सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गुण समूहका अध्यक्ष तथा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्यलाई पक्राउ गरेको छ। शाक्यलाई बुधबार ललितपुरको जावलाखेलबाट नियन्त्रणमा लिइएको सीआईबी स्रोतले जनाएको छ।
गुण समूहले रियल स्टेट, हाउजिङ, सिनेमाघर, मोटर पार्ट्सदेखि विभिन्न व्यवसायिक संरचनासम्म लगानी गर्दै आएको छ। सोही लगानी तथा वित्तीय क्रियाकलापसम्बन्धी विवादका कारण शाक्यविरुद्ध अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
सीआईबीका एक अधिकारीका अनुसार शाक्यमाथि प्रभु बैंक लिमिटेडलाई नोक्सानी हुनेगरी अनियमितता गरेको आरोप छ। बैंकिङ कसुर ऐनअन्तर्गत उनले गरेको कृत्यमा संलग्नता देखिएको भन्दै सीआईबीले म्याद थप गरी थप अनुसन्धान अघि बढाएको छ।
यसअघि पनि गुण समूहका विभिन्न व्यवसायिक गतिविधिहरूले प्रश्न उठाउँदै आएका थिए। शाक्यमाथि जारी अनुसन्धानले थप कानुनी कारबाहीको संकेत गरेको सीआईबीले जनाएको छ।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा