सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

भक्तपुर । श्रमिक परिवारको आर्थिक कठिनाइ, इँटाभट्टाको कठोर जीवन, र औपचारिक शिक्षाको सीमित पहुँच… यी सबै बाधाहरूलाई जित्दै गोमा श्रेष्ठ नामकी एक किशोरीले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा ४.० जिपिए ल्याएर प्रेरणादायी सफलता हासिल गरेकी छन्। अब उनको डाक्टर बन्ने सपना साकार हुने दिशामा अघि बढ्दैछ – राष्ट्रका दिग्गज व्यक्तित्वहरूको सहायतासहित।
रामेछाप जिल्लाको खनियाँपानी स्थायी ठेगाना भएकी गोमा बाल्यकालदेखि नै भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडालस्थित इँटाभट्टामा श्रमिक परिवारसँगै बस्दै आइरहेकी थिइन्। उनी महेन्द्रग्राम माध्यमिक विद्यालयमा अध्ययनरत रहँदै इँटाभट्टामा काम पनि गर्थिन्।
दैनिक मजदुरी, न्यून आय र सानो घरमा परिवारसँग जीवन चलाउँदै गर्दा उनले अध्ययनलाई निरन्तरता दिइन् र एसईईमा ४.० जिपिए ल्याएर सबैलाई चकित पारिन्।
गोमाको कथा सार्वजनिक भएपछि भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ र उनकी श्रीमती सावित्री गुरुङ भावुक भए।
गुरुङले गोमालाई अहिले सेन्ट जेभियर्स कलेज माइतीघरमा ११ र १२ कक्षासम्मको अध्ययन पनि आफ्नै खर्चमा गराउने प्रतिबद्धता जनाएका छन्। गुरुङ दम्पतीले बिहीबार गोमालाई भाटभटेनी कार्यालयमा सम्मान गर्दै एक लाख रुपैयाँ नगद, ल्यापटप र सम्मानपत्र प्रदान गरे।
साथै उनले भविष्यमा एमबीबीएस तहसम्मको शिक्षाको सम्पूर्ण खर्च आफैं व्यहोर्ने प्रतिबद्धता जनाए।
मीनबहादुर दम्पतीले गोमालाई आफ्नो कार्यालयमा विशेष सम्मान गर्दै निम्न सहयोग घोषणा गरे:
अध्यक्ष गुरुङले गोमाको दृढ इच्छाशक्ति र कर्तव्यनिष्ठतालाई “देशको उज्ज्वल भविष्य निर्माण गर्ने उदाहरणीय प्रेरणा” भन्दै प्रशंसा गरे।
गोमालाई यसअघि भक्तपुर क्षेत्र नं. २ का सांसद दुर्लभ थापाले पूर्ण छात्रवृत्तिमा कक्षा ११ र १२ पढाउने घोषणा गरिसकेका छन् ।
गोमाको अबको लक्ष्य डाक्टर बन्ने हो। एसईई पछि उनले विज्ञान संकाय छनोट गर्दै कक्षा ११ मा भर्ना हुने तयारी गरिरहेकी छन्। इँटाभट्टाको धुलो, पसीना र संघर्षबाट गुज्रेर गोमाले अब स्वास्थ्य सेवा मार्फत समाजसेवामा लाग्ने सपना बोकेकी छन्।
गोमा श्रेष्ठको जीवन–संघर्ष, कठोर श्रम, र शैक्षिक उपलब्धिले नेपालमा समान अवसर, सहयोग, र प्रेरणा कति आवश्यक छ भन्ने देखाएको छ।

युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा