• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ १३, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • याङ्गो प्रो द्वारा बागमती प्रदेशको राजधानी हेटौँडामा सेवा विस्तार

      भारतमा सडकको नाम नै ‘डोनाल्ड ट्रम्प एभेन्यु’, ट्रम्पले दिए धन्यवाद

      नेपालमा रहेको प्रशस्त पूँजीलाई लगानीमा बदल्न अमेरिकी क्रस रिभर बैंकले थाल्यो छलफल

      लुकाकु बने बेल्जियमका सर्वाधिक विश्वकप गोलकर्ता

      भेनेजुएलामा शक्तिशाली भूकम्प : ९२० को मृत्यु, ३,३६० जना घाइते

      रवि लामिछानेलाई पूर्णबहादुर खड्काको बधाई, सफल कार्यकालको शुभकामना

      अबको ३–४ दिनभित्र देशभर मनसुन फैलिने सम्भावना, पश्चिममा गर्मी अझै कायम

      विराटनगरमा आगजनी–तोडफोडका मुख्य आरोपित ताजिम अन्सारी पुर्पक्षका लागि थुनामा

      जोर्डनविरुद्धको खेलमा मेस्सीले नखेल्ने प्रशिक्षक स्कालोनीको पुष्टि

      महाधिवेशनले रास्वपामाथिका विचारविहीन र सिद्धान्तविहीन भन्ने आरोप खारेज गरेको छ : रवि लामिछाने

      वर्षा कम हुँदा धान रोपाइँ सुस्त, देशभर ११.३३ प्रतिशत मात्रै रोपाइँ सम्पन्न

      उरुग्वेमाथिको जितसँगै स्पेन समूह विजेता, नकआउट चरणमा प्रवेश

      रास्वपा भनेकै रवि, रवि भनेकै रास्वपा : एमाले महासचिव पोखरेल

      फिफा विश्वकप : इराकमाथि सेनेगलको ५–० को शानदार जित

      आजको मौसमः कोशीमा भारी वर्षाको सम्भावना

    होमपेज /  मुख्य समाचार

    डीएसपी युकेश उप्रेतीको साइकलबाटै मेची–महाकाली यात्रा: सीमा सुरक्षा र सीमावासीका समस्या बुझ्न ऐतिहासिक पहल

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ मंसिर २९, सोमबार (६ महिना अघि)
    अनुमानित पढ्ने समय : १५ मिनेट
  • २८८ पटक पढिएको
  • कञ्चनपुर । सशस्त्र प्रहरी बल नेपालका नायब उपरीक्षक (डीएसपी) युकेश उप्रेतीले झापा जिल्लाको काँकडभिट्टादेखि कञ्चनपुरको गड्डाचौकीसम्म गरेको लामो दूरीको साइकल यात्रा सफलतापूर्वक सम्पन्न भएको छ। सीमा क्षेत्रको भौगोलिक अवस्थिति, सुरक्षा चुनौती र सीमावर्ती बासिन्दाका समस्या प्रत्यक्ष रूपमा बुझ्ने उद्देश्यसहित सुरु गरिएको यो यात्रा मंसिर २३ गते गड्डाचौकी पुगेर समाप्त भएको हो।

    डीएसपी उप्रेतीले कार्तिक २४ गते झापाको मेचीनगर नगरपालिका–६ नयाँ पुलस्थित दशगजाबाट साइकल यात्रा सुरु गरेका थिए। उनले पूर्वदेखि पश्चिमसम्म नेपालको अन्तर्राष्ट्रिय सीमा क्षेत्र हुँदै करिब १ हजार ४ सय ४० किलोमिटर दूरी ३० दिनमा साइकलमार्फत पार गरेका हुन्। यस यात्रालाई सीमा सुरक्षा प्रणालीलाई जरोबाट बुझ्ने एक अभ्यासका रूपमा लिइएको छ।

    ६ प्रदेशका २१ सीमावर्ती जिल्लामा स्थलगत अध्ययन

    साइकल यात्राका क्रममा डीएसपी उप्रेतीले ६ वटा प्रदेशअन्तर्गत २१ वटा सीमावर्ती जिल्लामा रहेका सशस्त्र प्रहरी बल नेपालका १ सय ८६ वटा बोर्डर आउट पोष्ट (बीओपी) मा पुगेर स्थलगत निरीक्षण तथा अवलोकन गरेका थिए। उनले बीओपीहरूको भौतिक संरचना, जनशक्ति अवस्था, उपकरण, दैनिक कार्यसम्पादन र सीमामा देखिएका समस्या बारे जानकारी लिँदै स्थानीय कमाण्डरसँग छलफल गरेका थिए।

    यस क्रममा उनले सीमा अतिक्रमण, अवैध ओसारपसार, मानव तस्करी, सीमा स्तम्भको अवस्था, नदीजन्य समस्या तथा सीमावासीले भोग्दै आएका दैनिक कठिनाइबारे समेत प्रत्यक्ष रूपमा बुझ्ने प्रयास गरेका थिए।

    स्थानीयसँग प्रत्यक्ष संवाद

    यात्राका क्रममा डीएसपी उप्रेतीले सीमावासी, जनप्रतिनिधि, स्थानीय अगुवा, गैरसरकारी संघसंस्था तथा सुरक्षाकर्मीहरूसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका गुनासा र सुझाव संकलन गरेका थिए। सीमा क्षेत्रमा विकास, सुरक्षा र जनजीवनलाई सन्तुलनमा राख्न स्थानीय सहभागिताको भूमिका महत्वपूर्ण हुने उनले बताएका छन्।

    गड्डाचौकीमा औपचारिक समापन

    साइकल यात्राको समापन कञ्चनपुरको गड्डाचौकीमा औपचारिक रूपमा गरिएको थियो। समापन कार्यक्रममा कञ्चनपुर भन्सार कार्यालयका निमित्त प्रमुख चक्रदेव भट्ट, सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म गड्डाचौकीका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक जनकराज उपाध्याय, भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी) का पदाधिकारी, क्वारेन्टाइन तथा भन्सार कार्यालयका कर्मचारी, विभिन्न बीओपी प्रमुख, इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख, जनस्वास्थ्यकर्मी, राजनीतिक दलका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, गैरसरकारी संघसंस्थाका प्रतिनिधि तथा स्थानीय सीमावासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    सीमा सुरक्षा सुधारमा योगदान

    डीएसपी उप्रेतीले आफ्नो साइकल यात्राबाट प्राप्त अनुभव र तथ्यांकलाई प्रतिवेदनका रूपमा तयार गरी सम्बन्धित निकायमा पेस गर्ने बताएका छन्। यसले सीमा सुरक्षा मजबुत बनाउन, नीतिगत सुधार गर्न तथा सीमावासीका समस्या समाधानका लागि प्रभावकारी कदम चाल्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

    उनको यो पहललाई सशस्त्र प्रहरी बलभित्र सीमा सुरक्षाप्रतिको प्रतिबद्धता, अनुशासन र नवीन सोचको उदाहरणका रूपमा हेरिएको छ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    अबको ३–४ दिनभित्र देशभर मनसुन फैलिने सम्भावना, पश्चिममा गर्मी अझै कायम

    रास्वपा महाधिवेशनका कारण प्रतिनिधि सभा बैठक फेरि स्थगित

    काठमाडौं उपत्यकामा २४ घण्टामा २,४३८ चालक कारबाहीमा, २० लाखभन्दा बढी राजस्व संकलन

    रामेछापको खाँडादेवीमा प्राविधिक कर्मचारीद्वारा सामूहिक राजीनामा, प्राविधिक सेवा अवरुद्ध

    रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित

    खर्च अभावले रास्वपा महाधिवेशन प्रभावित, प्रतिनिधिलाई बिहानको चिया मात्रै

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    याङ्गो प्रो द्वारा बागमती प्रदेशको राजधानी हेटौँडामा सेवा…

    भारतमा सडकको नाम नै ‘डोनाल्ड ट्रम्प एभेन्यु’, ट्रम्पले…

    नेपालमा रहेको प्रशस्त पूँजीलाई लगानीमा बदल्न अमेरिकी क्रस…

    लुकाकु बने बेल्जियमका सर्वाधिक विश्वकप गोलकर्ता

    अबको ३–४ दिनभित्र देशभर मनसुन फैलिने सम्भावना, पश्चिममा…

    रास्वपा महाधिवेशनका कारण प्रतिनिधि सभा बैठक फेरि स्थगित

    काठमाडौं उपत्यकामा २४ घण्टामा २,४३८ चालक कारबाहीमा, २०…

    रामेछापको खाँडादेवीमा प्राविधिक कर्मचारीद्वारा सामूहिक राजीनामा, प्राविधिक सेवा…

    आर्थिक

    सुनको मूल्य बढ्दा चाँदी घट्यो 

    बाजुराका ९ वटै स्थानीय तहले प्रस्तुत गरे बजेट : कुन पालिकाको बजेट कति ?

    सूनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑