सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । न्युज २४ टेलिभिजनका पत्रकार राजिव खत्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। बुधबार रास्वपाको केन्द्रीय कार्यालय पुगेर खत्रीले औपचारिक रूपमा पार्टी सदस्यता लिएका हुन्।
पार्टी प्रवेश गर्नुअघि खत्रीले सक्रिय पत्रकारिता पेसाबाट अलग भएको घोषणा गरेका थिए। लामो समयदेखि टेलिभिजन पत्रकारितामा सक्रिय रहँदै आएका खत्री राजनीतिक तथा सामाजिक विषयमा स्पष्ट धारणा राख्ने पत्रकारका रूपमा परिचित थिए।
खत्री रास्वपा सभापति रवि लामिछाने निकट मानिन्छन्। पत्रकारितामै रहँदा पनि उनले लामो समयदेखि रवि लामिछाने र रास्वपाको गतिविधि तथा एजेन्डाको पक्षमा पैरवी गर्दै आएको चर्चा हुँदै आएको थियो।
खत्रीको पार्टी प्रवेशलाई लिएर रास्वपाका समर्थकहरूले स्वागत गरेका छन्। पत्रकारिताबाट राजनीतिमा प्रवेश गर्ने उनको निर्णयले पार्टीभित्र नयाँ ऊर्जा थपिएको नेताहरूको भनाइ छ।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा