सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टीको विशेष महाधिवेशनमा सभापति शेरबहादुर देउवा स्वयं सहभागी हुनुपर्ने बताएका छन्।
शुक्रबार विशेष महाधिवेशनस्थल भृकुटीमण्डप पुगेर सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता भण्डारीले नेपाली कांग्रेस देउवाको पार्टीसमेत भएकाले महाधिवेशनमा उहाँको उपस्थिती अनिवार्यजस्तै रहेको धारणा व्यक्त गरे।
उनले पुस २७ र २८ गते हुने विशेष महाधिवेशनमा ७७ वटै जिल्लाबाट महाधिवेशन प्रतिनिधिहरू सहभागी हुने दाबी गर्दै सबै नेताहरू पनि त्यसमा सहभागी हुने विश्वास व्यक्त गरे। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माप्रति संकेत गर्दै उनले कांग्रेसको वर्तमान र भविष्यको फैसला यही महाधिवेशनले गर्ने बताए।
नेता भण्डारीले भने, “७७ वटै जिल्लाका साथीहरू हामीसँग छन्। सबै जिल्लाका महाधिवेशन प्रतिनिधिहरू नेपाली कांग्रेसकै हुन्, वर्तमानका पनि हुन् र भविष्यका पनि। त्यसैले नेताहरूलाई पनि मिलाएर अघि बढ्छौं। पुस २७ गते सभापति शेरबहादुर देउवा जी पनि आउनुपर्छ, यो उहाँकै पार्टी हो।”
उनले महामन्त्रीद्वय थापा र शर्माले पार्टीलाई एकताबद्ध गर्दै अघि बढाउन थप जिम्मेवारी लिनुपर्ने आवश्यकता समेत औंल्याए। विशेष महाधिवेशनमार्फत पार्टीभित्र देखिएका विवाद समाधान गर्दै कांग्रेसलाई सशक्त बनाउने अवसर आएको उनको भनाइ छ।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा