• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ फागुन २३, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • जेनजी आन्दोलनले उठाएका मागहरू आगामी सरकारले पूरा गर्नेछ : गृहमन्त्री

      रोल्पामा वर्षमान पुनको ह्याट्रिक जित

      नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध : नरेन्द्र मोदी

      जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही विजयी, रास्वपाकी विनिताले पाइन् मात्र ४०१ मत

      बाजुरा थप निर्वाचन अपडेट : कांग्रेसका गिरी ४ सय ७० मतले अग्र पंक्तिमा

      ४९ हजार भन्दा बढी मतले ओली पराजित, झापा–५ मा बालेनको अभूतपूर्व जीत

      ४९ हजार भन्दा बढी मतले ओली पराजित, झापा–५ मा बालेनको अभूतपूर्व जीत

      आफ्नो जितपछि तोसिमाले भनिन्, अब नेपाली जनताको सुखको दिन आउँदै छ

      मुगुमा मत गणनाको तयारी हुँदै

      काभ्रे २ मा रास्वपाका भण्डारी विजयी

      क्षमता अनुसार मन्त्री र मन्त्रालयको बाँडफाँट हुन्छ : मनिष झा

      गोरखा–१ को मतगणना सुरु, सुदन गुरुङले लिड गर्दै

      सर्लाही १ र २ मा भारि मतका साथ रास्वपाका उम्मेदवार विजयी, जिल्लाका अन्य क्षेत्रमा पनि रास्वपा नै अगाडि

      प्रधानमन्त्री कार्कीले गरिन् युएईका राष्ट्रपतिसँग टेलिफोन संवाद

      बाजुरामा कांग्रेसका उम्मेदवार जनक गिरीको अग्रता

    होमपेज /  मुख्य समाचार

    एआईले नेपाललाई विश्वस्तरमा उकास्न सक्छ, तर पूर्वाधार र नीति आवश्यक छः उज्वल राय

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ मंसिर १७, बुधबार (३ महिना अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • २०५ पटक पढिएको
  • काठमाडौं । विश्व तीव्र गतिमा कृत्रिम बुद्धिमत्ता (एआई) केन्द्रित युगतिर प्रवेश गरिरहेको बेला नेपालमा एआई, सूचना प्रविधि (आईटी), डिजिटल अर्थतन्त्र र नयाँ पुस्ताका अवसरबारे महत्वपूर्ण बहस सुरु भएको छ ।

    यही सन्दर्भमा वल्र्ड एआई एलायन्सका संस्थापक तथा सीईओ तथा न्युयोर्कमा आधारित प्रविधि व्यवसायी उज्वल रायले नेपालमा एआई सम्भावना, आवश्यक पूर्वाधार, नीति, जनशक्ति निर्माण र स्टार्टअप इकोसिस्टमका चुनौती तथा सुधारका दिशाबारे नेपाल न्यूज बैंकसँग विस्तृत कुरा गरेका छन् ।

    रायका अनुसार आजको विश्वलाई परिवर्तन गरिरहेको एआई केवल एउटा चल्तीको प्रविधि नभई मानव सभ्यताकै दिशा बदल्न सक्ने शक्ति बनेको छ । ‘विश्व इतिहासमा १० वर्षमै एक ट्रिलियन डलरको कम्पनी बन्न सफल संगठन आजसम्म देखिएको थिएन,’ उनी भन्छन,‘तर ओपनएआई २०१८ मा स्थापना भएर २०२५ मा ट्रिलियन डलर मूल्याङ्कनको आईपीओमा जान लागेको छ । यही उदाहरणले एआईको तीव्र गति देखाउँछ ।’

     

    एआईले विश्व अर्थतन्त्र पुनः परिभाषित गरिरहेको बेला नेपाल जस्तो सानो देशले पनि उचित तयारी गर्न सकेमा विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने उनी विश्वास व्यक्त गर्छन् । रायका अनुसार आईटी उद्योगले विश्व अर्थतन्त्रमा लामो समयदेखि योगदान दिए पनि एआई भने पूर्णतः नयाँ र तीव्र गतिमा वृद्धि भइरहेको क्षेत्र हो । ‘आईटी केही हदसम्म लेगेसी इन्डस्ट्री हो भने एआई पूर्ण रूपमा नयाँ निर्माण भइरहेको इन्डस्ट्री हो,’ उनी भन्छन्,‘एआईमा विश्वव्यापी रूपमा ‘¥यापिड एडोप्सन’ भइरहेको छ, जसले नयाँ राष्ट्रलाई अगाडि उक्लने अवसर दिन्छ ।’

    उनका अनुसार एआई प्रयोग गरेर संसारका जुनसुकै ठाउँबाट पनि उच्च आम्दानी सम्भव छ, तर नेपालका ग्रामीण क्षेत्रका युवाले ‘डाँडाकाँडाबाट ल्यापटपमा बसेर १० लाख रुपैयाँ महिनामा कमाउन’ चाहने हो भने राम्रो इन्टरनेट कनेक्सन र विश्व बजारले माग गरिरहेका प्रविधिहरु पनि आवश्यक हुन्छन् ।

    रायका अनुसार एआईले सिर्जना गरिरहेका नयाँ रोजगारीका लागि नेपालमा आवश्यक जनशक्तिको अभाव छ । ‘प्रोम्प्ट इन्जिनियर, एआई डिजिटल मार्केटर, एआई भिडियो क्रिएटरजस्ता पदका लागि नेपालमा योग्य जनशक्ति भेटिँदैन,’ उनी भन्छन,‘म आफू पनि नेपालमा सकेसम्म भर्ती गर्न खोज्छु, तर पाइँदैन । अन्ततः बंगलादेश वा बैंगलोरबाट हायर गर्नुपर्छ ।’

    नेपालका युवाले एआईलाइ ‘च्याटजीपीटी चलाउने’ बुझाइमा सीमित राख्नु गलत भएको उनको टिप्पणी छ । ‘एआई केवल च्याटजीपीटी होइन, एआई मोडलहरू कृषि, स्वास्थ्य, सुशासन, विपद् व्यवस्थापन सबै क्षेत्रमा फरक–फरक रूपमा प्रयोग हुन्छन,’ उनी भन्छन् ।

    रायका अनुसार नेपालमा एआई सीप निर्माणका लागि शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यक छ । ‘एआईलाई तीन महिनाको भोकेसनल तालिमले पनि प्रारम्भिक स्तरमा सिक्न सकिन्छ,’ उनी भन्छन् । ‘तर यदि नेपालले ग्लोबल मार्केटमा जाने एआई प्रोडक्ट बनाउन चाहन्छ भने गहिरो विशेषज्ञता चाहिन्छ ।’

    त्यसका लागि नेपालले विद्यालय स्तरदेखि नै एआई करिकुलम लागु गर्नुपर्छ प्लस टू र युनिभर्सिटीमा व्यावहारिक एआई विषय, प्रशिक्षक (टिचर) उत्पादन वा विदेशबाट भित्र्याउन आवश्यक रहेको उनी बताउँछन् ।

    नेपालमा एआई निर्माणका लागि सबैभन्दा ठूलो चुनौती फिजिकल कम्प्युटिङ इन्फ्रास्ट्रक्चर रहेको राय बताउँछन् । ‘एआई डेभलपमेन्ट पुरानो कम्प्युटर ल्याबबाट सम्भव हुँदैन,’ उनी भन्छन,‘जीपीयु क्लस्टर, हाइ–परफर्मेन्स कम्प्युटिङ ल्याब नेपालमा छैन । त्यसैले फ्रन्टियर मोडेल बनाउने कुरा अहिले चुनौतीपूर्ण छ ।’

    सफ्टवेयर पहुँच भने पर्याप्त रहेको उनी बताउँछन गुगल एआईस्टुडियो, माइक्रोसफ्ट कोपाइलट, ओपन एआइ कोडेक्स जस्ता प्लेटफर्म नेपालमै चलाउन सकिन्छ । नेपाली भाषामा आधारित लार्ज ल्याङग्वेज मोडल बनाउन सक्ने सम्भावना पनि धेरै रहेको उनको भनाई छ ।

    यदि नेपाली एलएलएम बन्योभने हरेक कम्पनी, सरकारी सेवा, अस्पताल, रेष्टुरेन्ट सबैले एआईबाट ग्राहक व्यवस्थापन गर्न सक्छने उनको दाबी छ । जस्तै, एआई रिसेप्सनिस्ट राख्नेहो भने उसले एकै समयमा हजारौँ ग्राहकको फोन उठाउन सक्छ, वास्तविक समयमै डेटा इन्ट्री गर्छ, बहुभाषी संवाद गर्न सक्छ । यसले व्यवसायको लागत अत्यधिक घटाउने रायको विश्लेषण छ ।

    डेटा सुरक्षामा खतरा

    रायका अनुसार नेपालमा डिजिटल डेटा सुरक्षाको अवस्था अत्यन्त कमजोर छ । ‘नेपाली नागरिकको डेटा सुरक्षित छैन । हाम्रो डेटा हामीसँग छैन, विदेशी कम्पनीसँग छ,’ उनी भन्छन् । उनका अनुसार सरकारी वेबसाइटहरू सजिलै ह्याक हुनसक्छन, साइबर सुरक्षा मापदण्ड कमजोर छन, राष्ट्रिय स्तरको डेटा संरक्षणका कानून कडा हुनुपर्छ । अमेरिकी नागरिकको डेटा जति महत्वपूर्ण हुन्छ, नेपाली नागरिकको पनि उत्तिकै महत्वपूर्ण हुने भएकाले यसका लागि नेपालले आफ्नो छुट्टै साइबर सुरक्षा मापदण्ड बनाउनु पर्ने उनले बताए ।

    रायका अनुसार पहिलोपटक इतिहासमा कुनै पनि देशको आर्थिक आकार अब जनसंख्यामा निर्भर छैन । ‘पहिले जनसंख्या ठूलो भयो भने जीडीपी ठूलो बन्ने मान्यता थियो,’ उनी भन्छन । तर अबका दिनमा काराखनामा रोबोट, अफिसमा डिजिटल वर्कर र सफ्टवेयरले धेरै काम एआईले गर्ने उनले बताए ।

    उनका अनुसार नेपाल सानो देश र सानो जनसंख्या भए पनि एआई प्रोडक्ट बनाएर विश्व बजार कब्जा गर्न सक्छ । सफ्टवेयर बेच्न देश ठूलो वा समुद्र छेउमा हुनु आवश्यक छैन । स्विजरल्यान्ड जस्तै सानो देशले विश्व बजारमा आफ्नो पहिचान मजबुत बनाएको उदाहरण पनि उनले दिए ।

    नेपालमा स्टार्टअप इकोसिस्टम कमजोर भएकोले गभर्मेन्टले दीर्घकालीन इकोसिस्टम बनाउनु आवश्यक रहेको उनले बताए । रायका अनुसार नेपालमा भेन्चर क्यापिटल, एन्जल इन्भेस्टमेन्ट, स्टार्टअप इनक्युबेटर लगायत संरचना कमजोर छन् । नेपालमा सार्क ट्याङ्करजस्ता कार्यक्रम छन, तर त्यसले वास्तविक रुपमा प्रभाव नपारेको जस्तो हुन्छ । त्यसका लागि दीर्घकालीन स्टार्टअप इकोसिस्टम चाहिने उनको तर्क छ ।

    उनका अनुसार नेपालमा विदेशी लगानी, भेन्चर क्यापिटल वातावरण, सिड फन्डिङ, इनक्युबेसन हब बनाउन सरकारले भूमिका खेल्नुपर्छ । युवाहरूले राष्ट्रीय र विश्व दुवै स्तरका समस्या समाधान गर्ने उद्यमशीलता अपनाउनुपर्छ । नेपाली युवा अब केवल ‘सरकारी रोजगारी’ वा ‘विदेश पलायन’ को बाटोबाट बाहिर आउनुपर्ने उनको धारणा छ ।

    ‘देशका सामाजिक–आर्थिक समस्या समाधान गर्ने सबैभन्दा प्रभावकारी माध्यम उद्यमशीलता हो,’ उनी भन्छन् । उनी इ–सेवाकै उदाहरण दिँदै भन्छन ‘इ–सेवाले क्यासलेस अर्थतन्त्र ल्यायो, ठूलो समस्या समाधान ग¥यो र ठूलो कम्पनी पनि बन्यो । त्यस्तै हामीले अरू समस्याहरू पहिचान गरेर समाधान दिनुपर्छ ।’

    एआई नै विश्व अर्थतन्त्रको भविष्य

    फिजिक्समा उच्च शिक्षा सम्मको अध्ययन पूरा गरी क्वान्टम फिजिक्समा अनुसन्धान गरेका रायसँग इन्टेल कर्पोरेसनमा कार्यरत रहँदै एआई वर्कलोड सपोर्ट गर्ने चिप आर्किटेक्चरमा पनि काम गरेको अनुभव छ । सन् २०२१ मा उनले क्यालिफोर्नियामा स्केल बिल्ड एआई स्थापना गरेर एआई प्रविधिमा आधारित नयाँ समाधानहरू विकास गर्न थालेका थिए ।

    रायका अनुसार एआई अब भविष्यको प्रविधि मात्र नभई विश्व–अर्थतन्त्र परिवर्तन गर्ने मुख्य शक्ति बनेकाले नेपालजस्ता देशले यसबाट ठूलो लाभ लिन सक्ने सम्भावना छ, यदि समयमै आधारभूत नीति, पूर्वाधार र सीप विकासमा ध्यान दिन सकियो भने ।

    न्युयोर्कमा बस्दै आएका वल्र्ड एआई एलायन्सका अध्यक्ष तथा सिथोस कर्पोरेसनका सिइओ रायले नेपालले एआई क्षेत्रमा समयमै लगानी र तयारी गर्न सके विश्वस्तरमै प्रतिस्पर्धी बन्न सक्ने विश्वास व्यक्त पनि व्यक्त गर्छन् । वल्र्ड एआई एलायन्समार्फत आफूले एथिकल एआई स्ट्यान्डर्ड, फ्रेमवर्क र गाइडलाइन विकास गर्दै आएको बताउँदै रायले कुनै पनि कम्पनीले एआई मोडेल सार्वजनिक गर्नु अघि त्यसले मानव अधिकार, गोपनीयता र सुरक्षामा कस्तो प्रभाव पार्छ भन्ने मूल्यांकन गर्नका लागि ‘एथिकल एआई टेस्ट’ अनिवार्य हुनुपर्ने बताए ।

    उनका अनुसार एआई एलायन्सले विश्वका विभिन्न सरकार तथा गैर–सरकारी संस्थासँग सहकार्य गर्दै एआई नीतिनिर्माण र एआईलाई जिम्मेवार तथा सुरक्षित बनाउने प्रक्रियामा पनि सहयोग गर्दै आएको छ । यस्तै, उनी सिइओको रूपमा आबद्ध सिथोस कर्पोरेसनले कम्प्युटर भिजन प्रविधिमार्फत क्यामेरालाई नै बुद्धिमान सुरक्षा प्रणाली बनाउने काम गरिरहेको छ, जसले लाइभ भिडियोबाटै गतिविधि बुझेर सम्भावित खतरा पहिचान गर्न र रियल–टाइममा अलर्ट दिन सक्ने क्षमता राख्छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    जेनजी आन्दोलनले उठाएका मागहरू आगामी सरकारले पूरा गर्नेछ : गृहमन्त्री

    रोल्पामा वर्षमान पुनको ह्याट्रिक जित

    नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध : नरेन्द्र मोदी

    जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही विजयी, रास्वपाकी विनिताले पाइन् मात्र ४०१ मत

    बाजुरा थप निर्वाचन अपडेट : कांग्रेसका गिरी ४ सय ७० मतले अग्र पंक्तिमा

    ४९ हजार भन्दा बढी मतले ओली पराजित, झापा–५ मा बालेनको अभूतपूर्व जीत

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जेनजी आन्दोलनले उठाएका मागहरू आगामी सरकारले पूरा गर्नेछ…

    रोल्पामा वर्षमान पुनको ह्याट्रिक जित

    नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध :…

    जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही विजयी, रास्वपाकी विनिताले पाइन्…

    जेनजी आन्दोलनले उठाएका मागहरू आगामी सरकारले पूरा गर्नेछ…

    रोल्पामा वर्षमान पुनको ह्याट्रिक जित

    नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध :…

    जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही विजयी, रास्वपाकी विनिताले पाइन्…

    आर्थिक

    एकैदिन सुनको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

    राष्ट्र बैंकले ६ दिनका लागि बजारबाट १ खर्ब रुपैयाँ निक्षेप खिच्ने

    तोलाको २ लाख २८ हजार ६ सय पुग्यो सुन

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत...  विस्तृतमा

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑