सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

काठमाडौं । कतारबाट घर फर्किएकी झापाकी कमला दर्जीका लागि मंगलबारको रात कहिल्यै नबिर्सिने भयावह अनुभव बन्यो। काठमाडौंबाट झापाको भद्रपुरतर्फ उडेको बुद्ध एयरको ९०१ नम्बरको विमान राति करिब साढे ९ बजे भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाको सिकार हुन पुग्यो।
सामान्य अवतरण हुने अपेक्षासहित खुसी मन लिएर बसेकी कमलाको त्यो खुसी एकाएक त्रासमा परिणत भयो। विमानले रनवे छोएलगत्तै अचानक चिप्लिएर नियन्त्रण गुमाउँदै नजिकैको घारीतर्फ पुग्यो। जहाज अनियन्त्रित रूपमा बग्दा यात्रुहरूबीच अफरातफर मच्चियो।
‘जहाजमा ५१ जना यात्रु थिए। सबैले ज्यान जोगाउन आ–आफ्नै तरिका अपनाए,’ कमलाले सम्झिँदै भनिन्, ‘कोही झ्याल फुटाएर बाहिर निस्किए, केही यात्रुले इमरजेन्सी ढोका खोलेर भागे।’
विमानभित्र चिच्याहट, डर र भागदौडको दृश्य थियो। यात्रुहरूको अनुहारमा त्रास स्पष्ट देखिन्थ्यो। सौभाग्यवश, सबै यात्रु सुरक्षित रूपमा बाहिर निस्कन सफल भए भने कुनै मानवीय क्षति भएन।
तर, त्यो क्षण यात्रुहरूको मनमा गहिरो छाप छाडेर गएको छ। ‘त्यो दृश्य र डरको अनुभूति जीवनभर बिर्सन सकिँदैन,’ कमलाले भावुक हुँदै भनिन्।
घटनापछि विमानस्थल सुरक्षाकर्मी र उद्धार टोली तत्काल सक्रिय भएका थिए। अवतरणका क्रममा विमान किन चिप्लियो भन्ने विषयमा सम्बन्धित निकायले छानबिन सुरु गरेको जनाएको छ।

युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा