सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपालको चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ। इन्डियन आइडल सिजन–३ का विजेता तामाङको दिल्लीस्थित निवासमा हृदयाघातका कारण निधन भएको हो।
तामाङको निधनप्रति संगीत क्षेत्रका कलाकारहरूले गहिरो दुःख व्यक्त गरेका छन्। गायक प्रमोद खरेलले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, “कस्तो अप्रिय र अपत्यारिलो खबर सुन्न पर्यो। प्रिय प्रशान्त तामाङ हामीबीच रहनु भएनछ। उफ… वैकुण्ठमा वास होस्।”
त्यस्तै, संगीतकार अर्जुन पोखरेलले पनि भावुक हुँदै लेखेका छन्, “नेपाली मन–मुटुमा बस्न सफल प्रशान्त तामाङ हामी माझ रहेनन् भन्ने खबर आयो। मन भारी भयो, अति नै नरमाइलो लाग्यो। यो खबर असत्य होस् भन्छु, आत्माको चिर शान्तिको कामना गर्दछु।”
प्रशान्त तामाङको जन्म भारतको दार्जीलिङस्थित तुङ्सुङ भन्ने स्थानमा भएको थियो। इन्डियन आइडलको उपाधि जितेपछि उनी नेपाली तथा भारतीय संगीत र फिल्म क्षेत्रमा लोकप्रिय बनेका थिए।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा