सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका कारण पार्टी विभाजन हुने आशंकालाई स्पष्ट रूपमा खारेज गरेका छन्। पुस २७ र २८ गते काठमाडौंमा आह्वान गरिएको विशेष महाधिवेशनले पार्टीलाई कमजोर नभई सुदृढ बनाउने दाबी गर्दै उनले विभाजनको अवस्था आए आफू सबैभन्दा पहिला अधिवेशन हलबाट बाहिरिने घोषणा गरेका छन्।
विशेष महाधिवेशनलाई लिएर कांग्रेसभित्र मतभेद बढिरहेका बेला महामन्त्री शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्। उनले लेखेका छन्, ‘विशेष महाधिवेशन हुन्छ, पार्टी विभाजित हुँदैन। यदि विभाजनको संकेत देखिए अधिवेशनको हलबाट सबैभन्दा पहिला म बाहिर निस्कनेछु।’
यसअघि पुस २७ र २८ गते काठमाडौंमा दोस्रो विशेष महाधिवेशन आयोजना गर्ने विषयमा पत्रकार सम्मेलनमार्फत औपचारिक घोषणा भइसकेको छ। उक्त महाधिवेशनमा महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा सहभागी हुने निर्णय सार्वजनिक भइसकेको छ।
कांग्रेसभित्र सभापति शेरबहादुर देउवा पक्ष विशेष महाधिवेशन नगर्ने पक्षमा देखिएको छ भने महामन्त्रीद्वय शर्मा–थापा पक्षले जेनजी आन्दोलनपछिको बदलिँदो राजनीतिक परिस्थिति र पार्टी सुधारका लागि विशेष महाधिवेशन अपरिहार्य भएको तर्क गर्दै आएका छन्।

युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा