सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । लोकतान्त्रिक प्रगतिशील पार्टीका संरक्षक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
डा. भट्टराईले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत स्ट्याटस लेख्दै आगामी आम निर्वाचनमा गोरखा–२ बाट उम्मेदवार बन्ने निर्णय गरेको जानकारी दिएका हुन्। उनले चुनाव चिह्न ‘खुलेको आँखा’ लिएर निर्वाचनमा जाने निर्णय गरिएको पनि बताएका छन्।
देशको अन्योलपूर्ण राजनीतिक अवस्थाले सिर्जना गरेको राष्ट्रिय दायित्वबोधलाई ध्यानमा राख्दै आफूले उम्मेदवारी दिने निर्णयमा पुगेको भट्टराईको भनाइ छ। उनले मुलुकलाई सही दिशा दिन जिम्मेवार नेतृत्वको खाँचो रहेको उल्लेख गर्दै जनताको साथ, सहयोग र सद्भावको अपेक्षा समेत गरेका छन्।
डा. भट्टराईको उम्मेदवारी घोषणासँगै गोरखा–२ को राजनीतिक प्रतिस्पर्धा थप चासोको विषय बनेको छ।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा