सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा ७ अर्ब ८८ करोडभन्दा बढी रकम जम्मा भएको जानकारी दिएका छन्।
संघीय संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले कोषमा हालसम्म ७ अर्ब ८८ करोड ५७ लाख २ सय १७ रुपैयाँ जम्मा भएको बताएका हुन्।
प्रधानमन्त्री शाहले विपद् व्यवस्थापन तथा राहत कार्यलाई प्रभावकारी बनाउन कोषबाट १ अर्ब रुपैयाँ निकासा गरिएको समेत जानकारी दिए।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नाममा निकासा गरिएको उक्त रकममध्ये विभिन्न १५ स्थानीय तहका लागि ६ करोड ७५ लाख रुपैयाँ निकासा गरिएको उनले बताए।
प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाको कामलाई तीव्रता दिन स्थानीय तहलाई सिधै बजेट पठाउने व्यवस्था गरिने बताएका छन्। स्थानीय तहबाटै प्रभावित नागरिकको आवश्यकता पहिचान गरी राहत तथा पुनर्स्थापनाका कार्यक्रम सञ्चालन गर्ने सरकारको तयारी रहेको उनको भनाइ छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा