सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं। नेपाली कांग्रेसको नेतृत्व पुनः कोइराला परिवारमै फर्काउन कोइराला दाजुभाइ—शेखर कोइराला र शशांक कोइराला—सक्रिय भएका छन्। पार्टीभित्र नेतृत्व बदलावको चर्चा तीव्र भइरहेको बेला दुवै दाजुभाइले समन्वय गर्दै कांग्रेस सभापति पदका लागि परिवारबाट एकजना मात्र उम्मेदवार उठाउने तयारी गरेको बताएका छन्।
शशांक कोइरालाले सार्वजनिक रूपमा नै भनेका छन्, “शेखर दाई र ममध्ये एक जना सभापतिमा लड्छौं। पार्टीमा कसलाई अगाडि लैजाने भन्नेबारे दाजुभाइबीच निरन्तर छलफल भइरहेको छ।”
कांग्रेसमा शीर्ष नेतृत्व परिवर्तनको माग चर्किरहेका बेला कोइराला परिवारभित्रको यस्तो समझदारीलाई महत्वपूर्ण मानिएको छ। पार्टी कार्यकर्ताहरूबीच कोइराला परिवारको नेतृत्वले कांग्रेसलाई पुनः एक ढाँचामा फर्काउन सक्ने विश्वास राख्ने समूह पनि ठूलो छ।
पार्टीभित्र अहिले प्रदेशदेखि केन्द्रसम्मको नेतृत्वमा असन्तुष्टि बढेको र महाधिवेशन नजिकिँदै जाँदा शक्ति–सन्तुलनका प्रयासहरू तीव्रताका साथ देखिन थालेका छन्। यस्तो परिस्थितिमा कोइराला दाजुभाइबीचको एकता र साझा रणनीति आगामी महाधिवेशनमा निर्णायक हुने संकेत देखिएको छ।
कस्लाई अन्तिम उम्मेदवार बनाउने भन्नेबारे छलफल जारी रहेकाले केही समयमै निर्णय सार्वजनिक हुने अपेक्षा गरिएको छ।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा