सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित होटल उडल्याण्डमा रहेको एक डान्स क्लबमा आगलागी हुँदा करोडौँ रुपैयाँ बराबरको क्षति भएको छ।
प्रहरीका अनुसार होटल उडल्याण्डको माथिल्लो तलामा सञ्चालनमा रहेको ब्ल्याकआउट डान्स क्लब मा आज बिहान करिब १०ः१५ बजे आगलागी भएको हो। आगलागी सुरु भएलगत्तै दमकल र प्रहरी परिचालन गरी आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
आगो नियन्त्रणमा आइसके पनि डान्स क्लब तथा त्यससँग जोडिएको रेष्टुरेन्ट पूर्ण रूपमा जलेको प्रहरीले जानकारी दिएको छ। आगलागीबाट मानवीय क्षति भने नभएको जनाइएको छ।
आगलागी नियन्त्रणका लागि पाँचवटा दमकल, नेपाल प्रहरी तथा होटल सुरक्षाकर्मी परिचालन गरिएको थियो। केही समयसम्म दरबारमार्ग क्षेत्रमा धुवाँ फैलिँदा स्थानीय र पैदल यात्रुमा त्रास फैलिएको थियो।
आगलागीको कारण भने हालसम्म खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। क्षतिको यकिन विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा