• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ कार्तिक १६, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • गैरदलीय स्थानीय तहको माग राख्दै माइतीघर मण्डलामा प्रदर्शन, आन्दोलन निरन्तर जारी रहने

      गगन थापाले विशेष सम्बोधनमा उठाएका गम्भीर सवालहरु

      गगन थापाले सरकारलाई दिए चेतावनी, ‘लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथि प्रहार स्वीकार्य छैन’

      नबिल बैंकको खुद नाफा ४५ प्रतिशत बढ्यो

      लक्ष्मी सनराइज बैंकको नाफा ९६.६ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमै कमायो ६५ करोडभन्दा बढी

      कर्णालीका जडीबुटीबाट चार करोड राजस्व सङ्कलन

      देश ठुलो संकटतर्फ उन्मुख भएको संकेत देखिँदैछ: डा. बाबुराम भट्टराई

      इनम प्रकरण र न्यायालयको दुरावस्था 

      सुनको मूल्य एकैदिन ८ हजार ३०० रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

      २५औँ सत्याग्रहमा बसेका डा. गोविन्द केसी अस्पताल भर्ना

      फ्रान्सेली राष्ट्रपति पदका उम्मेदवार मेलँसों महँगीविरुद्धको प्रदर्शनमा सहभागी

      कांग्रेस सभापति गगन थापाले आज विशेष सम्बोधन गर्ने

      काठमाडौं उपत्यकामा २४ घण्टामा १५१ सवारीसाधनमाथि कारबाही

      वर्षा र पहिरोका कारण विभिन्न जिल्लाका सडक अवरुद्ध, केहीमा एकतर्फी यातायात

      हिमपातले डोल्पामा ६ भारतीय पर्यटक सम्पर्कविहीन, खोजीमा कठिनाइ

    होमपेज /  मुख्य समाचार

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ आश्विन २, बिहिबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ८५१ पटक पढिएको
  • काठमाडौं । पद, पैसा र ‘पावर’को मोह त्यागेर आदर्श, निष्ठा र कर्मलाई अँगाल्ने दुर्लभ राजनीतिज्ञ थिए कृष्णप्रसाद भट्टराई ।

    नेपालको राजनीतिक इतिहासमा प्रधानमन्त्री र सभामुख जस्ता उच्च पदमा पुगेका भट्टराईको जीवनशैली, त्याग, तपस्या र इमान्दारिता आज पनि नेपाली राजनीतिमा प्रेरणाका स्रोत बनेका छन् ।

    जहानियाँ राणा शासनको अन्त्य गरी प्रजातन्त्रको स्थापना गर्न नेतृत्वदायी भूमिका खेलेका भट्टराई नेपाली कांग्रेसका संस्थापक नेतामध्ये एक थिए । उनले देश र जनताको लागि थोरै दिन पुगे पनि जुन योगदान दिए, ती सबै ऐतिहासिक र अविस्मरणीय छन् ।

    भट्टराईको जीवनशैली नै नेपाली राजनीतिमा उनले स्थापित गरेको एक उच्चकोटीको राजनीतिक संस्कार हो । २०४६ सालमा प्रजातन्त्र पुनःस्थापनापछि तत्कालीन राजा वीरेन्द्रसँग लौहपुरुष गणेशमान सिंहसँगै नारायणहिटी पुगेका भट्टराई सिंहकै सिफारिसमा अन्तरिम प्रधानमन्त्री बनेका थिए ।

    राजा वीरेन्द्रले सिंहलाई प्रधानमन्त्री बन्न आग्रह गर्दा उनले भट्टराईजस्ता विद्वान्, निष्ठावान् र त्यागी व्यक्तिलाई उपयुक्त ठहर गर्दै प्रधानमन्त्रीमा सिफारिस गरेका थिए ।

    त्यसपछि ०४६ सालको अन्तरिमकाल र २०५६ मा गरी दुईपटक प्रधानमन्त्री भएका अविवाहित उनले सन्त नेताको परिचय बनाएका थिए ।

    आफ्नो नाममा जमिन र सम्पत्ति नजोडेका उनी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट ०४८ वैशाखमा आफूसँग भएको टिनको बाकस(ट्यांक्का), सुराही र छाता बोकेर बाहिरिएका थिए ।

    त्यसपछि उनकै लागि भनेर सरकारले बाँडेगाउँमा पाँच रोपनी जमिनमा भवनहरु निर्माण गरेको थियो । जसलाई किसुनजी आश्रमका रुपमा चिनिदै आएको थियो । उपचारको क्रममा २०६७ फागुन २० मा अस्पतालमा निधन भएपछि उक्त आश्रम केही सहयोगीहरुको रेखदेखमा थियो ।

    तर भदौ २३ र २४ गते जेनजी पुस्ताको नाममा भएको हिंसात्मक प्रदर्शनका क्रममा उक्त आश्रममा आगजनी गरियो । भ्रष्टाचारविरुद्धको भनिएको उक्त आन्दोलनको उद्देश्यविपरित गोदावरी नगरपालिका–१४ ललितपुरको बाँडेगाउँ रहेको उक्त आश्रमलाई खरानी बनाइएकोमा धेरैले आपत्ति समेत जनाएका छन् ।

    सुशासन पक्षमा जीवनभर लडेका एक निष्ठावान नेताको नाममा रहेको टिनको बाकस, सुराही र छाता समेत बाँकी नराखी आन्दोलनकारीहरुले जलाइदिएको गोदावरी नगरपालिकाकी उपमेयर मुना अधिकारीले जानकारी दिइन् । ‘उनीहरु आन्दोलनको उद्देश्य अनुरुप नै आएका थिएनन् । स्थानीयबासीले पटक पटक आग्रह गर्दापनि छाडेनन् र आश्रम खरानी बनाइदिए,’ उनले भनिन् ।

    प्रत्यक्षदर्शीका अनुसार आश्रममा रहेका कतिपय महत्वपूर्ण सामग्रीहरु आन्दोलनकारीले लगेर गएका छन् । ५० को दशकमा उनले चढ्ने गरेको बा २ च १८४२ नम्बरको जिप पनि आगो लगाइयो । सँगै रहेको किसुनजीको माटोको अर्धकदको प्रतिमा फुटाएर मात्र फ्याकिएन आन्दोलनकारीले नै लात्तालै हान्दै घिसार्दै केही पर लगेर आगो लगाइदिएका थिए ।

    निवर्तमान मन्त्री एवम कांग्रेस नेता प्रकाशमान सिंहले बाँडेगाउँमा कृष्णप्रसाद भट्टराईको घरमा आगजनी गरिनुको पछाडि जेनजीको आन्दोलनका नाममा दलहरुले गरेको योगदान मेटाउन खोजिएको बताए ।

    आश्रम परिसरमा सानाठूला गरेर पाँच वटा भवन रहेको आश्रमको भित्री भाग तथा त्यहाँ रहेका सबै सामान, किताब, उपहार, विदेशीसँगको भेटघाट र छलफल गरेका फोटा तथा नेपाली कांग्रेसका ऐतिहासिक कागजातहरु सबै जलेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    इलाममा सत्याग्रह बसेका डा.केसीको स्वास्थ्य सिथिल बन्दै

    समाचार कक्षबाट पत्रकार पक्राउप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग

    नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म थप

    आईजीपी दानबहादुर कार्कीको राजीनामाबारे फैलिएका समाचारप्रति नेपाल प्रहरीको ध्यानाकर्षण

    आफ्नो नाम जोडेर घुससम्बन्धी समाचार प्रकाशित भएपछि प्रधानन्यायाधीश शर्माको आपत्ति

    स्वदेशी फूलको उत्पादन बढाउन सरकार र व्यवसायीबीच सहकार्य आवश्यक : मन्त्री मगर

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गैरदलीय स्थानीय तहको माग राख्दै माइतीघर मण्डलामा प्रदर्शन,…

    गगन थापाले विशेष सम्बोधनमा उठाएका गम्भीर सवालहरु

    गगन थापाले सरकारलाई दिए चेतावनी, ‘लोकतन्त्र र प्रेस…

    नबिल बैंकको खुद नाफा ४५ प्रतिशत बढ्यो

    इलाममा सत्याग्रह बसेका डा.केसीको स्वास्थ्य सिथिल बन्दै

    समाचार कक्षबाट पत्रकार पक्राउप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी…

    नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि सन्…

    आईजीपी दानबहादुर कार्कीको राजीनामाबारे फैलिएका समाचारप्रति नेपाल प्रहरीको…

    आर्थिक

    नबिल बैंकको खुद नाफा ४५ प्रतिशत बढ्यो

    लक्ष्मी सनराइज बैंकको नाफा ९६.६ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमै कमायो ६५ करोडभन्दा बढी

    कर्णालीका जडीबुटीबाट चार करोड राजस्व सङ्कलन

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑