• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन १, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • एन्फाको निलम्बन फुकुवा गर्न सरकारसँग आग्रह

      नवलपरासीको फलामखानी नजिक ६ महिनादेखि धुवाँ, भूगर्भविद्को चेतावनी

      नेपालमा छायांकन भएको हलिउड फिल्म तेन्जिङको ट्रेलर सार्वजनिक

      फुर्केखोलामा पुल नबनाएको भन्दै सांसद थपलियाको सरकारमाथि आक्रोश

      अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था लागू हुँदै

      कांग्रेस विभाजित होइन, एकताबद्ध भएर राष्ट्रिय दायित्व पूरा गर्नुपर्छ : शेखर कोइराला

      राष्ट्रिय सेवा दल विधेयकमा समावेशी सिद्धान्तलाई आधार मान्नुपर्छ : कानुनमन्त्री

      करदाता प्रोत्साहन कार्यक्रम : २०० रुपैयाँको सामान किन्दा १० लाख उपहार

      रसुवा विपदका लागि आएका राहत सामग्री विमानस्थलमै अलपत्र : सांसद न्यौपाने

      पाथीभरामा गत बर्ष दुई लाख ५२ हजार बढी भक्तजन, भदौमै उठ्यो साढे १३ लाख भेटी

      निजी क्षेत्रलाई संरक्षण र नियमन गर्नु राज्यको दायित्व हो : सभामुख अर्याल

      १८ दिनपछि कृष्णभिरबाट गाडी चल्न थाले

      असोज १ गते नै किन मनाइन्छ कन्या संक्रान्ति ?

      देउवा पक्षले गर्यो महामन्त्री गुरुराज घिमिरेलाई मुगु प्रवेशमा निषेध

      आजदेखि ग्यास पुरानै मूल्यमा पाइने, बढि लिए कारवाहि हुने

    होमपेज /  मुख्य समाचार

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ आश्विन २, बिहिबार (१२ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ८०० पटक पढिएको
  • काठमाडौं । पद, पैसा र ‘पावर’को मोह त्यागेर आदर्श, निष्ठा र कर्मलाई अँगाल्ने दुर्लभ राजनीतिज्ञ थिए कृष्णप्रसाद भट्टराई ।

    नेपालको राजनीतिक इतिहासमा प्रधानमन्त्री र सभामुख जस्ता उच्च पदमा पुगेका भट्टराईको जीवनशैली, त्याग, तपस्या र इमान्दारिता आज पनि नेपाली राजनीतिमा प्रेरणाका स्रोत बनेका छन् ।

    जहानियाँ राणा शासनको अन्त्य गरी प्रजातन्त्रको स्थापना गर्न नेतृत्वदायी भूमिका खेलेका भट्टराई नेपाली कांग्रेसका संस्थापक नेतामध्ये एक थिए । उनले देश र जनताको लागि थोरै दिन पुगे पनि जुन योगदान दिए, ती सबै ऐतिहासिक र अविस्मरणीय छन् ।

    भट्टराईको जीवनशैली नै नेपाली राजनीतिमा उनले स्थापित गरेको एक उच्चकोटीको राजनीतिक संस्कार हो । २०४६ सालमा प्रजातन्त्र पुनःस्थापनापछि तत्कालीन राजा वीरेन्द्रसँग लौहपुरुष गणेशमान सिंहसँगै नारायणहिटी पुगेका भट्टराई सिंहकै सिफारिसमा अन्तरिम प्रधानमन्त्री बनेका थिए ।

    राजा वीरेन्द्रले सिंहलाई प्रधानमन्त्री बन्न आग्रह गर्दा उनले भट्टराईजस्ता विद्वान्, निष्ठावान् र त्यागी व्यक्तिलाई उपयुक्त ठहर गर्दै प्रधानमन्त्रीमा सिफारिस गरेका थिए ।

    त्यसपछि ०४६ सालको अन्तरिमकाल र २०५६ मा गरी दुईपटक प्रधानमन्त्री भएका अविवाहित उनले सन्त नेताको परिचय बनाएका थिए ।

    आफ्नो नाममा जमिन र सम्पत्ति नजोडेका उनी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट ०४८ वैशाखमा आफूसँग भएको टिनको बाकस(ट्यांक्का), सुराही र छाता बोकेर बाहिरिएका थिए ।

    त्यसपछि उनकै लागि भनेर सरकारले बाँडेगाउँमा पाँच रोपनी जमिनमा भवनहरु निर्माण गरेको थियो । जसलाई किसुनजी आश्रमका रुपमा चिनिदै आएको थियो । उपचारको क्रममा २०६७ फागुन २० मा अस्पतालमा निधन भएपछि उक्त आश्रम केही सहयोगीहरुको रेखदेखमा थियो ।

    तर भदौ २३ र २४ गते जेनजी पुस्ताको नाममा भएको हिंसात्मक प्रदर्शनका क्रममा उक्त आश्रममा आगजनी गरियो । भ्रष्टाचारविरुद्धको भनिएको उक्त आन्दोलनको उद्देश्यविपरित गोदावरी नगरपालिका–१४ ललितपुरको बाँडेगाउँ रहेको उक्त आश्रमलाई खरानी बनाइएकोमा धेरैले आपत्ति समेत जनाएका छन् ।

    सुशासन पक्षमा जीवनभर लडेका एक निष्ठावान नेताको नाममा रहेको टिनको बाकस, सुराही र छाता समेत बाँकी नराखी आन्दोलनकारीहरुले जलाइदिएको गोदावरी नगरपालिकाकी उपमेयर मुना अधिकारीले जानकारी दिइन् । ‘उनीहरु आन्दोलनको उद्देश्य अनुरुप नै आएका थिएनन् । स्थानीयबासीले पटक पटक आग्रह गर्दापनि छाडेनन् र आश्रम खरानी बनाइदिए,’ उनले भनिन् ।

    प्रत्यक्षदर्शीका अनुसार आश्रममा रहेका कतिपय महत्वपूर्ण सामग्रीहरु आन्दोलनकारीले लगेर गएका छन् । ५० को दशकमा उनले चढ्ने गरेको बा २ च १८४२ नम्बरको जिप पनि आगो लगाइयो । सँगै रहेको किसुनजीको माटोको अर्धकदको प्रतिमा फुटाएर मात्र फ्याकिएन आन्दोलनकारीले नै लात्तालै हान्दै घिसार्दै केही पर लगेर आगो लगाइदिएका थिए ।

    निवर्तमान मन्त्री एवम कांग्रेस नेता प्रकाशमान सिंहले बाँडेगाउँमा कृष्णप्रसाद भट्टराईको घरमा आगजनी गरिनुको पछाडि जेनजीको आन्दोलनका नाममा दलहरुले गरेको योगदान मेटाउन खोजिएको बताए ।

    आश्रम परिसरमा सानाठूला गरेर पाँच वटा भवन रहेको आश्रमको भित्री भाग तथा त्यहाँ रहेका सबै सामान, किताब, उपहार, विदेशीसँगको भेटघाट र छलफल गरेका फोटा तथा नेपाली कांग्रेसका ऐतिहासिक कागजातहरु सबै जलेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    आज विश्वकर्मा पूजा मनाइँदै

    भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा भेटिएपछि कारवाही गर्न निर्देशन

    चिलिमेको सुरुङबाट ४ जनाको शव निकालियो

    रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

    कृष्णभीरमा नयाँ ट्रयाक खोलियो, असोज १ देखि दुईतर्फी यातायात सञ्चालन

    प्रधानमन्त्री दैवी कोषको नाम परिवर्तन गर्न जगदिश खरेलको माग

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एन्फाको निलम्बन फुकुवा गर्न सरकारसँग आग्रह

    नवलपरासीको फलामखानी नजिक ६ महिनादेखि धुवाँ, भूगर्भविद्को चेतावनी

    नेपालमा छायांकन भएको हलिउड फिल्म तेन्जिङको ट्रेलर सार्वजनिक

    फुर्केखोलामा पुल नबनाएको भन्दै सांसद थपलियाको सरकारमाथि आक्रोश

    आज विश्वकर्मा पूजा मनाइँदै

    भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा…

    चिलिमेको सुरुङबाट ४ जनाको शव निकालियो

    रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

    आर्थिक

    उपत्यकामा ग्यासको अभाव बढेपछि बजार अनुगमन कडा, ४ व्यवसायीलाई जरिबाना

    तीजको दिन शेयर बजारमा हरियाली, नेप्से २५ अंकले बढ्यो

    अरुण भ्याली हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयर दिने

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑