सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको ठूला अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकैपटक पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले आइतबार दायर गरेको आरोपपत्रअनुसार तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीहरू रामकुमार श्रेष्ठ, भीमप्रसाद आचार्य, दीपकचन्द्र अमात्य, साथै तत्कालीन अर्थमन्त्री डा. रामशरण महतलाई प्रतिवादी बनाइएको छ।
त्यस्तै, पर्यटन मन्त्री रहेका स्व. पोष्टबहादुर बोगटीको निधन भइसकेकाले, बिगो असुलबापत उनकी श्रीमती राममाया बोगटीलाई प्रतिवादीका रूपमा राखिएको आयोगले जनाएको छ।
आयोगका अनुसार विमानस्थल निर्माणको ठेक्का प्रक्रियामा लागत अस्वाभाविक रूपमा बढाएर राज्यलाई ठूलो आर्थिक क्षति पुर्याइएको छ। सो प्रकरणमा प्रतिवादीहरूविरुद्ध ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार रुपैयाँ बिगो दाबी गरिएको छ।
यसैगरी, तत्कालीन सचिवहरू—सुशिल घिमिरे, सुरेशमान श्रेष्ठ, रन्जनकृष्ण अर्याल सहित नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक र चिनियाँ ठेकेदार कम्पनीका प्रतिनिधिहरू समेत गरी जम्मा ५५ जनामाथि मुद्दा दायर गरिएको हो।
मुद्दा दायरसँगै पोखरा विमानस्थल निर्माणमा भएको अनियमितता अब विशेष अदालतमार्फत कानुनी छानबिन प्रक्रियामा प्रवेश गरेको छ।

युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा