• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र २५, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • बालेन प्रधानमन्त्री नभए आत्मदाह गर्छु भन्ने अमरेशकुमार सिंहले भने: बालेनले हुकुमी शासन चलाए

      सांसद घिमिरेको प्रश्न : नेपालमा दैनिक २० जनाले आत्महत्या गर्दा सरकारको योजना के छ ?

      ग्यास नियमित रूपमा आइरहेको छ तर वितरण प्रणालीमा समस्या देखियो : श्रेष्ठ

      विवादास्पद अभिव्यक्तिपछि मन्त्री यादवले दिइन राजीनामा

      केएमसीमा नेपालमै पहिलो पटक मस्तिष्कको अवरुद्ध नसा चिरफारबिनै खोलियो

      गोरखा ५१ जना अझै बेपत्ता, खोजी तथा उद्धार तीव्र बनाउन सांसद बुर्लाकोटीको माग

      मुस्ताङमा भूकम्पबाट पाँचसय घरधुरीमा क्षति, तत्काल राहत र पुनर्निर्माणको माग

      पैसा अभावमा सुत्केरी महिला अस्पतालबाहिरै, स्वास्थ्य प्रणालीमाथि सांसद कर्णको प्रश्न

      राष्ट्रिय सभालाई दोष देखाएर सरकारको कमजोरी ढाक्न खोजियो : सांसद झाँक्री

      फैसला कार्यान्वयनका लागि छुट्टै ऐन आवश्यक : मन्त्री गौतम

      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन राजीनामा

      प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणसँगै उद्धार र राहतको विषयमा छलफल भयो : बासना थापा

      गृहमन्त्री गुरुङको अभिव्यक्तिप्रति अधिकारकर्मी आक्रोशित, शब्द फिर्ता लिएर माफी माग्न माग

      संस्कृत विश्वविद्यालयको रेक्टरमा रेग्मी र रजिस्ट्रारमा कट्टेल नियुक्त

      नयाँ एक्स्काभेटरको प्रयोगले चिलिमे टनेलभित्र उद्धारमा सहज

    होमपेज /  स्वास्थ्य

    केएमसीमा नेपालमै पहिलो पटक मस्तिष्कको अवरुद्ध नसा चिरफारबिनै खोलियो

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ भाद्र २५, बिहिबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २३ पटक पढिएको
  • काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी)मा नेपालमै पहिलो पटक मुटुदेखि मस्तिष्कसम्म रगत पु¥याउने प्रमुख अवरुद्ध नसा बिनाचिरफार सफलतापूर्वक खोलिएको छ ।

    धादिङकी २२ वर्षीया विपना मगरको रक्तनलीमार्फत गरिने अत्याधुनिक उपचार विधिबाट अवरुद्ध नसा खोलिएको हो ।

    टाकायासु आर्टेराइटिस भनिने रोगका कारण उनको मस्तिष्कमा रगत पु¥याउने प्रमुख धमनीका शाखा लामो समयदेखि पूर्ण रूपमा बन्द थिए । त्यसमाथि मस्तिष्कको दायाँ मध्य धमनी अचानक बन्द हुँदा उनलाई मस्तिष्कघात भएको थियो ।

    एकै बिरामीमा लामो समयदेखि बन्द धमनी खोल्नु र अचानक बन्द भएको धमनीबाट रगतको डल्लो निकाल्नुपर्ने भएकाले उपचार निकै चुनौतीपूर्ण थियो ।

    न्युरो इन्टरभेन्सन विशेषज्ञ डा.अरुण पौडेलको नेतृत्वमा उपचार गरिएको हो । डा.पौडेलले भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानबाट स्नायुरक्तनली उपचारमा उच्च विशेषज्ञता हासिल गरेका छन् । उनी हाल केएमसीमा उक्त सेवाको नेतृत्व गरिरहेका छन् । उपचार टोलीमा डा. प्रवीण खत्री पनि संलग्न थिए ।

    टाउको नखोली रक्तनली हुँदै गरिएको उपचारमा लामो समयदेखि बन्द रहेको धमनीलाई विशेष बेलुनको सहायताले फराकिलो पारियो । त्यसपछि रक्तनली खुला राख्न विशेष जाली राखेर रक्तसञ्चार पुनःस्थापित गरियो । लगत्तै मस्तिष्कको दायाँ मध्य धमनीमा अड्किएको रगतको डल्लो यान्त्रिक विधिबाट निकालियो । यसपछि मस्तिष्कमा पुनः रक्तप्रवाह गराइएको थियो ।

    उपचारकै क्रममा बिरामीमा उल्लेखनीय सुधार देखिएको डा.पौडेलले बताए । उनले उपचारकक्षमै चिकित्सकलाई धन्यवादसमेत दिएकी थिइन् ।

    ‘लामो समयदेखि पूर्ण रूपमा बन्द भएको धमनी खोल्नुका साथै त्यही समयमा भएको मस्तिष्कघातको तत्काल उपचार गर्नुपर्ने अवस्था थियो,’ पौडेलले भने, ‘यो केस मेरो ६ वर्षको उपचार यात्राकै स्मरणीय र चुनौतीपूर्ण घटनामध्ये यो एक हो।’

    बिरामीको उपचार तथा थप व्यवस्थापनमा स्नायुरक्तनली उपचार, स्नायु रोग, बाथरोग, बेहोस पार्ने तथा सघन उपचार र मुटुरोग विशेषज्ञबीच समन्वय गरिएको थियो ।

    टाकायासु आर्टेराइटिस शरीरमा रगत बगाउने ठूला नलीमा समस्या गराउने दुर्लभ रोग हो । यसले रक्तनली साँघुरो वा बन्द गराउन सक्छ । त्यसले मस्तिष्कलगायत विभिन्न अंगमा पर्याप्त रगत पुग्न समस्या हुन्छ । चिकित्सकका अनुसार आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र विभिन्न विशेषज्ञको समन्वय भए नेपालमै यस्ता जटिल मस्तिष्क तथा रक्तनलीसम्बन्धी उपचार सम्भव छ ।

    केएमसीका सञ्चालक तथा पूर्वसांसद् डा.सुनीलकुमार शर्मा स्वास्थ्य उपचारलाई आम नागरिकको पहुँचमा पु¥याउने अभियानमा सक्रिय रहँदै आएको बताउँछन् । उनको पहलमा केएमसीले विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

    विपन्न तथा असहाय बिरामीलाई निःशुल्क उपचार उपलब्ध गराउनेदेखि जटिल रोगका बिरामीको उपचारमा सहयोग गर्नेसम्मका काममा केएमसी सक्रिय रहँदै आएको छ ।

    पछिल्लो पटक भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित सम्पूर्ण नागरिकको केएमसी अस्पतालमा निःशुल्क उपचार गरिदिने घोषणा पनि शर्माले गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    बाढीले उपचार गर्ने पैसा बगाएपछि बदलिएको राजकुमार दम्पत्तीको जिन्दगी

    दैनिक फलफूलको रस सेवन डिप्रेसनको औषधि !

    किन खराब निद्राले केही मानिसको मस्तिष्कलाई बढी असर गर्छ ?

    स्वास्थ्य मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच समझदारी, दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने लक्ष्य

    केएमसीमा नेपालमै पहिलो पटक ‘बिना चिरफार’ नसाको जटिल उपचार

    केएमसीमा नेपालमै पहिलोपटक मष्तिष्कमा फुटेको एभीएमको बिनाचिरफार उपचार

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बालेन प्रधानमन्त्री नभए आत्मदाह गर्छु भन्ने अमरेशकुमार सिंहले…

    सांसद घिमिरेको प्रश्न : नेपालमा दैनिक २० जनाले…

    ग्यास नियमित रूपमा आइरहेको छ तर वितरण प्रणालीमा…

    विवादास्पद अभिव्यक्तिपछि मन्त्री यादवले दिइन राजीनामा

    उद्धारका नाममा थप असुरक्षा सिर्जना नगरौ : सांसद…

    विपत्तिमा सरकारको भूमिकामाथि प्रश्न गर्ने ठाउँ छैन :…

    राष्ट्रियसभा बैठक बस्दै

    सर्वसाधारण भन्छन् : ओलीलाई आजीवन कारावास र बालेनलाई…

    आर्थिक

    सुनको मूल्य ३४ सय रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    कालीमाटी फलफूल बजारका व्यवसायीद्वारा सहयोग

    प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते कर्मचारीलाई विद्युत् प्राधिकरणले दियो साढे १९ लाख क्षतिपूर्ति

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑