सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नेपाली बजारमा सुनको मूल्य आज एकैदिन प्रतितोला ७ हजार ६ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ९ सय रुपैयाँ कायम भएको छ। बुधबार सुन प्रतितोला २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, १० ग्राम सुनको मूल्य २ लाख ६१ हजार ४ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला ४ हजार ५ सय ८० रुपैयाँ रहेको चाँदी आज १ सय ४५ रुपैयाँले बढेर ४ हजार ७ सय २५ रुपैयाँ पुगेको छ।
महासंघका अनुसार १० ग्राम चाँदीको मूल्य ४ हजार ५१ रुपैयाँ कायम भएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा