• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण ४, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्छ : राष्ट्रपति

      आईजीपी दानबहादुर कार्की थाइल्यान्ड प्रस्थान

      राष्ट्र बैंक सरकारबाट पूर्ण रूपमा पृथक हुन नसक्ने, मौद्रिक र वित्तीय नीति सँगसँगै जानुपर्छ : अर्थ मन्त्रालय

      परिभाषाविहीन, दिशाविहीन, नीतिविहीन र थितिविहीन राजनीति भइरहेको छ : ओली

      श्रीलंका भ्रमण सम्पन्न गरी संयोजक प्रचण्ड स्वदेश फिर्ता, भ्रमण सफल भएको दाबी

      बालेन सरकारको प्रारम्भ नै मान्छे मार्ने र षड्यन्त्रबाट भयो : ओली

      उजुरी र भिडियोपछि नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

      नेपाली सेना खारेज गर्नुपर्छ भन्ने सिके राउतको अभिव्यक्तिप्रति खेद प्रकट गर्दछु, ‘नेपाली सेना हाम्रो गौरव हो’ ज्वाला संग्रौला

      फाइनलअघि अर्जेन्टिनाका डिफेन्डर मार्टिनेजको सन्देश : ‘सबै जना एक भएर अघि बढौँ’

      फाइनलअघि अर्जेन्टिनाका डिफेन्डर मार्टिनेजको सन्देश : ‘सबै जना एक भएर अघि बढौँ’

      अलपत्र जलविद्युत् आयोजनालाई चार समूहमा वर्गीकरण गरि आरसीओडी म्याद थप्ने तयारी

      नेपालमा हाइड्रोजन सवारी सञ्चालनका लागि सरकारद्वारा सुझाव आह्वान

      कांग्रेसमा युवा प्रतिनिधित्व बढाउँदैछौँ : गगन थापा

      विश्वकप फाइनलअघि भावुक बने मेस्सी : ‘हाम्रो सबैभन्दा ठूलो उपलब्धि उपाधि होइन, यो यात्रा हो’विश्वकप फाइनलअघि भावुक बने मेस्सी : ‘हाम्रो सबैभन्दा ठूलो उपलब्धि उपाधि होइन, यो यात्रा हो’

      अवरुद्ध बीपी राजमार्ग पुन: सञ्चालनमा 

    होमपेज /  लेख/साहित्य

    फेरिएकी सुजाता !

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८१ श्रावण २९, मंगलबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १२९४ पटक पढिएको
  • शुरज थपलिया / सुजाता कोइराला बुबा गिरिजाप्रसाद कोइरालाको पेरिफेरिमा रहेर नेपाली राजनीतिमा उदाइन् । र, शक्ति अभ्यासमा केन्द्रित भइन् । शक्तिको रुचि बढ्दा उनले आफूलाई अब्बल महिलाको रुपमा उभ्याउने कोशिश गरिन्। शक्तिको आडमै उपप्रधान तथा परराष्ट्र मन्त्री बनिन् ।

    उक्त पद बुबा गिरिजाको कारण पाएको भन्नेको कमी छैन । तर, उनले जुन पद हासिल गरिन् त्यसले उनलाई काँग्रेस राजनीतिमा स्थापित गरायो । समयसँगै सुजाताले बलियो पञ्जा फिँजाइन । ‘सुजाता दिदी’ भन्दै हिँड्नेहरूको लावालस्कर बढ्दै गयो । उनी सुजाता ‘दी’ ले चर्चित बनिन् ।

    देशको राजनीति पिता गिरिजाको वरिपरि रहँदा उनी शक्तिलाई पुज्नेको केन्द्रबिन्दुमा थिइन् । उनको अघपिछि हिँड्नेको हुल हुन्थ्यो । उनी गिरिजाकी एक्ली छोरी थिइन् । बुबाको निधनसँगै सुजाताको शक्ति क्षय हुँदै गयो । उनका अघिपछि हिँड्ने भिड हराउँदै गयो । उनी एक्ली एक्ली भइन् । सुजाता ‘दी’ भन्दै हिँड्ने हुल अर्को शक्तिशालीको पछि कुद्न थालिसकेको थियो ।

    मान्छे शक्तिकै पछि कुद्ने जात न हो । सुजाता बिरामी परिन् । उनलाई क्यान्सर भयो । उपचारमा लाग्दा उनले सधैं व्यस्त हुने राजनीतिक भेटघाटलाई कम गरिन् । कार्यकर्ताको आवतजावत पनि कम भयो । उनी धेरै घरमा नै आराम गर्न थालिन् । कार्यक्रमहरुमा कमै देखिन्थिन् ।

    यसै महिना सुजाता दाजु शेखर कोइरालाको सचिवालयमा देखापरिन् । उनी आउनुअघि नै कार्यकर्ताले सचिवालय भरिएको थियो । उनी आउनुको कारण १५औँ महाधिवेशनमा दाजु शेखरसँग मिलेर जाने उदघोष गर्नु थियो । दाजु बहिनी सँगै बसेर कार्यकर्तासँग वाचा गरे हामी मिलेर जान्छौँ । सुजाताले शशांकलाई पनि आफूहरुसँगै ल्याउने वाचा गरिन् ।

    १४औँ महाधिवेशन अघि पनि वाचाहरु भएका थिए । तीन कोइराला एक भएर जाने पटक पटक समाचार आएर बने । तीनजना (शेखर, सुजाता र शंशाक)ले मिलेरै जान्छौं एक मात्रै सभापतिको उमेदवार हुन्छौं भनेका थिए । तर, समयक्रमसँगै तीनै जना एकै ठाउँमा रहन सकेनन् । पार्टी भित्रका या बाहिरी कुन शक्तिले मिल्न दिएन त्यो खुलिसकेकै छ ।

    सभापतिमा एक मात्रै उम्मेदवार त भए तर सुजाता उपसभापतिमा उठिन्, शशांक केन्द्रीय सदस्यमा उठे । दुई कोइराला पराजित भए भने शंशाक केन्द्रीय सदस्यमा विजयी भए । फेरि काँग्रेसमा १५औँ महाधिवेशनको चर्चा सुरु भएको छ । सो चर्चासँगै कोइराला एकताको प्रयास सुरु भएको छ ।

    तीन कोइराला मिलाउन काँग्रेसका नेता कार्यकर्ता लागेका छन् । काँग्रेसका पुराना नेताहरुलाई कोइरालाहरू मिले मात्रै काँग्रेसको ‘साख’ जोगिने विश्वास छ । साउनकै सुरुवातमा काठमडौँमा सुजाता प्रमुख अतिथि हुने एक कार्यक्रम आयोजना गरिएको थियो । उनी साधारण मानिस जस्तै गरी कार्यक्रममा देखिइन् ।

    उनलाई खादा माला लगाउने भिड थिएन । न उनको अघिपछि लाग्ने लावालस्कर नै । न सुजात दिदी जिन्दावाद भन्ने हुल नै थियो । काँग्रेसमा देखिनै विरलै दृश्य थियो त्यहाँ । सिन्धुपाल्चोकका पूर्वसभापति भुपेन्द्र बहादुर थापाले सुजातालाई स्वागत गरे । कार्यक्रम सुरु नभएकाले उनी कुर्सीमा बसिन् । नेता कार्यकर्ताले उनलाई घेरे ।

    उमेरले उनी सात दशक नजिक होलिन् । तर, नामैले सबैलाई चिन्थिन् । ‘ए भाइ तिमी पनि आएका छौँ रु,’ उनी सोधिरहेकी थिइन् । साधारण जस्ता देखिने कार्यकर्तासँग उनी मज्जाले हाँसेर बोलिरहेकी थिइन् । त्यहाँको दृश्यले हाइफाइ गर्नेहरुले पार्टी कब्जा गरेको काँग्रेसमा पनि यस्तो हुन्छ र भन्ने लाग्थ्यो ।

    उनलाई लुगा कपडाले केही फरक परेकै थिएन । सुकिला मुकिलाको पार्टी भनेर चिनिने काँग्रेसमा तिनीहरु अहिलेको समयमा अपवाद थिए । तर बिपीका सच्चा अनुयायीहरु तिनीहरु नै थिए । सुजाता कुनै पार्टीको कार्यक्रममा हैन माइत आएकी झै लाग्थ्यो । सबैले उनलाई दिदी भनिरहेका थिए । फोटो खिचिरहेका थिए । पुराना गफ गरिहेका थिए । काँग्रेसको चिन्ता र चासो त छदैथियो ।

    लामो समयपछि कार्यकर्ताको भिडमा आफूलाई पाउँदा उनी खुशी देखिन्थिन् । अझ भनौ खुशी उनको मुहारमा छरपष्ट देखिन्थ्यो । उनले धेरै सँगको फोटो आफ्नै मोबाइलबाट लिइन् । कता कता उनमा गिरिजा प्रसादको झझल्को देखिन्थ्यो । कार्यक्रम सुरु भएपछि उनलाई मञ्चमा लगियो । करिब ५ सय नेता कार्यकर्ताहरु माझ आफूलाई उभ्याउन पाउँदा उनी दंग थिइन् ।

    धेरै वक्ता थिएनन् । जो थिए उनीहरु काँग्रेस हाक्ने नेताहरू थिए । नेताहरूले काँग्रेस पार्टीमाथि आक्रोश पोख्दा उनीपनि आक्रोशित हुन्थिन् । चिन्तित देखिन्थिन् । कसरी पार्टीलाई पुरानो अवस्थामा फर्काउने चिन्तामा भए जस्तो लाग्थ्यो ।

    जब गिरिजा, बिपी र शेखरको नाम कार्यकर्ताले लिन्थे उनको मुहार उज्यालिन्थे । आँखा रसिला देखिन्थे । क्षणभरमै आँसु भरिन्थे । उनले आफ्ना पिता पुर्खाले बनाएको पार्टी अहिलेको अवस्थामा पुग्यो भनेर दुख मनाउ गरिन् । सायद आफ्नो सुखद बाल्यकाल सम्झिइन् । उनको मुहारका संकेतहरू परिवर्तन भइरहन्थे । उनले बेल्दै गर्दा १४औं महाधिवेशनमा दाजु शेखरलाई सहयोग नगरेर गल्ती गरेको स्वीकारिन् । १४औं मा उनी प्रकाशमान सिंहको उपसभापति भएर निर्वाचन लडेकी थिइन् ।

    गणेशमान र गिरिजाले पार्टीलाई सहकार्यबाट अगाडि बढाएको भन्दै उनका छोराछोरी मिलेर अघि बढेको उनीहरुले बताएका थिए । तर उनीहरुले सफलता पाएनन् । महाधिवेशन भएको करिब तीन वर्षपछि उनले काँग्रेस नेतृत्व कोइराला परिवारबाट टाढा गएकोमा सार्वजनिक रुपमा दुखेसो पोखिन् । पहिला गरेको निर्णयहरूमा पश्चाताप गरिन् । जसरी नि कोइराला परिवारमा नेतृत्व पर्खाउने बताइन् ।

    १५औं मा कुनै पद नलिइ दाजु शेखरलाई सभापति बनाउने अभियानमा उनी होमिएको बताइन् । त्यसैका लागि प्रत्येक हप्ता उनी शेखरको सचिवालयमा बसेर कार्यकर्ताहरु भेट्छिन् । कुरा सुन्छिन् । शेखरलाई सभापति बनाउन उनले आफूले मात्रै संकल्प गरिनन् कार्यकर्तालाई पनि आव्हान गरिन् । त्यही मुद्दा लिएर कार्यकर्तामाझ जिल्ला जिल्ला पुग्ने बताइन् ।

    उनलाई एउटा कुराले निकै सताउने बताइन् । ुसर्वसाधारणले तपाईंले बुबाहरूले ल्याएको प्रजातन्त्र यही होु भन्दै प्रश्न गर्दा उनी अवाक्क हुन्छिन् ।

    ‘तपाईंको बुबाहरूले अहिलेको अवस्था देखाउन १९ वर्ष जेल बसेर प्रजातन्त्र ल्याएको हो’भन्दा उनीसँग केही जवाफ हुन्न । ‘गणतन्त्रको शासनमा भ्रष्टाचार, घुसखोरी, बेतिथि, निराशामात्रै छ म के भनेर उतर दिउँ’उनी निराश हुँदै भन्छिन् ।
    बीपीले सबै नेपालीको समृद्धिको लागि राणाशासन र पञ्चायतविरुद्ध लडेका थिए । उनका बुबाले ०४६ र ०६२।६३को जनआन्दोलन हाँकेका थिए ।

    उनीहरूले ल्याएको प्रजातन्त्र र गणतन्त्रले तपाईं हामीले चाहेको कुरा बोल्न लेख्न पाएका छौँ । तर उनीहरूले जनतालाई सुख दिन देखेको सपना भने कतै धुमिल भएको छ ।

    युवाहरु पलायन भएकोमा पनि सुजातले चिन्ता व्यक्त गरिन् । युवाहरूलाई देशले सपना देखाउनै नसकेको उनको तर्क छ । ुयो गर्नुपर्ने काँग्रेसले हो नि तर काँग्रेस कहाँ छ कुन अवस्थामा छु, उनी प्रश्न गर्छिन् । उनले १४औं महाधिवेशनमा परिवार विघटित हुँदाको पीडा अहिले जनताले पाइरहेको बताइन् । काँग्रेसीले पाइरहेको बताइन् । बुबाहरुले देश विकासको सुन्दर सपना देखेको र त्यसकै लागि जीवनभर लडेको उनले सम्झिइन् ।

    बीपी बुबाको राजनीतिक जीवनमा परिवाले साथ दिएको सम्झदै उनले अब शेखर दाले त्यो साथ पाउने उद्घोष गरिन् । त्यसका लागि सबै परिवारसँग छलफल गरिरहेको बताइन् । सपरिवार एक हुने संकल्प गरिन् ।

    नेपाली राजनीतिमा नेपाली काँग्रेसमा कोइराला परिवारको नाम श्रदाले लिइन्छ । तर, गिरिजा प्रसाद र सुजाताले गर्दा काँग्रेस बदनाम भएको तर्क गर्नेहरु पनि छन् । त्यतिबेला भन्दा अहिले काँग्रेस झनै कमजोर भएको छ । गुण्डागर्दी, पैसावाल, डन, उद्योगी, व्यापारीहरूले पार्टी कब्जा गरेका छन् । बिपीले देखेको समाजवाद अक्षरमा मात्रै सिमित छ ।

    आफूमाथि यसअघि लागेका दागहरूलाई मेटाउँदै कमजोर भएको पार्टीको अस्तित्व उठाउने संकल्पमा सुजाता छिन् । उनी परिवारमात्रै एक गराउँदै छैनन् काँग्रेस र देश एक बनाउने अभियानमा छिन् । त्यो सपना र संकल्प उनको मुहारमा स्पष्ट देखिन्छ । हेरौं उनको अभियान कति सफल विफल हुन्छ ?

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    हर्मुज नाकाबन्दी : विश्वको ‘उर्जा लाइफलाइन’ र नेपालमा यसका बाछिटा

    कविता: उदीप्त प्रकाश 

    कविता: आत्मसमर्पण

    विदेशबाट मतदान कति संभव ?

    बिचार : पोखरा–काठमाडौँ ‘हाइवे’ मा राज्यको उपस्थिति शुन्य !

    कांग्रेसको प्रतिष्ठासँग जोडिएको उपनिर्वाचन

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्छ :…

    आईजीपी दानबहादुर कार्की थाइल्यान्ड प्रस्थान

    राष्ट्र बैंक सरकारबाट पूर्ण रूपमा पृथक हुन नसक्ने,…

    परिभाषाविहीन, दिशाविहीन, नीतिविहीन र थितिविहीन राजनीति भइरहेको छ…

    आईजीपी दानबहादुर कार्की थाइल्यान्ड प्रस्थान

    श्रीलंका भ्रमण सम्पन्न गरी संयोजक प्रचण्ड स्वदेश फिर्ता,…

    बालेन सरकारको प्रारम्भ नै मान्छे मार्ने र षड्यन्त्रबाट…

    देश पुनः द्वन्द्वतर्फ जान सक्ने संकेत देखियो, सरकार…

    आर्थिक

    नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा उत्साह, ७९.७४ अंकले बढ्यो शेयर बजार

    राष्ट्र बैंक ऐन संशोधनमा खुला छलफल गर्न सरकार तयार : अर्थमन्त्री वाग्ले

    भारतबाट ल्याएको १५ वटा मुर्रा राँगाबाट १ लाख ३० हजार डोजभन्दा धेरै वीर्य सङ्कलन

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑