• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ फागुन २४, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • जेनजी आन्दोलनले उठाएका मागहरू आगामी सरकारले पूरा गर्नेछ : गृहमन्त्री

      रोल्पामा वर्षमान पुनको ह्याट्रिक जित

      नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध : नरेन्द्र मोदी

      जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही विजयी, रास्वपाकी विनिताले पाइन् मात्र ४०१ मत

      बाजुरा थप निर्वाचन अपडेट : कांग्रेसका गिरी ४ सय ७० मतले अग्र पंक्तिमा

      ४९ हजार भन्दा बढी मतले ओली पराजित, झापा–५ मा बालेनको अभूतपूर्व जीत

      ४९ हजार भन्दा बढी मतले ओली पराजित, झापा–५ मा बालेनको अभूतपूर्व जीत

      आफ्नो जितपछि तोसिमाले भनिन्, अब नेपाली जनताको सुखको दिन आउँदै छ

      मुगुमा मत गणनाको तयारी हुँदै

      काभ्रे २ मा रास्वपाका भण्डारी विजयी

      क्षमता अनुसार मन्त्री र मन्त्रालयको बाँडफाँट हुन्छ : मनिष झा

      गोरखा–१ को मतगणना सुरु, सुदन गुरुङले लिड गर्दै

      सर्लाही १ र २ मा भारि मतका साथ रास्वपाका उम्मेदवार विजयी, जिल्लाका अन्य क्षेत्रमा पनि रास्वपा नै अगाडि

      प्रधानमन्त्री कार्कीले गरिन् युएईका राष्ट्रपतिसँग टेलिफोन संवाद

      बाजुरामा कांग्रेसका उम्मेदवार जनक गिरीको अग्रता

    होमपेज /  मुख्य समाचार

    कीर्तिपुरका ‘भँगेरा बाजे’ : जो घर घरमा भँगेराको वासस्थान निर्माणमा सक्रिय छन्

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ मंसिर २४, बुधबार (२ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २३४ पटक पढिएको
  • कीर्तिपुर । कीर्तिपुर चम्पादेवीका ध्रुव वस्नेत कुनै समय त्रिभुवन विश्वविद्यालका जागिरे थिए । उमेरले ७० कटेका उनको हिजोआजको दैनिकी सेवानिबृत्तिमा वितिरहेको छ । तर जागिरे जीवन जति व्यस्त थिए त्यस्तै व्यस्तता अहिले पनि कायम छ ।

    सरकारी सेवामा व्यस्त रहेको उनको दैनिकी हिजोआज फेरिएको छ । व्यस्तताको प्रकृति बदलिएको छ र परिचय फेरिएको छ । सरकारी जागिरे होइन, सामाजिक अभियन्ताको रुपमा उनको नाम स्थापित छ । अधिकांश सार्वजनिक सभा समारोहमा उनको गलामा एउटा प्ले कार्ड झुन्डिन्छ । त्यहाँ लेखिएको हुन्छ–‘भँगेरा सुकुम्बासी भै हराउन थाले, संरक्षण गरौं ।’

    यसरी भँगेरा संरक्षण अभियानको जुटेको पनि एक दशक नाघेको छ । सोही अभियानले उनको प्यारो नाम स्थापित छ–भँगेरा बाजे । कीर्तिपुर नगरपालिका–४ स्थित चम्पादेवीका स्थायी बासिन्दा उनलाई ‘भँगेरा बाजे’ भनेरै सबैले चिन्छन् ।

    भँगेरा संरक्षणका लागि एक्लै खट्दै आएका वस्नेतको अभियानले यतिबेला थोरै मात्रामा भएपनि सार्थकता पाउँदै गएको छ । ०७२ सालको विनाशकारी भूकम्पले घरहरू मात्र होइन, पुरातन बासस्थानमा आश्रय लिने भँगेरा जस्ता उपयोगी चराहरूको अस्तित्व पनि संकटमा परेको थियो । यही परिवर्तनले वस्नेतलाई भँगेरा संरक्षण अभियानतिर मोडिदिएको हो । २०७४ सालदेखि सुरु भएको उनको अभियान अहिले जताततै फैलिदै गएको छ ।

    वस्नेतका अनुसार बाल्यकालदेखि नै घर–आँगन वरिपरि सयौँ भँगेरा देखिन्थे । ‘हामीले त बिस्कुन कुर्न लठ्ठी लिएर बस्नुपथ्र्यो, भँगेराले खान्छ भनेर,’ उनले आफ्नो बाल्यकालको अनुभव सुनाए । तर अहिले आधुनिक निर्माण पद्धति, कंक्रीट संरचना र पुराना डकर्मीहरुको अभावले परम्परागत ‘चख्खुप्वाः’ अर्थात भँगेरा बस्ने स–साना प्वाल—हराउँदै गएको छ ।

    धु्रव बस्नेतले ४५ सालतिर आफ्नो घर बनाउने कामका लागि बोलाएका डकर्मी भोसिन्चा गोपालीबाट भँगेराको महत्बारे पहिलोपटक सुनेका थिए । ‘उहाँले घर बनाउँदा किन भँगेरा बस्नका लागि छुट्टै प्वाल बनाउनुपर्छ भनेर सिकाउनुभयो । ‘नेवारी संस्कृतिमा २०–२५ वटा चख्खुप्वाः अनिवार्य बनाइन्छ,’ भन्नुहुन्थ्यो,’ बस्नेत सम्झन्छन् ।

    गोपालीको भनाइले उनी गहिरोसँग प्रभावित भए । ‘उहाँले भन्नुभएको थियो हामी मरेपछि पनि हाम्रो घर, हाम्रो समाज सुरक्षित रहोस् भनेर चख्खुप्वाः बनाइन्छ । भँगेराले किरा नियन्त्रण गर्छ, धानबारीको सुरक्षा गर्छ,’ बस्नेतले बताए ।

    ‘पछिल्लो समय निर्माण भएका आधुनिक तथा नयाँ घरमा चख्खुप्वाः बनाउने संस्कृति नै छैन,’ उनी भन्छन् । २०७४ सालदेखि उनी स्वयंसेवी रूपमा घर–घरमा भँगेरा संरक्षण र चख्खुप्वाः निर्माणबारे जागरण फैलाउन थालेपछि स्थानीय स्तरमा त्यसको केहि प्रभाव पर्न थाल्यो ।
    उनी मेलाहरूमा, गाउँघरमा, छरछिमेकमा, जो–जो भेटिन्छन् ती सबैलाई भँगेराको फाइदा सुनाउँछन् । उनले आफ्नो खर्चमा पम्फ्लेट छापेर वितरण समेत गरेका छन् । समुदायले आजभोली उनलाई ‘भँगेरा बाजे’ भनेर प्रेमपूर्वक सम्बोधन गर्न थालेको छ ।

    बस्नेतका अनुसार भँगेरा केवल घरको शोभा मात्र होइन, कृषिको सुरक्षाकर्मी पनि हो । भँगेराले धानबारीमा लागेको किरा खाने, बीउ संरक्षणमा सहयोग गर्ने, घर वरिपरि किरा नियन्त्रण गर्ने, जैविक विविधता जोगाउने लगायतका महत्वपुर्ण काम गर्दछ ।

    उनका अनुसार भँगेराको प्रमुख शत्रु काग, सर्प र कतिपय अवस्थामा मान्छे नै हुन् । ‘कसैले नभेट्ने गरी, कागले नछुन सक्ने गरी चख्खुप्वाः बनाउनु पर्छ,’ उनी सुझाव दिन्छन् । वस्नेतको अभियानपछि धेरै ठाउँमा चख्खुप्वाः बनाउने चलन पुनःजीवित हुँदैछ । केहि स्थानीय र वडा कार्यालयहरुले समेत भँगेराको बासस्थानका लागि चख्खुप्वाः बनाउन थालेको उनले सुनाए ।

    उनले नेपालमा मात्र पाइने चख्खुप्वा संस्कृति संरक्षण गर्न सबैलाई अगाडि आउन आग्रह गरेका छन् । उनका अनुसार, भँगेरा संरक्षण गर्नु भनेको घर, गाउँ, प्रकृति र संस्कृतिको सुरक्षा गर्नु हो ।

    बस्नेतले यतिबेला काठमाडौंका विभिन्न ठाउँमा पुगेर भँगेरा संरक्षण अभियानबारे जनचेतना फैलाइरहेका छन् । सामान्य दिनमा पनि उनी भँगेरा संरक्षण अभियान सम्बन्धी पोशाक लगाएर हिँड्ने गर्दछन् । यद्यपी, उनको अभियानले देशभरि कति प्रभाव परेको छ भन्ने बारेमा भने आफूलाई थाहा नभएको उनले बताए ।

    बस्नेतले २०७४ सालदेखि चैत्र १ गतेलाई ‘भँगेरा दिवस’ घोषणा गरेर औपचारिक कार्यक्रम सञ्चालन गर्दै आएका छन् । पहिलो वर्षको कार्यक्रम उनको आफ्नै घरमा, दोस्रो वर्ष टौखेलका खेलका राजमान श्रेष्ठको घरमा, तेस्रो वर्ष कीर्तिपुरको क्रिएटिभ स्कुलमा, चौथो वर्ष चन्द्रागिरि–कीर्तिपुर नगरपालिकाको सभाहलमा र गतवर्ष चन्द्रागिरि नगरपालिकाको बोर्ड बैठकमा आयोजना भएको थियो ।

    भँगेरा संरक्षणका लागि स्थानीय निकायसँग बजेटका लागि पहल गरिए पनि औपचारिक रूपमा कुनै स्तरबाट उनको अभियानलाई समर्थन प्राप्त भएको छैन् । बस्नेत खुलेरै भन्छन्,‘नेपालको सरकार किसान विरोधी छ । हाम्रो नेवारी संस्कृतिमा २०–२५ वटा चख्खुप्वाः अनिवार्य थियो । तर घर नक्सा पास गर्ने निकायले आजसम्म त्यो परम्परालाई मान्यता दिएको छैन ।’

    उनका अनुसार नगरपालिकाको भवन विभाग, इन्जिनियर, पशुपन्छी मन्त्रालय सबैले भँगेराको पारिस्थितिक भूमिकालाई बेवास्ता गरेका छन् । सरकारी भवनहरूमा समेत चखुप्वाः नबनाइएकाले उनीहरूले नैतिक आधार गुमाएको बताउँछन् ।

    बस्नेतका अनुसार राम्रो प्रचलन चाँडो फैलिनु पर्ने हो तर समाज र मिडिया दुवैले यसको गम्भीरता बुझेका छैनन् । ‘राम्रो कुरा कहिल्यै हाइलाइट हुँदैन, नराम्रो कुरा तुरुन्त छापिन्छ,’ बस्नेतले भने । उनी मिडियालाई भन्छन,‘देश, समाजप्रति उत्तरदायी भएर भँगेरा संरक्षण जस्ता सकारात्मक अभ्यासलाई निःशुल्क प्रचार–प्रसार गर्नुपर्छ ।’

    बस्नेत भन्छन,‘पशुपन्छी र किसान हाम्रो जीवनका दुई पाटा हुन् । भँगेराले किरा नियन्त्रण गर्छ, बाली जोगाउँछ, जैविक विविधता बलियो बनाउँछ ।’ उनको अभियानले चन्द्रागिरि, कीर्तिपुरलगायत ठाउँमा हरेक घरमा ५०–६० भँगेराका गुँड भएका घरहरू देखिन थालेका छन् । उनलाई समुदायले ‘भँगेरा बाजे’ भनी सम्मानले बोलाउने चलन पनि सुरु भएको छ ।

    बस्नेतले ऐतिहासिक दृष्टान्त उल्लेख गर्दै राणाकालमा ठूला दरबार बनाइए पनि ति घरहरुमा भँगेरालाई बस्न मिल्ने कुनै व्यवस्थापन नगरिएको बताए । पूराना पुस्ताले यसबारेमा नबुझेपनि नयाँ पुस्ताले भने यस्तो पक्षको महत्व बुझ्नुपर्ने बस्नेतको धारणा छ ।

    बस्नेतले विश्वविद्यालय, स्थानीय निकाय, इन्जिनियर र ठेकेदारलाई चराहरूका लागि उचित संरचना बनाउने विषयमा सुझाव दिएका छन् । उनले पुस्तक र कविताका माध्यमबाट अभियानलाई दस्तावेज र जनचेतनामा रूपान्तरण गरेका छन् । उनी भन्छन्, ‘पुरानो असल चलन पुस्तान्तरण हुनुपर्छ, नत्र हाम्रो जैविक विविधता र परम्परा हराउँछ ।’

    बस्नेतले सरकार, मिडिया र समाजसँग अपील गर्दै भनेका छन,‘घरभँगेरा र चराचुरुङ्गी संरक्षणको प्रचार–प्रसार स्वंयसेवी रूपमा गर्नुपर्छ । यस्तो अभियानले वातावरण सुधार, जैविक विविधता र सांस्कृतिक पहिचान दुबै कायम राख्छ ।’

    बस्नेत केवल भँगेरा संरक्षणमा सीमित छैनन् । ६८ सालदेखि नै उनी सामाजिक सद्भाव, राष्ट्रिय एकता र समुदायबीचको अन्तरसम्बन्ध विषयमा अभियान चलाउँदै आएका छन् ।

    लक्ष्मीप्रसाद देवकोटाको प्रेरणाबाट उनले ‘मानिस ठूलो दिलले हुन्छ, जातले हँुदैन’ भन्ने सन्देशसहित सामाजिक सद्भावको पुस्तक पनि प्रकाशित गरेका छन् । उनको उक्त किताबमा विभिन्न ठाउँमा बनाइएका चखु प्वाः सम्बन्धी विवरण, अभियानका तथ्याङ्क, पंक्षी संरक्षणसम्बन्धी भूमिका र माधव घिमिरेको भँगेरा विषयक कविता समावेश छन् ।

    त्रिभुवन विश्व विद्यालयमा सेवा आयोगको सह प्रशासकदेखि विश्व विद्यालय अनुदान आयोगको वरिष्ठ अनुगमन तथा मूल्यांकन अधिकृतको रुपमा पनि वस्नेतले काम गरिसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    जेनजी आन्दोलनले उठाएका मागहरू आगामी सरकारले पूरा गर्नेछ : गृहमन्त्री

    रोल्पामा वर्षमान पुनको ह्याट्रिक जित

    नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध : नरेन्द्र मोदी

    जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही विजयी, रास्वपाकी विनिताले पाइन् मात्र ४०१ मत

    बाजुरा थप निर्वाचन अपडेट : कांग्रेसका गिरी ४ सय ७० मतले अग्र पंक्तिमा

    ४९ हजार भन्दा बढी मतले ओली पराजित, झापा–५ मा बालेनको अभूतपूर्व जीत

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जेनजी आन्दोलनले उठाएका मागहरू आगामी सरकारले पूरा गर्नेछ…

    रोल्पामा वर्षमान पुनको ह्याट्रिक जित

    नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध :…

    जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही विजयी, रास्वपाकी विनिताले पाइन्…

    जेनजी आन्दोलनले उठाएका मागहरू आगामी सरकारले पूरा गर्नेछ…

    रोल्पामा वर्षमान पुनको ह्याट्रिक जित

    नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध :…

    जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही विजयी, रास्वपाकी विनिताले पाइन्…

    आर्थिक

    एकैदिन सुनको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

    राष्ट्र बैंकले ६ दिनका लागि बजारबाट १ खर्ब रुपैयाँ निक्षेप खिच्ने

    तोलाको २ लाख २८ हजार ६ सय पुग्यो सुन

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत...  विस्तृतमा

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑