• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र १९, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • यो साता नेप्से : १२ अर्ब ८१ करोड बढीको कारोबार, बीमा र लघुवित्त समूहमा भोटेकोशी बाढीको असर

      श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलले गरे कृष्ण मन्दिरको दर्शन

      त्रिशुली सुरुङमा ९ दिनसम्म हरे कृष्ण जपीरहेका थिए संजय साह, कृष्ण जन्माष्टमीमा पाए जिवनदान

      बाढीपछि चीनतर्फ फसेका २९६ नेपाली स्वदेश फर्किए

      दार्चुलामा पहिरोले चौलानी नदी आंशिक थुनियो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

      खोज तथा उद्धार कार्य जारी, विभिन्न प्रभावित क्षेत्रबाट २९ जनाको हवाई उद्धार

      जन्माष्टमीको अवसरमा गोठाटारमा रहेको कृष्ण मन्दिरमा भक्तजनको चहलपहल

      ‘इन्जिनियरिङ हिसाबले ठूलो सफलता मिल्यो’ : सांसद सागर ढकाल

      बाढि पिडितको उद्धारमा खटिएका भरत खवास मेजरमा बढुवा

      बाढीपीडितका लागि रामेछापका ४ स्थानीय तहद्वारा ६६ लाखभन्दा बढीको आर्थिक सहयोग

      भोटेकोशी बाढीमा हराएकाहरूको खोजीमा १२ वर्षीय विवेक, टिचिङ अस्पतालमा फोटो टाँस्दै

      बुध्द एयरको नयाँ एटीआर ७२–६०० जहाजबाट व्यावसायिक उडान सुरु, राजमार्ग सहज नहुँदासम्म सस्तो भाडादर कायमै

      सहकारी नियमनमा देखिएको दोहोरोपन हटाउन दुई छुट्टाछुट्टै ऐन ल्याउँदैछौँ : सचिव भुजेल

      भोटेकोशी बाढी प्रभावित क्षेत्रमा कांग्रेस नेता महर, राहत र उद्धारमा सरकार गम्भीर बन्नुपर्नेमा जोड

      भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह

    होमपेज /  स्वास्थ्य

    बाढीले उपचार गर्ने पैसा बगाएपछि बदलिएको राजकुमार दम्पत्तीको जिन्दगी

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ भाद्र १८, बिहिबार (१ दिन अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ३४ पटक पढिएको
  • काठमाडौं । श्रीमतीलाई बचाउनका लागि आफ्नै मिर्गौला दिन तयार भएका राजकुमार डंगोल कठिन परिस्थितिबाट गुज्रिरहेका थिए । आफ्नी श्रीमती विष्णु कुमारीको उपचारका लागि उनी काठमाडौं केएमसी अस्पतामा धाइरहेको थिए ।

    जीवनसाथीलाई बचाउन आफ्नै शरीरको अंगसमेत दिन तयार भएका राजकुमार उपचार खर्च जुटाउन संघर्ष गरिरहेका थिए । राजकुमारले श्रीमतीलाई बचाउन आफ्नो ज्यानको समेत परवाह नगरी यस्तो निर्णय गरेका थिए ।

    श्रीमतीको उपचारका लागि उनले विभिन्न व्यक्तिसँग सहयोग माग्दै रकम जुटाएका थिए । लामो प्रयासपछि उपचारका लागि केही रकम जम्मा गर्न सफल भए पनि प्राकृतिक विपत्तिले उनको आशामाथि ठूलो चोट पुर्यायो ।

    बाढीका कारण उनले जुटाएको रकमसमेत गुमाउनुपरेपछि राजकुमारमाथि अर्को ठूलो संकट आइपरेको थियो ।

    श्रीमतीलाई बचाउने सपना बोकेर अस्पताल धाइरहेका राजकुमारले उपचारका लागि आवश्यक रकम जुटाउन पुनः सकिने होकि होइन भन्ने अन्योलमा थिए ।

    एकातिर बाढीले पैसा बगाएर लैजाँदा श्रीमतीको जीवन बचाउने जिम्मेवारी, अर्कोतर्फ विनाशकारी बाढीले ठुलो धनजनको क्षतिसँगै मानिसको ज्यानै लगेको थियो ।

    बेत्रावती बजारमा आएको विनाशकारी बाढीले घरबार मात्रै बगाएन बिरामी श्रीमतीको जीवन बचाउन उपचारका लागि जम्मा गरेर राखेको रकम समेत बगाएको उनले सुनाए ।

    प्रत्यारोपणका लागि ऋणसापटी, पसलको आम्दानी, सुनचाँदी तथा परिवारका सदस्यले जम्मा गरेको रकमसहित करिब २५–३० लाख रुपैयाँ बराबरको नगद तथा सम्पत्ति जुटाएको बताए । श्रीमतीको उपचारका लागि छुट्याइएको रकममध्ये करिब १५ लाख रुपैयाँ नगदसमेत घरमै राखिएको उनले बताए ।

    बाढीपछि जन्मथलो बगर बनाएको देखेका डंगोलले एकातिर आफ्नो गाउँ गुमाएको पीडा खेपे भने अर्कोतिर श्रीमतीको उपचार कसरी गर्ने भन्ने चिन्ता पिरलेको बताए ।

    राजकुमारले भने, ‘एकातिर बाढीको पीडा थियो, अर्कोतिर श्रीमती पहिल्यै बिरामी थिइन् । श्रीमती कसरी बचाउने भन्ने मात्रै दिमागमा आयो ।’

    त्रिशूली नदी आफ्नो ठाउँभन्दा निकै तल रहेकाले त्यति ठूलो बाढी बजारसम्म आइपुग्ला भन्ने कल्पना समेत नगरेको उनले बताए ।

    करिब दुईदेखि सवा दुई घण्टामा त्रिशूली पुगेका डंगोल ढुङ्गेको प्रहरी चौकीबाट तल झर्दा त्रिशूलीको पानी त्यहाँसम्म आइपुगेको देखेर स्तब्ध भए । ढुङ्गे बजारसमेत लगभग देखिन छाडेको थियो ।

    त्यतिबेला उनको मनमा पहिलोपटक ठूलो डर पस्यो-श्रीमतीको प्रत्यारोपणका लागि जम्मा गरेको पैसा पनि बाढीले बगायो कि भन्ने ।

    ‘दुःखसुख गरेर राखेको पैसा बाढीले लग्यो कि भन्ने डर लाग्यो । पैसा सबै बग्यो भने बूढीको ट्रान्सप्लान्ट गर्न पनि सक्दिनँ भन्ने भयो,’ उनले भने ।

    जे सोचेको त्यही भयो, उपचार गर्नको लागि जुटाएको पैसा सबै बग्यो । त्यसपछि श्रीमती बचाउने चिन्ता थपियो ।

    यसै सन्दर्भमा पत्रकार रविन घलेले उनको पीडा सुनेर सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरिदिए । परिवारलाई त्यसबेला सामाजिक सञ्जालमार्फत सहयोग जुट्ने अपेक्षासमेत थिएन । तर भिडियो सार्वजनिक भएपछि सहयोगका लागि विभिन्न क्षेत्रबाट पहल सुरु भएको उनले जानकारी दिए ।

    भिडियो सार्वजनिक भएपछि चिकित्सक डा. सुनिल शर्माले उनको श्रीमतीको मिर्गौला प्रत्यारोपण निःशुल्क गरिदिने प्रतिबद्धता जनाएको बताए ।

    यसबाट निराश बनेका परिवारमा फेरि आशा पलाएको बताए । उनका अनुसार प्रत्यारोपणका लागि आवश्यक ठूलो खर्च चिकित्सकको सहयोगबाट जोगिएको छ ।

    श्रीमतीको उपचारका लागि सहयोग जुटाउने क्रममा विभिन्न व्यक्तिबाट आर्थिक सहयोगसमेत प्राप्त भएको उनले बताए । अहिलेसम्म करिब पाँचसात लाख रुपैयाँ सहयोग संकलन भएको र श्रीमतीको उपचारका लागि आवश्यक रकम पुगेको उनको भनाइ छ ।

    श्रीमतीको उपचारका लागि सहयोग जुटेपछि उनले आफ्नो गाउँका अन्य बाढीपीडितलाई सहयोग गर्न सबैसँग आग्रह गरे । उनका अनुसार बाढीका कारण बेत्रावती क्षेत्रमा धेरै परिवारले आफन्त, घर, सम्पत्ति र जीविकोपार्जनका आधार गुमाएका छन् ।

    उनले भने, ‘मेरो भन्दा पनि मेरो गाउँमा पीडामा परेका दाजुभाइलाई सहयोग गरिदिनुहोस् ।’ बाढीपीडितको समस्या तत्कालको राहतले मात्र समाधान नहुने उनले बताए ।

    बाढीले आफ्नो घर र सम्पत्तिसँगै श्रीमतीको उपचारका लागि वर्षौँदेखि जुटाएको आर्थिक आधारसमेत बगाए पनि चिकित्सक, पत्रकार, गाउँका दाजुभाइ तथा विभिन्न व्यक्तिको सहयोगले अहिले परिवारमा फेरि आशा पलाएको उनले सुनाए ।

    ‘मलाई अहिले धेरै सहयोग आवश्यक छैन, मेरो उपचार र प्रत्यारोपणका लागि सहयोग प्राप्त भएको छ । गाउँमा भने धेरै परिवार घरबारविहीन र आफन्तविहीन भएका छन्,’ उनले भने ।

    आफू भने श्रीमतीको प्रत्यारोपणको तयारीका कारण गाउँ फर्कनसमेत नसकेको उनले बताए । चिकित्सकले संक्रमणबाट जोगिन विशेष सावधानी अपनाउन र रुघाखोकी वा ज्वरो आए प्रत्यारोपण प्रभावित हुनसक्ने उनले बताए ।

    उनले आफ्नो जीवनको कठिन घडीमा सहयोग गर्ने पत्रकार रविन घले, डा. सुनिल शर्मा, डा. सुरेश महर्जन, डा. विजयमान सिंह कटवाल, गाउँका दाजुभाइ तथा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरे।

    आफ्नो परिवारको संकटमा सहयोग पाएको अनुभव सुनाउँदै उनले अब आफूभन्दा बढी पीडामा रहेका गाउँलेलाई सहयोग गर्न सबैलाई अपिल गरे । ‘मरे पनि सँगै मरौँला, बाँचे पनि सँगै बाँचौँला’ भन्ने भावनाका साथ उनी हाल श्रीमतीको उपचारमा जुटिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    दैनिक फलफूलको रस सेवन डिप्रेसनको औषधि !

    किन खराब निद्राले केही मानिसको मस्तिष्कलाई बढी असर गर्छ ?

    स्वास्थ्य मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच समझदारी, दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने लक्ष्य

    केएमसीमा नेपालमै पहिलो पटक ‘बिना चिरफार’ नसाको जटिल उपचार

    केएमसीमा नेपालमै पहिलोपटक मष्तिष्कमा फुटेको एभीएमको बिनाचिरफार उपचार

    सरकारले बाल स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्छ, प्रत्येक प्रदेशमा बाल अस्पताल आवश्यक ः प्राडा चौधरी

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    त्रिशूली–३ ‘ए’ उद्धार टोलीका सदस्य भन्छन् : ‘अवस्था…

    नग्न तस्बिर तथा भिडियो सार्वजनिक गर्ने धम्की दिई…

    यो साता नेप्से : १२ अर्ब ८१ करोड…

    श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलले गरे कृष्ण मन्दिरको दर्शन

    त्रिशूली–३ ‘ए’ उद्धार टोलीका सदस्य भन्छन् : ‘अवस्था…

    आलोचनाका बावजुद उद्धार कार्यमा फिल्डमै पुगे गृहमन्त्री गुरुङ

    विपत्ति र चुनौतीमा धैर्य र कर्मको परीक्षा हुन्छ…

    ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर मनाइँदै

    आर्थिक

    लक्ष्मी सनराइज बैंकद्वारा बाढी प्रभावितका लागि ३ करोड २४ लाख सहयोग

    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश दिने प्रस्ताव

    नबिल बैंकद्वारा ५.५% नबिल डिबेञ्चर-२०९३ नामक ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑