• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र १८, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • सुनको मूल्य तोलामा ७ हजार ६ सय रुपैयाँले बढ्यो

      जेम्स स्कुल र जापानका दुई प्रतिष्ठित विद्यालयबीच सहकार्यका लागि सम्झौता

      एनएमबि बैंकको २४ हजारभन्दा बढी संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

      पृथ्वी राजमार्ग बन्द भएपछि हेटौँडाबाट दैनिक १०० ट्रक ग्यास काठमाडौं पठाउने तयारी

      विद्यालय शिक्षा ऐन निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको छ : शिक्षामन्त्री

      एनएमबि बैंकको २४ हजारभन्दा बढी संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

      नुवाकोटमा विद्युत् आपूर्ति ९० प्रतिशत पुनःस्थापित

      सेप्टेम्बर ९ मा आइफोन १८ सार्वजनिक गर्ने एप्पलको तयारी

      देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध (विवरणसहित)

      बाढीपीडितको राहतमा जंक फुड होइन, पोषणयुक्त खाना वितरणमा जोड दिउँ

      विद्यालय शिक्षा ऐन निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको छ : शिक्षामन्त्री

      रास्वपाको सचिवालय बैठक बस्दै

      २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५२३ जनालाई कारबाही

      आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

      बाढीपीडितका लागि नेपाल प्रहरीले ४० करोड दिने, मृतक प्रहरीका परिवारलाई १० लाख

    होमपेज /  लेख/साहित्य

    कांग्रेसको प्रतिष्ठासँग जोडिएको उपनिर्वाचन

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८१ बैशाख १२, बुधबार (२ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १२७३ पटक पढिएको
  • डा. कृष्णप्रसाद पौडेल/ काठमाडौँ ।  सन् १९९० दशकका महान समाजशास्त्री जिग्मेन्ट बौउमेनको सिद्धान्त अनुरूप अवधारणाहरूपनि तरल रूपमा एक ठाउँबाट अर्काे ठाउँमा सरिरहन्छ । यस्तो अवधारणा ज्ञान, विचार, मूल्य र मान्यताको आधारमा तय हुने गर्दछ । नेपाली कांग्रेसले यी अवधारणाहरू समयानुकुल तय गर्न सकेन भने आजको पुस्ता त्यस्ता अवधारणा तय गर्ने पार्टीको पछाडि सहजै आकर्षित हुन्छन् । त्यस्ता अवधारणा चाहे सामाजिक संजालमार्फत आउन अथवा अन्य प्रचार–प्रसारका माध्ययबाट ।

    यस्ता अवधारणाले बिभिन्न समुहलाई प्रभाव पारिरहन्छ । यदि यो कुरालाई नेपाली कांग्रेसले समयमा नै आत्मसात गर्न सकेन भने यो उप–निर्वाचन नेपाली कांग्रेसको लागि घातक सिद्ध हुनेछ । पहिलो दलको रूपमा स्थापित नेपाली कांग्रेसलाई गणितीय हिसाबले एक सिटमा विजय प्राप्त गर्दा १९ को २० पनि हुदैन । तर वैशाख १५ गते हुने उपनिर्वाचन नेपाली कांग्रेसको लागि निकै महत्वपुर्ण छ । उपनिर्वाचनको नतिजाले एकातर्फ कांग्रेसले रणनीतिक रूपमा लिनुपर्ने आगामी मार्गचित्र र कार्यदेश तय गर्नेछ भने अर्कोतर्र्फ कांग्रेसको पक्षमा रहेको वर्तमान जनमत समेतलाई प्रस्टयाउने निश्चित प्रायः छ ।

    यसको साथै मत कसरी अवधारणाको आधारमा बग्ने रहेछ भन्ने कुरा समेत प्रष्ट हुनेछ । त्यसैले इतिहासको विभिन्न कालखण्डमा राजनीतिक नेतृत्व गरेको साथै राजनीतिक, सामाजिक र आर्थीक परिवर्तनको संवाहकको रूपमा समेत रहेको नेपाली कांग्रेसले यो उपनिर्वाचनलाई आफ्नो प्रतिष्ठसंग जोडेको छ ।

    ईलाम–२ र बझाङ्ग– १ (क) मा यही २०८१ बैशाख १५ गते उपनिर्वाचन हुँदैछ । एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा निर्वाचन हुन लागेतापनि अन्तराषर््िट्रय समुदाय लगायत देशभरका राजनीतिक सरोकारवालाहरुको ध्यान यतिबेला इलाम–२ मा केन्द्रीत रहेको छ । यो उपनिर्वाचन विशेषतः इलाममा पुराना र नयाँ दलहरुको शक्ति परीक्षण गर्ने रणनीतिक थलो समेत भएकाले निकै चासो र महत्वका साथ हेरिएको छ ।
    उपनिर्वाचनमा ईलाममा ८ स्वतन्त्र सहित २० जनाले उम्मेदवारी दिएका छन् । एमालेले सुवास नेम्बाङ्गका छोरा सुहाङ नेम्बाङ्गलाई उम्मेदवार बनाएको छ । उनलाई नेकपा माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाले समर्थन गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बु माओवादी निकट पत्रकार हुन् र उनी चुनावको केही दिनअघि मात्र रास्वपाको उम्मेदवार चयन भएका थिए । पहिचान पक्षधर विभिन्न ४१ राजनीतिक शक्ति र संघसंस्थाको समर्थनमा डकेन्द्र सिंह लिम्बु थेगिम उम्मेदवार बनेका छन् । उनलाई जनता समाजवादी पार्टीको समेत समर्थन रहेको छ ।
    बझाङ्गमा १० जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन । बझाङ्गमा नेपाली कांग्रेसका तर्फबाट अभिषेक बहादुर सिंह, नेकपा एकीकृत समाजवादीबाट दिलबहादुर सिंह र नेकपा एमालेका दमनबहादुर भण्डारीबिच कडा प्रतिस्पर्धा रहेको छ । स्मरण रहोस् अभिषेक बहादुर सिंह पार्टीको कामको सिलसिलामा सडक दुर्घटनामा ज्यान गुमाएका नेपाली कांग्रेसका तात्कालिन प्रदेश सभा सदस्य पृथ्वी बहादुर सिंहका छोरा हुन् ।

    नेपाली कांग्रेसले ईलामको लागि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई संजोजक तोकेको छ भने बझाङ्गको लागि केन्द्रीय सदस्य एनपी साउदलाई । केन्द्रीय सदस्य तथा जिल्ला सम्पर्क समिति समन्वय विभाग प्रमुख नानु बास्तोलाको संयोजकत्वमा उप – निर्वाचन परिचालन सचिवालय गठन भएको छ । चुनाव प्रचार–प्रसारको जिम्मेवारी केन्द्रीय सदस्य तथा सूचना, सञ्चार तथा प्रसार विभाग प्रमुख मिन विश्वकर्मालाई दिईएको छ ।

    इलाममा प्रमुख प्रतिस्पर्धा नेपाली कांग्रेसका डम्बर खड्का, नेकपा एमालेका सुहाङ नेम्वाङ, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार योङयाङ र पहिचानवादिका डकेन्द्र सिंह लिम्बुबिच रहेको छ । इलाममा सुवास चन्द्र नेम्वाङ्गले गत निर्वाचनमा ३००२० मत प्राप्त गर्दा नेपाली कांग्रेसका प्रत्यासी डम्बर खडकाले २९९०६ मत प्राप्त गर्नुभएको थियो । कांग्रेस उम्मेदवार डम्बर खड्का ४ मंसिर २०७९ को चुनावमा सुवास नेम्वाङसँग ११४ मतान्तरले पराजित भएका थिए ।

    बझाङ्ग क मा नेपाली कांग्रेसका तात्कालिन उम्मेदवार स्वर्गीय पृथ्वी बहादुर सिंहले प्रत्यासी नेकपा एमालेका अफिलाल ओखेडा भन्दा ३७७६ मत बढी ल्याएर विजयी हुनु भएको थियो ।

    इलाम – २ मा गत निर्वाचनभन्दा पाँच सय ४७ थपिएर मतदाताको संख्या एक लाख १५ हजार आठ सय ८९ रहेको छ । अघिल्लो निर्वाचनमा सो क्षेत्रमा एक लाख १५ हजार तीन सय ४२ मतदाता थिए । बझाङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा ६३८ जना थप भई ६१ हजार ७४८ मतदाता कायम भएका छन् । गत निर्वाचनमा ६१ हजार ११० मतदाता रहेका थिए । नयाँ थपिएका युवा

    मतदातालाई कांग्रेसले आफुतिर आकर्षण गर्न आवश्यक छ ।
    चाहे कोभिडको महामारीको समयमा घर हिडेका इलामेलीलाई घर पु¥याउने काम होस् वा अस्पतालमा लगेर औषधि उपचार गर्ने काम अथवा स्थानीय तहको विकास निर्माण लगायत सामाजिक, आर्थीक विषयहरू हुन इलामेली जनताको लागि डम्बर खडका चिरपरिचित नाम हो । उनलाई स्थानीय जनमानसले दुखको साथिको रूपमा समेत चिन्ने गर्दछन् । बझाङ्गका अभिषेक युवाका ढुकढुकी हुनुका साथै पार्टिको कामको सिलसिलामा बाबु–आमा दुबै गुमाएका युवा नेता हुन । उनमा युवा जोश, जागर र आत्मविश्वास समेत उच्च रहेको छ ।

    उपनिर्वाचनमा विभिन्न दल र स्वतन्त्र उम्मेदवारहरुले विभिन्न रणनीतिका साथ चुनाव लक्षित सक्रियता बढाएका छन् । उम्मेदवारहरु विभिन्न प्रकारका सामाजिक, राजनैतिक र आर्थिक मुद्धा लिएर मतदाताको घरघरसम्म पुगेका छन् । उपनिर्वाचन नजिकिएसँगै उम्मेदवार प्रचारप्रसारलाई समेत तीव्रता दिएको पाइन्छ ।

    नेपाली कांग्रेसको १४ औं महाधिवेशनको तथ्यांक बमोजिम इलाममा २ मा ९७४२ क्रियाशिल सदस्य रहेका छन । यस्तै बझाङ्गमा ३९२१ रहेका छन् । हरेक क्रियाशिल सदस्यले कम्तिमा पनि आफ्नो मत बाहेक ३ मतको सुनिश्चितता गर्ने हो भने नेपाली कांग्रेस दुबै ठाउँमा अत्याधिक मतका साथ विजय हुने कुरामा कुनै दुई मत छैनन् । तर नेपाली कांग्रेसले सूचना प्रविधि र पार्टीको गतिविधिलाई प्रचार प्रसार गर्ने शैलीमा आएको जबर्जस्ती परिवर्तनलाई आत्मसात गर्न आवश्यक छ ।

    ०४८ यताका सात संसदीय निर्वाचनमा ६ वटा निर्वाचन एमालेले जितेको छ । ०५१ मा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कुलबहादुर गुरुङले जितेका थिए । ०४८ मा एमालेका मणिकुमार लिम्बूले निर्वाचन जितेका थिए । ०५६ यता भएका पाँच संसदीय निर्वाचनमा यस क्षेत्रबाट लगातार सुवासचन्द्र नेम्वाङले जितेका थिए ।

    प्रजातन्त्र आएको ३० बर्षपुरा भैसक्दा पनि इलामेली जनताले पानि, बाटो, सिंचाई र विजुलि आजका प्रमुख आवश्यकता हुन भन्दा केन्द्रीय राजनीतिमा सधै रजगज गरेका सुवास नेम्बाङ्गले इलामेली जनताको आवाज सुन्दै नसुनेको आभाष हुन्छ । त्यहाका नागरिकले बल्ल सेवा प्रवाह र सुशासनको कुरा उठाउन थालेका छन । अतः उप–निर्वाचनमा नेपाली कांग्रेसले अधिक मात्रामा उठाउनु पर्ने बिषय उद्यमशिलता तथा रोजगारी, आर्थिक विकास, सेवा प्रवाह र सुशासन कायम गर्न गरिने रणनीतिहरू प्रमुख रहेका छन । र त्यही अनुरूप नेपाली कांग्रेसको प्रचार प्रसारको शैली समेत अपनाएको देखिन्छ यद्यपी यो येथेष्ठ रहेको छैन ।

    नेपाली कांग्रेसको गत फागुनमा सम्पन्न महासमिति बैठकमा महामन्त्री गगन कुमार थापाले प्रस्तुत गरेको बिषय अब पर्यान्त नेपाली कांग्रेसले अन्य पार्टीको उम्मेदवारलाई भोट हाल्नु पर्ने छैन, नेपाली कांग्रेस अन्य दलहरूसंग गठबन्धन गर्दैन, नेपाली कांग्रेसले आम कार्यकर्ता र शुभचिन्तकलाई रूखमा मात्रै भोट हाल्ने अवसर प्रदान गर्दछ भन्नु भएको थियो । यो कुरालाई पुष्टि गर्दै नेपाली कांग्रेसलाई आम नागरिकको पार्टी बनाउने सुनौलो अवसर नेपाली कांग्रेसले प्राप्त गरेको छ । यो अवसरको नेपाली कांग्रेसले कत्तिको गर्न सक्यो भन्ने कुरा हेर्न नै बाकी छ ।

    अन्त्यमा, तनहुँमा कांग्रेसले भोगेको पीडालाई मल्हम लगाउने अवसर इलामको उपनिर्वाचनले नेपाली कांग्रेसलाई दिँदैछ । अर्को अर्थमा भन्नु पर्दा तनहुँको क्षतिपुर्ति गर्ने असरको रूपमा समेत नेपाली कांग्रेस र यसको नेतृत्वले आत्मासात गर्न जरूरी छ । उपनिर्वाचनतर्फ इलामको नतिजाले नेपाली कांग्रेस नयाँ उर्जा र उत्साहका साथ अगाडी बढ्ने कि नबढ्ने भन्ने कुराको निक्र्योल समेत गर्नेछ । पुस्तान्तरण र रूपान्तरणको मुद्दाबाट नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वमा उदाएका सम्पुर्ण नेताहरूको लागि यो समय अग्नि परिक्षा हो भन्दा समेत अन्यथा नहोला । त्यसैले, नेपाली कांग्रेसको युवा नेतृत्वले यो उपनिर्वाचनलाई अग्निपरिक्षाको रूपमा समेत लिएको छ । यसकारण यो उपनिर्वाचन कांग्रेसका लागि प्रतिष्ठाको विषय पनि हो ।

    (डा. पौडेल नेपाली कांग्रेसका युवा नेता तथा ज्ञान व्यवस्थापन विज्ञ हुन् ।)

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    हर्मुज नाकाबन्दी : विश्वको ‘उर्जा लाइफलाइन’ र नेपालमा यसका बाछिटा

    कविता: उदीप्त प्रकाश 

    कविता: आत्मसमर्पण

    विदेशबाट मतदान कति संभव ?

    बिचार : पोखरा–काठमाडौँ ‘हाइवे’ मा राज्यको उपस्थिति शुन्य !

    फेरिएकी सुजाता !

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुनको मूल्य तोलामा ७ हजार ६ सय रुपैयाँले…

    जेम्स स्कुल र जापानका दुई प्रतिष्ठित विद्यालयबीच सहकार्यका…

    एनएमबि बैंकको २४ हजारभन्दा बढी संस्थापक सेयर सर्वसाधारणका…

    पृथ्वी राजमार्ग बन्द भएपछि हेटौँडाबाट दैनिक १०० ट्रक…

    विद्यालय शिक्षा ऐन निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको…

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ अर्ब ८८…

    टनेलमा फसेकाहरुको पीडित परिवारलाई ऊर्जामन्त्री श्रेष्ठले भने– सरकार…

    रसुवा बाढीमा उद्धार तथा राहतका लागि राज्यको सम्पूर्ण…

    आर्थिक

    एनएमबि बैंकको २४ हजारभन्दा बढी संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

    कोरियास्थित जी मनि ट्रान्सद्वारा बाढी प्रभावितलाई १५००० डलर सहयोग

     एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि ३ करोड ५१ लाख सहयोग

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑