• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ फागुन २४, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • जेनजी आन्दोलनले उठाएका मागहरू आगामी सरकारले पूरा गर्नेछ : गृहमन्त्री

      रोल्पामा वर्षमान पुनको ह्याट्रिक जित

      नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध : नरेन्द्र मोदी

      जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही विजयी, रास्वपाकी विनिताले पाइन् मात्र ४०१ मत

      बाजुरा थप निर्वाचन अपडेट : कांग्रेसका गिरी ४ सय ७० मतले अग्र पंक्तिमा

      ४९ हजार भन्दा बढी मतले ओली पराजित, झापा–५ मा बालेनको अभूतपूर्व जीत

      ४९ हजार भन्दा बढी मतले ओली पराजित, झापा–५ मा बालेनको अभूतपूर्व जीत

      आफ्नो जितपछि तोसिमाले भनिन्, अब नेपाली जनताको सुखको दिन आउँदै छ

      मुगुमा मत गणनाको तयारी हुँदै

      काभ्रे २ मा रास्वपाका भण्डारी विजयी

      क्षमता अनुसार मन्त्री र मन्त्रालयको बाँडफाँट हुन्छ : मनिष झा

      गोरखा–१ को मतगणना सुरु, सुदन गुरुङले लिड गर्दै

      सर्लाही १ र २ मा भारि मतका साथ रास्वपाका उम्मेदवार विजयी, जिल्लाका अन्य क्षेत्रमा पनि रास्वपा नै अगाडि

      प्रधानमन्त्री कार्कीले गरिन् युएईका राष्ट्रपतिसँग टेलिफोन संवाद

      बाजुरामा कांग्रेसका उम्मेदवार जनक गिरीको अग्रता

    होमपेज /  मुख्य समाचार

    एमालेले ४० मुनिका युवालाई विशेष प्राथमिकता दिएको छ, युवामैत्री नीति लिएको छ : नरेश रोकाया

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ मंसिर २६, शुक्रबार (२ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २०९ पटक पढिएको
  • काठमाडौं । ४० बर्ष मुनिका युवा प्रतिनिधि तथा पूर्वअनेरास्ववियु महासचिव नरेश रोकायाले नेपाल न्यूज बैंकसँग गरिएको विशेष संवादमा एमाले महाधिवेशनलाई युवामैत्री रूपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याएका छन् । उनले विद्यार्थी आन्दोलन अब टायर बाल्ने जस्ता विनाशकारी संस्कृतिबाट बाहिर आएर टायर बनाउने, उत्पादनमुखी र प्रविधिमुखी मोडमा रूपान्तरण हुनुपर्ने धारणा व्यक्त गरे ।

    नेकपा एमालेको एघारौँ महाधिवेशनको पूर्वसन्ध्यामा संक्षिप्त कुराकानी गर्दै पार्टीभित्र उत्साह र गतिविधि तीव्र बन्दै गएको पनि बताए । यसपटक विशेष रूपमा युवाहरूलाइ महाधिवेशनमा उच्च प्रतिनिधित्व दिन पार्टीले १६५ वटै निर्वाचन क्षेत्रबाट एक–एक जना युवा अनिवार्य रूपमा चयन गर्ने निर्णय गरिसकेको छ ।

    यससँगै अन्य खुला, महिला, दलित र २४ वटा जनसंगठनबाट पनि उल्लेख्य संख्यामा युवा प्रतिनिधि सहभागी हुने भएकाले झण्डै ६०० युवाहरू महाधिवेशनमा उपस्थित हुने महासचिव नरेश रोकायाले बताए ।

    रोकायाका अनुसार विगतमा युवाहरूका लागि छुट्टै क्लस्टर नहुने गरेकोमा यसपाली पहिलोपटक पार्टीले युवाहरूमाथि ठूलो भरोसा राख्दै संस्थागत नेतृत्वमा प्रवेश गराउने बाटो खोलेको छ । उनी भन्छन्, ‘नेतृत्वमा युवाको उर्जाशक्ति अत्यन्तै आवश्यक हुन्छ । अबको महाधिवेशनले पार्टीभित्र युवा पुस्तालाई निर्णय तहसम्म पुर्याउने नयाँ अध्याय सुरु गरेको छ ।’ उनले यो कदम नेपालका मूलधारका कुनै पनि ठूलो दलले युवाहरूलाई दिएको सबैभन्दा ठूलो अवसर भएको दाबी पनि गरे ।

    विद्यार्थी आन्दोलनमा दुई दशक बिताएका रोकायाले आफू सदैव प्रत्यक्ष चुनावबाटै नेतृत्वमा चयन हुँदै आएको उल्लेख गर्दै यसपटक राष्ट्रिय महाधिवेशनमा अध्यक्ष बन्न पाउने आशामा रहेपनि अन्तिम क्षणमा भएको निर्णयले केही समय निराश बनाएको बताए । तर राजनीतिक जीवन आरोह अवरोहले भरिएको हुन्छ भन्दै उनले त्यसलाई आत्मसात् गरेको बताए । ‘म्यान अफ दि इलेक्सन भएर अघि बढ्दै आएको मान्छेको लागि अन्तिम समयमा नियम परिवर्तन हुँदा पीडा त भयो, तर राजनीति यही हो,’ उनले भने ।

    रोकायाले अब पार्टीको केन्द्रीय कमिटी सदस्यका लागि उम्मेदवार दिने निर्णय गरिसकेका छन् । बाजुरा जन्मस्थानबाट समेत आफूलाई अपार समर्थन आएको बताउँदै उनले युवाहरू, अग्रज र विद्यार्थी आन्दोलनसँग आबद्ध सवै तहबाट केन्द्रीय कमिटीमा जानुपर्ने अपेक्षा राखिएको जानकारी दिए । ‘बाजुरामै ९० प्रतिशतभन्दा धेरै युवाले ‘तपाईंले हाम्रो आवाज बन्नुपर्छ’ भनेका छन् । यसलाई मर्न दिन सकिंदैन,’ रोकायाको भनाइ छ ।

    विद्यार्थी आन्दोलनको सुदृढीकरणमा आफूले विगतमा ‘स्टुडेन्ट फेस्टिवल’मार्फत करियर काउन्सिलिङ कार्यक्रम सञ्चालन गरेको उल्लेख गर्दै उनले अबका विद्यार्थी आन्दोलनहरू उत्पादनमुखी, प्रविधिमुखी र एआई जमानासँग मेल खाने हुनुपर्नेमा जोड दिए ।

    ‘विद्यार्थी आन्दोलन अब टायर जलाउने होइन, टायर बनाउने आन्दोलन हुनुपर्छ,’ रोकायाले भने । उनका अनुसार विद्यालयदेखि विश्वविद्यालयसम्म वैज्ञानिक, प्राविधिक तथा रचनात्मक गतिविधि विस्तार गर्न सके मात्रै विद्यार्थीहरू सशक्त नागरिकका रूपमा रूपान्तरण हुन सक्छन् ।

    एमालेभित्र नीतिगत रूपमा ठूलो विवाद नभएको तर नेतृत्व चयनमा प्रतिस्पर्धा स्वाभाविक रूपमा रहेको रोकायाले स्पष्ट पारे । ईश्वर पोखरेल पक्षले नयाँ पुस्तालाई अवसर दिनुपर्ने माग राखिरहेका छन् भने अध्यक्ष केपी ओलीले राष्ट्रिय चुनौतीलाई मध्यनजर गर्दै बलियो नेतृत्व आवश्यक भएको तर्क अघि सारेका छन् । ‘यो स्वाभाविक प्रतिस्पर्धा हो । जो उत्कृष्ट देखिन्छन्, उनीहरूले पार्टी चलाउँछन्, बाँकीले अन्य भूमिकाबाट योगदान दिन्छन्,’ रोकायाले भने ।

    हालैको ‘जेनेरेसन जेड’ आन्दोलनबारे बोल्दै रोकायाले युवाहरूका मागहरू जेनुइन र परिवर्तनको आधार बन्न सक्ने अवस्थामा पुगेको भए पनि आन्दोलन हाइज्याक भएपछि उद्देश्य कमजोर भएको बताए । उनका अनुसार यदि आन्दोलन शान्त र संयमित ढंगले निरन्तर अघि बढेको भए दशकौँदेखिका ठूला भ्रष्टाचार काण्डहरूको फास्ट–ट्र्याक अनुसन्धान सम्भव थियो ।
    ‘जेन्जीको नाममा जेन्जीले होइन, डेन्जीहरूले फाइदा उठाए । साँच्चिकै लड्नेहरू अझै सडकमै छन्,’ रोकायाले टिप्पणी गरे । आगामी निर्वाचनमा युवाहरूले आफ्नै राजनीतिक विकल्प निर्माण गर्न सक्ने उनको विश्वास छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    जेनजी आन्दोलनले उठाएका मागहरू आगामी सरकारले पूरा गर्नेछ : गृहमन्त्री

    रोल्पामा वर्षमान पुनको ह्याट्रिक जित

    नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध : नरेन्द्र मोदी

    जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही विजयी, रास्वपाकी विनिताले पाइन् मात्र ४०१ मत

    बाजुरा थप निर्वाचन अपडेट : कांग्रेसका गिरी ४ सय ७० मतले अग्र पंक्तिमा

    ४९ हजार भन्दा बढी मतले ओली पराजित, झापा–५ मा बालेनको अभूतपूर्व जीत

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जेनजी आन्दोलनले उठाएका मागहरू आगामी सरकारले पूरा गर्नेछ…

    रोल्पामा वर्षमान पुनको ह्याट्रिक जित

    नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध :…

    जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही विजयी, रास्वपाकी विनिताले पाइन्…

    जेनजी आन्दोलनले उठाएका मागहरू आगामी सरकारले पूरा गर्नेछ…

    रोल्पामा वर्षमान पुनको ह्याट्रिक जित

    नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध :…

    जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही विजयी, रास्वपाकी विनिताले पाइन्…

    आर्थिक

    एकैदिन सुनको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

    राष्ट्र बैंकले ६ दिनका लागि बजारबाट १ खर्ब रुपैयाँ निक्षेप खिच्ने

    तोलाको २ लाख २८ हजार ६ सय पुग्यो सुन

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत...  विस्तृतमा

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑