सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका विषयमा राजनीतिक दल र नागरिक प्रतिनिधिसँग छलफल गर्न बैठक बोलाइएको हो।
बैठकमा आगामी २१ फागुनका लागि तय गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनबारे छलफल भइरहेको छ। निर्वाचन आयोगले निर्वाचनको तयारी, कार्यतालिका र सम्भावित चुनौतीबारे प्रस्तुतीकरण गर्ने कार्यक्रम छ।
छलफलमा प्रधानमन्त्री कार्कीसँगै अन्तरिम सरकारका मन्त्रीहरू, प्रमुख राजनीतिक दलका प्रतिनिधि तथा निर्वाचन आयोगका पदाधिकारी सहभागी छन्। कांग्रेसबाट सहमहामन्त्री महेन्द्र यादव, नेकपा एमालेबाट महासचिव शङ्कर पोखरेल र केन्द्रीय सदस्य महेश बर्तौला बैठकमा उपस्थित छन्। नेपाली कम्युनिस्ट पार्टीबाट राजेन्द्र पाण्डे र वर्षमान पुन सहभागी भएका छन्।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट नेता शिशिर खनाल र सोविता गौतम बैठकमा सहभागी छन्।
यसैबीच प्रमुख दल नेकपा एमाले र नेपाली कांग्रेसले संसद् पुनःस्थापनाको माग गर्दै आएका छन् भने केही जेनजी समूहले सर्वपक्षीय अन्तरिम सरकार गठन गरेर मात्र निर्वाचन गर्नुपर्ने माग अघि सारेका छन्।
सरकारले यसअघि पनि प्रमुख राजनीतिक दल, जेनजी प्रतिनिधि, निर्वाचन आयोग तथा सुरक्षा निकायका प्रमुखहरूसँग निरन्तर छलफल गर्दै आएको छ।

युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा