सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगको निर्देशनअनुसार आफ्नो समानुपातिक उम्मेदवार सूची अद्यावधिक गरेको छ।
उज्यालो नेपाल पार्टीसँगको एकता भाँडिएपछि केही विवादित नामहरू हटाउँदै संशोधित सूची निर्वाचन आयोगमा बुझाइएको रास्वपा नेता गणेश पराजुलीले जानकारी दिए। उनका अनुसार उज्यालो नेपालको तर्फबाट समानुपातिक सूचीमा समावेश केही नामहरू भने यथावत राखिएका छन्।
अद्यावधिक सूचीमा उज्यालो नेपालको ‘पोस्टर गर्ल’का रूपमा चिनिएकी रिमा विश्वकर्माको नाम पनि यथावत राखिएको छ। रास्वपा स्रोतका अनुसार रिमाकै सल्लाहअनुसार उनको नाम सूचीमा कायम गरिएको हो।
रास्वपामै रहने मनस्थितिमा पुगेपछि पार्टीले रिमा विश्वकर्मालाई सम्भव भएसम्म महिला पदाधिकारीमा, नभए केन्द्रीय कमिटीमा समायोजन गर्ने तयारी गरेको बताइएको छ।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा