• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ १३, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • जोर्डनविरुद्धको खेलमा मेस्सीले नखेल्ने प्रशिक्षक स्कालोनीको पुष्टि

      महाधिवेशनले रास्वपामाथिका विचारविहीन र सिद्धान्तविहीन भन्ने आरोप खारेज गरेको छ : रवि लामिछाने

      वर्षा कम हुँदा धान रोपाइँ सुस्त, देशभर ११.३३ प्रतिशत मात्रै रोपाइँ सम्पन्न

      उरुग्वेमाथिको जितसँगै स्पेन समूह विजेता, नकआउट चरणमा प्रवेश

      रास्वपा भनेकै रवि, रवि भनेकै रास्वपा : एमाले महासचिव पोखरेल

      फिफा विश्वकप : इराकमाथि सेनेगलको ५–० को शानदार जित

      आजको मौसमः कोशीमा भारी वर्षाको सम्भावना

      रास्वपा महिला सहमहामन्त्रीमा निशा डाँगी विजयी

      हरि ढकाल र असिम शाह सहमहामन्त्रीमा विजयी

      रास्वपा उपसभापतिमा सोविता गौतम निर्वाचित

      रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित

      फिफा विश्वकप : शनिबार समूह जी, एच र आईका ६ खेल हुँदै

      संघर्षको परिवार, सफलताको नयाँ अध्याय : सांसद आकृति अवस्थी

      केपी ओलीसँग सडकदेखि सदनसम्मै सहकार्य गर्छौं: प्रचण्ड

      भेनेजुएलामा शक्तिशाली भूकम्प : भौतिक संरचनाहरुमा ठूलो क्षति, मृत्यु हुनेहरुको संख्या बढ्नसक्ने

    होमपेज /  मुख्य समाचार

    महाधिवेशन प्रतिनिधिलाई रक्षा बमको खुल्लापत्रः केपी ओलीको हात हाम्रो पुस्ताको रगले रंगिएको छ, के तपाईहरु पनि त्यसको भागीदार बन्न तयार हुुनुहुन्छ ?

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ मंसिर २८, आईतबार (६ महिना अघि)
    अनुमानित पढ्ने समय : १७ मिनेट
  • २३१ पटक पढिएको
  • काठमाडौँ । नेकपा (एमाले) को महाधिवेशन चलिरहेका बेला जेनजी फ्रन्टकी संयोजक रक्षा बमले महाधिवेशन प्रतिनिधिहरूलाई खुला पत्र लेख्दै तत्कालीन सरकारको नेतृत्व गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीको नैतिकतामाथि गम्भीर प्रश्न उठाएकी छन्।

    विशेष परिस्थितिमा समयभन्दा एक वर्षअघि भइरहेको महाधिवेशनले पार्टी मात्र होइन, देशकै सबैभन्दा ठूलो दलको नेतृत्व चयन गरिरहेको उल्लेख गर्दै बमले प्रतिनिधिहरूको मतको ऐतिहासिक महत्त्व रहेको बताएकी छन्।

    खुला पत्रमा उनले सेप्टेम्बर ८ अर्थात् भदौ २३ को घटनालाई स्मरण गराउँदै उक्त दिन जेनजी पुस्ता संवैधानिक अधिकार प्रयोग गर्दै सडकमा उत्रिँदा निहत्था विद्यार्थीहरूमाथि गोली चलाइएको र कलिला युवाहरूको हत्या भएको आरोप लगाएकी छन्।

    उनले उक्त घटनाका बेला सरकारको नेतृत्व एमाले अध्यक्ष ओलीले गरेको उल्लेख गर्दै पार्टी नेतृत्वले अहिलेसम्म माफी नमागेको बरु पीडित पुस्तामाथि गिज्याउने र धम्क्याउने अभिव्यक्ति दिइरहेको आरोप लगाएकी छन्।

    रक्षा बमले यो समय महाधिवेशन प्रतिनिधिहरूको नैतिकता र देशप्रेमको परीक्षा भएको बताउँदै प्रश्न गरेकी छन्, “केपी शर्मा ओलीको हात हाम्रो पुस्ताको रगतले रङ्गिएको छ, के त्यसको जिम्मेवारी तपाईंहरू पनि लिन तयार हुनुहुन्छ?”

    उनले यो महाधिवेशन एमाले पार्टीलाई सच्याउने र प्रतिनिधिहरू स्वयं ‘युगान्तकारी परिवर्तनका संवाहक’ बन्ने अन्तिम अवसर हुनसक्ने चेतावनी दिँदै अन्त्यमा आग्रह गरेकी छन्, “मन एकातिर र मत एकातिर नहोस्, फेरि भदौ २३ नदोहोरिने नेतृत्व चयन गर्नुस्।”

    उनले सामाजिक सञ्जालमा लेखेकी छन्:

    आदरणीय एमाले महाधिवेशन प्रतिनिधी ज्यूहरु,

    बिशेष परिस्थितिमा नियमित समयभन्दा १ बर्ष अगाडी नै हुदैगरेको नेकपा एमालेको महाधिवेशनमा हामी तपाईहरूको मत पर्खेर बसेका छौं।

    निकै रस्साकस्सीबिच तपाईहरु महाधिवेशन प्रतिनिधी चुनिएर आउनुभएको कुरा बिभिन्न सन्चारमाध्यमहरुबाट हामीले थाहापाएका छौं।अब तपाईहरुको हातमा एउटा अभिभारा आईपरेको छ । तपाईहरुले आफ्नो नेता, आफ्नो पार्टीको अध्यक्ष मात्र नभई, देशकै ठूलो मध्यको एउटा दलको अध्यक्ष र अन्य पदाधिकारीहरु पनि छान्दै हुनुहुन्छ । तपाईहरुको भोटले तपाईहरुको पार्टीको कार्यदिशा र मार्गनिर्देशन तय गर्नेछ।

    र यतिखेर हामी तपाईहरु सबैलाई पुनश्चः सेप्टेम्बर ८ अर्थात भदौ २३ सम्झाउन चाहन्छौ । भदौ २३ एउटा सामान्य मितिमात्र थिएन। त्यस दिन तानाशाही व्यवस्थाबिरुद्ध, आफ्नो संवैधानिक हकका खातिर संवैधानिक अधिकारको प्रयोग गर्दै, एउटा उमेर समूह अर्थात जेन जी पुस्ता सडकमा उत्रिएको थियो । तर निरंकुश सरकारले निहत्था बिद्यार्थीहरुमाथि गोली बर्षायो । कलिला युवाहरु जो सुन्दर भविष्यका सपना देखिरहेका थिए, उनीहरुको हत्या गर्यो । कयौं बिद्यार्थीहरुलाई घाईते बनायो ।र तपाईहरुलाई पुनश्चः स्मरण गराऔं, त्यस तत्कालिन सरकारको नेतृत्व तपाईहरुकै पार्टीको अध्यक्षले गर्नुभएको थियो, तपाईहरूले गर्नुभएको थियो ।

    एमालेका नेतृत्वकर्ताहरूले भदौ २३ को घटनामा एकपटक माफी समेत मागेका छैनन बरु सधैजसो सार्वजनिक अभिव्यक्तिहरुमा गिज्याउँदै त कहिले सार्वजनिक मन्चहरुबाट गुण्डाहरुमार्फत धम्क्याउदै हामीमाथि निरन्तर आक्रमण गराउन कोसिस गरिरहेका छन् । तर हामी यतिखेर शान्तपूर्वक तपाई प्रतिनिधीहरुको मत पर्खेर बसेका छौं। हामी तपाईहरुको नैतिकता हेरिरहेका छौं। हामी तपाईहरुको देशप्रेम र देशका युवाहरुप्रतिको सद्भाव, महाधिवेशनको व्यालेट बक्समा कसरी खस्छ, त्यो कुरिरहेका छौं।

    आदरणीय प्रतिनिधी ज्यूहरु, यतिखेर सबैभन्दा प्रमुख प्रश्न हो, केपी शर्मा ओलीको हात त हाम्रो पुस्ताको रगतले रंगिएको छ,के त्यो रगतको भागीदारिता तपाईहरु पनि वहन गर्न तयार हुनुहुन्छ ? त्यसैले पनि सम्भवतः यो एउटा अन्तिम अवसर हो । तपाईको पार्टीलाई सच्याउने, तपाईहरू पनि सच्चिने र युगान्तकारी परिवर्तनको संवाहक बन्ने यो अवसर तपाईहरुले गुमाउनुभयो भने, तपाईहरुको पार्टीमात्र नभई देशको भविष्य नै अन्धकार हुनेछ । तपाईहरूको मन एकातिर मत एकातिर नहोस्। यसपटक यस्तो नेतृत्व छनोट गर्नुस् जसले फेरि भदौ २३ ननिम्त्याओस्।

    एउटा तानाशाही शासकको अहंकारी गोलीबाट बाँचेकी, एक जेन जी आन्दोलनकारी।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    रास्वपा महाधिवेशनका कारण प्रतिनिधि सभा बैठक फेरि स्थगित

    काठमाडौं उपत्यकामा २४ घण्टामा २,४३८ चालक कारबाहीमा, २० लाखभन्दा बढी राजस्व संकलन

    रामेछापको खाँडादेवीमा प्राविधिक कर्मचारीद्वारा सामूहिक राजीनामा, प्राविधिक सेवा अवरुद्ध

    रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित

    खर्च अभावले रास्वपा महाधिवेशन प्रभावित, प्रतिनिधिलाई बिहानको चिया मात्रै

    सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूको चेतावनी

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जोर्डनविरुद्धको खेलमा मेस्सीले नखेल्ने प्रशिक्षक स्कालोनीको पुष्टि

    महाधिवेशनले रास्वपामाथिका विचारविहीन र सिद्धान्तविहीन भन्ने आरोप खारेज…

    वर्षा कम हुँदा धान रोपाइँ सुस्त, देशभर ११.३३…

    उरुग्वेमाथिको जितसँगै स्पेन समूह विजेता, नकआउट चरणमा प्रवेश

    रास्वपा महाधिवेशनका कारण प्रतिनिधि सभा बैठक फेरि स्थगित

    काठमाडौं उपत्यकामा २४ घण्टामा २,४३८ चालक कारबाहीमा, २०…

    रामेछापको खाँडादेवीमा प्राविधिक कर्मचारीद्वारा सामूहिक राजीनामा, प्राविधिक सेवा…

    रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित

    आर्थिक

    सुनको मूल्य बढ्दा चाँदी घट्यो 

    बाजुराका ९ वटै स्थानीय तहले प्रस्तुत गरे बजेट : कुन पालिकाको बजेट कति ?

    सूनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑