने यत्तिकै भेटिन्छन् । सार्वजनिक ठाउँमा होस् या मालपोत कार्यालय वरपर घरजग्गा बेच्न चाहानेहरु छ्यापछ्याप्ती देखिन्छन् । दलालीहरु नै तीन वर्षअघि तीन करोड पर्ने घर अहिले एक करोडमा समेत बिक्री नभएको बताउँछन् ।

    उपत्यकामा थुप्रै मालपोत कार्यालय छन् । तर, त्यहाँ घरजग्गा किनबेच वा नामासरी ठप्प छ । विगत तीन वर्षदेखि मालपोत कार्यालयमा चहलपहल छैन, सुनसान छ । उपत्यकामा मात्र होइन, अहिले मुलुकभरको अवस्था यस्तै छ । घरजग्गा कारोबार ठप्पै भइसकेको छ । २०८० साउन ३० गतेको मन्त्रिपरिषद् बैठकले जग्गाको कित्ताकाट फुकुवा गप्यो ।

    तापनि घरजग्गा कारोबार बढेन । घरजग्गा कारोबारमा मन्दी आएको छ भने भाडामा बस्ने पनि कोही छैन । बैंक, वित्तिय संस्थाबाट ऋण लिएर घर बनाएकाहरु अहिले मर्नु कि बाँच्नु अवस्थामा पुगेका छन् । बैंकले घर लिलाम गर्ने डरले कतिपय घरधनीहरु त डिप्रसेनमा गइसकेका छन् । कतिपयको घरमा खाने छैन ।

    डेराबहालबाट उठाउने भाडाले नै अधिंकाशले गुजारसँगै बैंकको साँबाब्याज तिर्दै आएका थिए । तर, अहिले भाडामा बस्न कोही नआएपछि उनीहरुको अवस्था नाजुक बनेको छ । बिहान बेलुकाको छाक टार्नै कतिपय घरधनीहरुलाई मुस्किल परेको छ । फेरि भोक लाग्यो भन्दैमा इट्टा र डण्डी त चपाउन मिल्दैन नि त ।

    पाँच दशकअघि उपत्यकामा सबै खेतीयोग्य जमिन थियो । जताततै बारी वा फाँट देखिन्थ्यो । अधिंकाश मानिस खेतीपाती गर्थे । एउटैको रोपनीका रोपनी जमिन हुन्थ्यो । त्यतिखेर मुस्किलले घर देख्न पाइन्थ्यो, त्यो पनि माटोको । तर, बीचमा जग्गा दलालीहरुले किसानहरुसँग सस्तोमा जमिन किने अनि प्लानिङ र खण्डीकरण गर्दै महंगोमा बेचेर जग्गाको मूल्य हवात्तै बढाएका हुन् । अहिले उपत्यकामा बारी वा फाँट देखिँदैन । जताततै घरैघर छ । घर पनि टाँसिएर बनाइएको छ । यसले गर्दा घाम देख्न समेत मानिसहरुलाई हम्मेहम्मे पर्ने गरेको छ ।

    मुलुकभरको ९० प्रतिशत खेतीयोग्य जमिन घर र बाटो बनाउँदा मासिएको छ । अहिले देश खाद्यान्नमा आत्मनिर्भर छैन । सागदेखि गुन्द्रकसम्म विदेशबाट आयात गर्नुपरिरहेको छ । जसले गर्दा एकातिर मुलुकको पैसा विदेशिएको छ, अर्कोतर्फ जुनसुकै बेला खाद्यान्न संकट निम्तिने देखिन्छ । बजारमा घरजग्गा, गाडी र सेयरको किनबेचमा पूरै मन्दी छ ।

    यसले गर्दा सबै पैसा फ्रिज भएको छ । घरजग्गामा जसरी दलालीहरुले सेयर र गाडीको पनि मूल्य बढाएका थिए । बैंकले सय रुपैयाँमा निष्काशन गरेको सेयर दलालीहरुले ३५ सय पुप्याए । एक लाखको गाडी दलालीहरु २० लाखमा बिक्री गरे । अहिले ९९ प्रतिशत मानिसको घरजग्गा, गाडी र सेयर बैंक तथा वित्तिय संस्थाको नाममा छ ।

    बजारमा घरजग्गा, गाडी र सेयरको मूल्य घट्नासाथ सहकारी संस्थाहरु भागिहाले । करोडौं बचतकर्ताको खर्बौ रकम झवाम पारेको छ, सहकारीले । आज बचतकर्ताहरुको रुवाबासी चलेको छ । तर, के गर्नु ? अहिले बैंकको अवस्था पनि सहकारीजस्तै भएको छ । लिलाम गरेको धितो बिक्री नभएपछि ग्राहकको खोजीका लागि कर्मचारी नै खटाएका छ, बैंकले ।

    चिया पसल, सार्वजनिक स्थललगायतमा बैंकका कर्मचारीहरु यत्तिकै भेटिन्छन् । उनीहरु घरजग्गा, गाडी र सेयर किन्न मानिसहरुलाई फर्काइरहेका हुन्छन् । तर, अहिले घरजग्गा, गाडी र सेयर किन्ने कोही छैन । सबै बेच्न चाहाने मात्र छन् । केही दिनअघि एनआईसी एसिया बैंकले कर्जा तिर्नेलाई २० प्रतिशत छुटसँगै ब्याज, पेनाल्टी केही तिर्नुनपर्ने अफर ल्यायो ।

    यसबाटै बैंकहरु टाट पल्टिने अवस्थामा पुगेको बुझिन्छ । अहिले आम सर्वसाधारणले बैंकमा बचत गर्न छोडिसकेका छन् । बचत गरेकाहरु पनि धमाधम रकम निकालिरहेका छन् । अर्कोतर्फ घरजग्गा, गाडी र सेयरमा लगानी गर्दा बैंकहरु डुब्ने अवस्थामा पुगेका छन् । ऋणको साँबाब्याज बढ्दै गएको छ भने धितोको मूल्य घट्दो छ ।

    अनि बैंकले कसरी उठाउँछ ऋण ? बैंकहरुलाई घरजग्गा, गाडी र सेयर टोक्नु कि बोक्नु भइरहेको छ । ऋणी कर्जा तिर्दैन त धितो पनि बिक्री हुँदैन । फेरि बचतकर्ताहरु भने पैसा निकाल्न लाम लागेका छन् । सहकारी संस्थाहरु भाग्नुअघि बचतकर्ताहरुलाई भन्थे, ‘हाम्रो लगानी घरजग्गा, गाडी र सेयरमा छ । हामी त्यो बेचेर भएपनि तपाईँहरुको पैसाफिर्ता गछौं । हामी भाग्दैनौं । तपाईंहरु नआत्तिनुस् ।’ तर, मै हुँ भन्ने सहकारीहरु पनि पछि भाग्नै पप्यो । अहिले बैंकले पनि पैसा निकाल्न गएका बचतकर्ताहरुलाई यस्तै भनिरहेको सुनिन्छ ।

    सरकार, अर्थ मन्त्रालय र राष्ट्र बैंकले पनि बैंक, वित्तिय संस्थालाई घरजग्गा, गाडी र सेयरमा लगानी गर्न प्रतिबन्ध लगाएको भए आज यो अवस्था आउदैंन्थ्यो । सरकारले समयमै उचित कदम चाल्न नसक्दा बैंक, ऋणी र बचतकर्ताहरु नै डुबे ।

    लेखकको बारेमा

  • रुषा थापालेखकबाट थप
  • RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    हर्मुज नाकाबन्दी : विश्वको ‘उर्जा लाइफलाइन’ र नेपालमा यसका बाछिटा

    कविता: उदीप्त प्रकाश 

    कविता: आत्मसमर्पण

    विदेशबाट मतदान कति संभव ?

    बिचार : पोखरा–काठमाडौँ ‘हाइवे’ मा राज्यको उपस्थिति शुन्य !

    फेरिएकी सुजाता !

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बाजुरामा सवारीको ठक्करबाट विद्यार्थी गम्भीर घाइते

    गभर्नर विश्वनाथ पौडेलको हस्ताक्षरसहित नयाँ ५०० रुपैयाँका नोट…

    रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने पर्यटन व्यवसायी पाण्डेको…

    फिफा विश्वकप : मेस्सीको ह्याट्रिकसँगै अल्जेरिया विरुद्ध अर्जेन्टिनाको…

    डीएभी कलेजको छतबाट हाम फालेर १८ वर्षीय छात्रले…

    पेट्रोलियम पदार्थको मूल्य स्थिर

    सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट,…

    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड

    आर्थिक

    गभर्नर विश्वनाथ पौडेलको हस्ताक्षरसहित नयाँ ५०० रुपैयाँका नोट आजदेखि चलनचल्तीमा

    स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि थप ९१ करोड १८ लाख निकासा प्रक्रिया अघि बढ्यो

    इलामका चिया उद्योग बन्द, लाखौं किलो चिया थन्कियो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑