• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र १७, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • प्रिमियर लिगकै कीर्तिमानी १२५ मिलियन पाउन्डमा एन्जो फर्नान्डेज म्यानचेस्टर सिटीमा

      ग्लोबल आइएमई बैंकले घोषणा गर्यो १० प्रतिशत लाभांश

      रास्वपा सभापति र चिनियाँ राजदूतबिच भेट

      दक्षिण एसियाकै पहिलो ग्लोकल टिन हिरो बने नेपाली युवा अटल देव ढकाल

      केडिया समूहद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड सहयोग

      ‘यो पागलपन रोक्नुपर्छ’ भन्ने गुटेरेसको त्यो अभिव्यक्ति र भोटेकोशीको बाढी

      बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक नियुक्त

      टनेलमा फसेकाहरुको पीडित परिवारलाई ऊर्जामन्त्री श्रेष्ठले भने– सरकार तपाइहरुसँगै छ

      दक्षिण एसियाकै पहिलो ग्लोकल टिन हिरो बने नेपाली युवा अटल देव ढकाल

      केडिया समूहद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड सहयोग

      ‘यो पागलपन रोक्नुपर्छ’ भन्ने गुटेरेसको त्यो अभिव्यक्ति र भोटेकोशीको बाढी

      आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

      बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक नियुक्त

      बाढीको वितण्डापछि प्रहरीको चुनौती : शव व्यवस्थापनदेखि अपराध नियन्त्रणसम्म

      भोटेकोशी बाढीले दुई अर्बका सामान बगायो, २० प्रतिशतसम्म मूल्यवृद्धिको जोखिम : रामहरी कार्की

    होमपेज /  मुख्य समाचार

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ भाद्र २८, शनिबार (११ महिना अघि)
    अनुमानित पढ्ने समय : १० मिनेट
  • ८२६ पटक पढिएको
  • नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाइ तथा शुभकामना काठमाडौँ, २७ भदौः राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रपति भवन शीतलनिवासमा शुक्रबार नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाइ तथा शुभकामना दिनुहुँदै । तस्बिरः रत्न श्रेष्ठ/रासस

    काठमाडौं । २००९ साल जेठ २५ गते मोरङ, विराटनगरको शंखपुरमा जन्मिएकी सुशीला कार्कीको परिवार कांग्रेस पृष्ठभूमिको हो । २०२५ सालमा द्वितीय श्रेणीमा एसएलसी उत्तीर्ण गर्दा उनी १६ बर्षकी मात्र थिएन् । एसएलसीपछि उनी महेन्द्र मोरङ क्याम्पसमा प्रवीणता प्रमाण पत्र तह(आइए)मा भर्ना भएकी थिइन् ।

    आइए पढ्दा खुल्ला राजनीतिको केन्द्र मानिने महेन्द्र मोरङमा विद्यार्थी राजनीतिमा लागेर उनी कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघमा सक्रिय थिइन् । ०२८ सालमा बीए र बनारस हिन्दू विश्वविद्यालयबाट २०३१ सालमा राजनीतिशास्त्रमा एमए गरेकी उनले त्रिभुवन विश्वविद्यालयबाट २०३४ सालमा कानुनमा स्नातक उपाधि हासिल गरेकी छिन् । तर पढाइका कारण उनी लामो समय विद्यार्थी राजनीतिमा सक्रिय हुन सकिनन् ।

    खाद्य संस्थानको जागिर गर्दागर्दै २०३५ माघ १७ मा सर्वोच्च अदालतबाट वकालतको लाइसेन्स लिएपछि उनले जागिर छाडेकी थिइन् । त्यसपछि ०३५ माघबाट वकालत अभ्यास सुरु गरेकी थिइन् ।

    वकालत क्षेत्रमा रमाउन थालेपछि उनले अन्यत्रको बाटो खोजिनन् । यसै सिलसिलामा विराटनगरको पुनरावेदन अदालतमा बार अध्यक्षसम्मको काम गरिन् । हक्की, निडर र नेतृत्वदायी भूमिका निर्वाह गर्न रुचाउने उनी वकालतमै कारण बेला बेला विवादमा पनि पर्ने गरेकी थिइन् । त्योक्रम सर्वोच्च अदालतको प्रधानन्यायाधीश हुँदासम्म कायम रहयो ।

    हुनत कार्कीले २०४२ देखि २०४६ सालसम्म महेन्द्र बहुमुखी क्याम्पसमा प्राध्यापन समेत गरिन् । उनको विषय कानुन नै भएकाले प्राध्यापन गर्नु अनौठो थिएन् । विराटनगरस्थित नेपाली कांग्रेसको कोइराला परिवारसँग निकट रहेको पारिवारिक पृष्ठभूमिमा जन्मिएकी उनी कांग्रेसको विचार, आदर्श र सिद्धान्तसँग गहिरो झुकाव राख्ने गर्दिन् । प्रजातन्त्र सेनानी दुर्गा सुवेदीसँग विवाह गरेकी कार्कीको जीवन निकै संघर्षमय देखिन्छ ।

    बरिष्ठ अधिवक्ता हुँदै अस्थायी न्यायाधीश बनेर सर्वोच्च अदालत भित्रिएको भनेको २०६५ माघ ९ गते हो । दुई वर्षका लागि अस्थायी न्यायाधीशका रूपमा सर्वोच्चमा नियुक्ति पाउने आठ जनामध्ये उनी एक्ली महिला थिइन्। तर दुई बर्षपछि २०६७ मंसिरमा स्थायी न्यायाधीश नियुक्त भएकी हुन् । भ्रष्टाचारको कडा रुपमा विरोध जनाउँदै आएकी उनी आफूपनि साधारण जीवन विताउन रुचाउँछिन् ।

    न्यायाधीश बनेपछि तत्कालिन अवस्थामा बहालवाला मन्त्री जेपी गुप्तालाई जेल पठाउने गरी भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेपछि उनी थप चर्चामा आएकी थिइन् । त्यतिमात्र होइन, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीविरुद्धको मुद्दामा फैसला पुनरावलोकन गर्न भनी दिएको निवेदनमा उनले मुद्दा ब्युँतिने गरी निस्सा हुने आदेश दिएपछि उनी धेरैको नजरमा मात्र परिनन् निशानामा पनि पर्दै आएकी थिइन् ।

    देशको राजनीतिक बेथिति, विकृति, अनियमिताको खरो विरोध गर्दै आएकी उनी नेपालको प्रधानन्यायाधीश र हाल अन्तरिम सरकारको प्रधानमन्त्रीसम्म पुग्ने पहिलो महिला बनेकी छिन् ।

    तर प्रधानन्यायाधीश बनेपछि उनी विवादरहीत बन्न सकिनन् । ०७३ सालमा प्रधानन्यायाधीश नियुक्त भएपछि ११ महिनाको कार्यकाल चरम विवादमा वित्यो । सोही क्रममा महाअभियोग पनि खेपिन ।

    नेकपा माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)को भन्ने विवादको विषयलाई लिएर कार्कीमाथि संसद् सचिवालयमा महाअभियोग दर्ता भएको थियो । उक्त विवाद चरम उत्कर्षमा पुगेपछि उनी पछि हट्नुपरेको थियो । त्यसबेला आईजीपीमा जयबहादुर चन्दलाई नियुक्त गरेपछि नवराज सिलवाल सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चले एकै दिनमा निवेदन लिएर सोही दिन चन्दलाई प्रहरीको प्रमुख नियुक्त नगर्न आदेश दिएको थियो ।

    सोही फैसलाका कारण कार्कीमाथि महाअभियोग दर्ता भयो । कार्कीविरुद्ध १७ वैशाख २०७४ मा सत्तारूढ गठबन्धनका प्रमुख दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका २४९ सांसदको हस्ताक्षरसहित महाभियोग प्रस्ताव संसद् सचिवालयमा दर्ता भएको थियो । त्यसपछि उनलाई निलम्बनको पत्र थमाइएको थियो ।

    सर्वोच्च अदालतभित्र पनि उनी चरम गुटबन्दीको शिकार बनेकी थिइन् । वरिष्ठतम् न्यायाधीश गोपाल पराजुलीले सर्वोच्चभित्रै न्यायाधीशहरूबीच गुटबन्दी कार्कीलाई असहयोग गरेका थिए । महाअभियोगका सन्दर्भमा उनलाई कांग्रेसका केही नेताहरुले बचाउने प्रयास गरेका थिए ।

    धेरैको दबाब र कानुनी प्रक्रिया अनुसार महाभियोग धेरै समय टिक्न सकेन । सोहीबेला सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर राणाको इजलासले अन्तरिम आदेश जारी गर्दै उक्त प्रस्तावलाई निस्क्रिय तुल्याइदियो र कार्की पुनः सर्वोच्च नै फर्किएकी थिइन् ।

    सत्ताको दुरुपयोग गरेर आफूमाथि षडयन्त्र भएको बताउँदै आएकी उनी ०७४ जेठ २३ गते सेवाबाट अवकास लिएकी थिइन् । अवकासपछि सामान्य जीवनमा फर्किएकी कार्की पछिल्लो समय नागरिक अधिकार र सुशासनका पक्षमा खरो अभिव्यक्ति दिंदै आएकी थिइन् ।

    यसै सिलसिलामा जेनजी पुस्ताहरुले आब्हान गरेको भ्रष्टाचार विरोधी र केपी ओली सरकारले गरेको सामाजिक संजाल प्रतिवन्धको विरोधमा कडा अभिव्यक्ति दिइन् । जसका कारण उनी जेनजी पुस्ताको रोजाइमा परिन् ।

    जेनजीको आन्दोलनले उग्ररुप लिएपछि ५१ जना बढीको मृत्यु भएको र अर्बौंको भौतिक संरचना नष्ट भएपछि ओली नेतृत्वको सरकारले घुँडा टेकेको थियो ।

    जेनजी पुस्ताको रोजाइमा परेकी उनी अन्तरिम सरकारको प्रधानमन्त्रीका रुपमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाएका छन् । प्रतिकूल परिस्थितिमा मुलुकको जिम्मेवारी सम्हालेकी उनको काँधमा आगामी फागुन २१ गतेलाई प्रतिनिधि सभा निर्वाचन गराउने कार्यभार आएको छ ।

    ६५ वर्षभन्दा लामो इतिहासमा पहिलो महिला प्रधानन्यायाधीश बनेकी उनी औपचारिक नियुक्तिपछि नेपालमा प्रजातन्त्र आएको ७५ वर्षमा पहिलो महिला प्रधानमन्त्री बन्ने सौभाग्य पाएकी छिन् । अब नयाँ जनादेशमार्फत आउने प्रतिनिधिहरुलाई देश जिम्मा लगाएर विश्राम लिन उनले अझै ठूलो मेहेनत र संघर्ष गर्नुपर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    टनेलमा फसेकाहरुको पीडित परिवारलाई ऊर्जामन्त्री श्रेष्ठले भने– सरकार तपाइहरुसँगै छ

    रसुवा बाढीमा उद्धार तथा राहतका लागि राज्यको सम्पूर्ण संयन्त्र परिचालन : गृहमन्त्री गुरुङ

    बाढीपछि सम्पर्कविहीन टिमुरे भन्सारका अधिकृत नकुल शर्माको शव गोरखामा भेटियो

    बाढीपीडितको उद्धार र राहतका लागि पाथीभरा समितिले १० लाख दिने

    हवाई र जमिनी उद्धार तीव्र, एकैदिन १०९ जनाको उद्धार

    प्रधानमन्त्री राहत कोषमा आइएमई ग्रुपद्वारा १० करोड सहयोग

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भोटेकोशी बाढीमा अझैं उद्धारको पर्खाइमा मानिस, मेरो मन…

    प्रिमियर लिगकै कीर्तिमानी १२५ मिलियन पाउन्डमा एन्जो फर्नान्डेज…

    ग्लोबल आइएमई बैंकले घोषणा गर्यो १० प्रतिशत लाभांश

    रास्वपा सभापति र चिनियाँ राजदूतबिच भेट

    टनेलमा फसेकाहरुको पीडित परिवारलाई ऊर्जामन्त्री श्रेष्ठले भने– सरकार…

    रसुवा बाढीमा उद्धार तथा राहतका लागि राज्यको सम्पूर्ण…

    बाढीपछि सम्पर्कविहीन टिमुरे भन्सारका अधिकृत नकुल शर्माको शव…

    बाढीपीडितको उद्धार र राहतका लागि पाथीभरा समितिले १०…

    आर्थिक

    खुम्बु पासाङल्हामु गाउँपालिकाले रसुवाका बाढीपीडितलाई २२ लाख २२ हजार सहयोग गर्ने

    सिटी एक्सप्रेस ग्रुपद्वारा बाढी प्रभावितका लागि १ करोड ११ लाख सहयोग

    एनआईसी एशिया बैंकद्वारा बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑