सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफू उम्मेदवार बन्ने घोषणा गरेका छन्।
शनिबार ललितपुरको महालक्ष्मीस्थानमा आयोजित नेपाल पत्रकार महासंघको एशोसियट प्रदेश समितिको दोस्रो सम्मेलनमा बोल्दै मन्त्री खरेलले आगामी निर्वाचनमा प्रत्यक्ष रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिने बताएका हुन्।
“अबको चुनावमा कहीँ न कहीँबाट प्रतिनिधित्व गर्दै लड्छु। संसदमा जाने मेरो चाहना छ, इच्छा छ,” मन्त्री खरेलले भने।
उनले कानुन निर्माण हुने थलोमै पुगेर पत्रकारहरूको हकहित र अधिकारका पक्षमा काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
तर, उनले कुन निर्वाचन क्षेत्रबाट र कुन राजनीतिक दलको तर्फबाट उम्मेदवारी दिने भन्ने विषयमा भने खुलाएका छैनन्।
निर्वाचन तालिकाअनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा