• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ १२, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • रास्वपा महिला सहमहामन्त्रीमा निशा डाँगी विजयी

      हरि ढकाल र असिम शाह सहमहामन्त्रीमा विजयी

      रास्वपा उपसभापतिमा सोविता गौतम निर्वाचित

      रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित

      फिफा विश्वकप : शनिबार समूह जी, एच र आईका ६ खेल हुँदै

      संघर्षको परिवार, सफलताको नयाँ अध्याय : सांसद आकृति अवस्थी

      केपी ओलीसँग सडकदेखि सदनसम्मै सहकार्य गर्छौं: प्रचण्ड

      भेनेजुएलामा शक्तिशाली भूकम्प : भौतिक संरचनाहरुमा ठूलो क्षति, मृत्यु हुनेहरुको संख्या बढ्नसक्ने

      ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने प्रयास

      रोटरी जर्नो अवार्डको उद्देश्य मेहनती र उत्कृष्ट पत्रकारलाई प्रोत्साहित गर्नु हो : बासुदेव गोल्यान

      २३ औँ राष्ट्रिय धान दिवस : जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्न सरकारको जोड

      लागुऔषध नियन्त्रण राष्ट्रिय चुनौतीको विषय बनेको छ : महानिरीक्षक कार्की

      रञ्जु दर्शनाले पनि महामन्त्री पदबाट लिइन् उम्मेदवारी फिर्ता

      रास्वपा महाधिवेशन : दोस्रो चरणको मतदान प्रक्रिया सुरु

      छ जनाले लिए महामन्त्री पदबाट उम्मेदवारी फिर्ता

    होमपेज /  मुख्य समाचार

    एमालेका केही नेताहरूको दृष्टिकोणले पार्टीको मूल सिद्धान्त नै जोखिममा पर्यो : महासचिव भोटे

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ मंसिर २४, बुधबार (६ महिना अघि)
    अनुमानित पढ्ने समय : ७ मिनेट
  • ३३५ पटक पढिएको
  • काठमाडौं । नेकपा एमालेको यही मंसिर २७ देखि २९ गतेसम्म हुने महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्रका विभिन्न जनसंगठनमा प्रतिनिधि छनोट प्रक्रियाबारे असन्तुष्ट चुलिंदो छ ।

    विशेषत : एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघमा उत्पन्न विवादले महाधिवेशनको वातावरणमा खैलाबैला मच्चाएको छ । महासंघका महासचिव पेम्वा गुरुङ भोटेले नेपाल न्यूज बैंकसँगको विषेश कुराकानीमा महाधिवेशन तयारीका नाममा भइरहेको निर्णय प्रक्रिया, पारदर्शिता अभाव र नेतृत्व तहको हस्तक्षेपबारे गम्भीर प्रश्न उठाएका छन् ।

    महासचिव गुरुङका अनुसार पार्टीको मूल समिति तथा उपसमितिहरू आ–आफ्नो संरचनाबाट महाधिवेशन तयारीमा सक्रिय देखिएपनि जनसंगठनलाई समुचित प्रतिनिधित्वमा बाधा गर्न खोजिएको अनुभूति भइरहेको छ । संरचनागत रूपमा समिति तथा उपसमितिमा महासंघका प्रतिनिधि नसमेटिँदा संगठनले आफ्ना एजेन्डा, माग तथा आवाज प्रभावकारी रूपमा राख्न नसकेको उनले बताए ।

    ‘संगठन मूल संरचनामा समावेश नभएका कारण हाम्रो भूमिका सीमित बनाइएको छ । यस्तो अवस्थामा प्रभावकारी नेतृत्वको प्रस्तुति कठिन बन्छ,’ गुरुङ भन्छन् ।

    प्रतिनिधि छनोट महाधिवेशनको संवेदनशील र आधारभूत प्रक्रिया हो । ४२ जना आकांक्षी उम्मेदवारबीच सहमति निर्माण गर्नुपर्ने वातावरण बनिनुपथ्र्यो । तर महासचिव गुरुङका अनुसार सहमति प्रयासका नाममा प्रक्रियागत छलफल नभई अध्यक्ष र इन्चार्जले बन्द कोठामा लिएर निर्णय गरे, जसले लोकतान्त्रिक चरित्रमाथि नै प्रश्न खडा गरिदियो । ‘सहमतिमा नपुग्दा लोकतान्त्रिक मतदान प्रक्रिया अपनाउने व्यवस्था थियो । तर सहमति होइन, एकतर्फी निर्णय भयो,’ उनी भन्छन् ।

    यसबीच महासंघका अध्यक्ष पासाङ शेर्पासमेत विवादको मूल बिन्दुमा परेका छन् । उनले विगतमा बहुविवाहसम्बन्धी मुद्दामा सजाय भुक्तान गरिसकेकाले सार्वजनिक पद सम्हाल्न नैतिक रूपमा योग्य नरहेको गुरुङको दाबी छ ।

    ‘हामीले पटक–पटक नैतिकता र विश्वसनीयताको आधारमा राजीनामा दिनुपर्ने माग राख्यौँ, तर शीर्ष नेताहरूको संरक्षणका कारण समस्या यथावत् छ,’ गुरुङले बताए । यो विषयले संगठनभित्रको नैतिक मूल्य, सार्वजनिक छवि र आन्तरिक विश्वासमै असर पारेको उनको तर्क छ ।
    महाधिवेशन प्रतिनिधि छनोटका क्रममा विधि तथा योग्यता मापदण्ड पालना नगरेकोमा पनि गुरुङ आक्रोशित छन् । दाङमा पाँच जना सदस्यले आवश्यक सात वर्षको संगठित सदस्यता नपुर्याइ प्रतिनिधि बनाइएको दाबी गर्दै उनले यस्तो अनियमिततालाई पार्टी संगठन विभागले वेवास्ता गरेको आरोप लगाए ।

    ‘उजुरी परे पनि सुनुवाइ नभई निर्णय लागू गरियो । यस्तो अभ्यासले महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा र समावेशी प्रक्रियालाई कमजोर बनाउँछ,’ गुरुङको भनाइ छ ।

    उनले पार्टीको विधि प्रक्रिया कागजमा मजबुत भएपनि कार्यान्वयनमा कमजोरी देखिएको टिप्पणी गरे । शीर्ष नेतृत्वको संकीर्ण सोच, गुटगत हित र राजनीतिक दबाबले प्रतिस्पर्धात्मक वातावरणलाई सीमित बनाउने प्रयास भइरहेको उनको आरोप छ । ‘एमालेले विधि प्रक्रियालाई बलियो बनाउँदै आएको छ, तर केही नेताहरूको दृष्टिकोणले पार्टीको मूल सिद्धान्त नै जोखिममा परेको छ,’ उनले चेतावनी दिए ।

    प्रतिनिधि छनोटमा समावेशिता पक्ष कमजोर हुनु अर्को संवेदनशील मुद्दा बनेको गुरुङको मूल्यांकन छ । विधानअनुसार न्यूनतम सदस्यता वर्ष पूरा नगरेका सदस्यलाई प्रतिनिधि पठाउन नहुने प्रावधान भए पनि विभिन्न जिल्लाबाट त्यस्ता व्यक्तिहरूलाई नै अघि सारिएको उनले बताए । यसले पार्टीभित्र गुटबन्दी, असन्तुष्टि र विभाजनको जोखिम बढाउने गुरुङले बताए । ‘प्रतिनिधि चयन सीमित समूहको स्वार्थमा केन्द्रित भएमा पार्टीको जनमुखी चरित्र कमजोर हुन्छ,’ उनी भन्छन् ।

    महासचिव गुरुङले महाधिवेशनले दिने सन्देश स्पष्ट, सकारात्मक र जनमुखी हुनुपर्नेमा जोड दिए । उनका अनुसार महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया मात्र नभई पार्टीलाई नयाँ ऊर्जा दिने, पारदर्शिता सुनिश्चित गर्ने र संगठनलाई व्यापक रूपमा प्रतिनिधित्व गराउने अवसर हो। ‘कार्यकर्ताले मन पराएको नेतृत्व अगाडि आउनुपर्छ । प्रक्रियालाई खुम्चाएर होइन, खुला प्रतिस्पर्धाबाट नेतृत्व छनोट हुनुपर्छ,’ गुरुङको भनाइ छ ।

    यसै क्रममा उनले पार्टी इतिहास र नेतृत्व हस्तान्तरणको आवश्यकता पनि स्मरण गराए । गुरुङका अनुसार मुलुकका राजनीतिक दलहरू नेतृत्व हस्तान्तरणमा चुनौती झेलिरहेका छन्, र यसपटकको महाधिवेशनले त्यो संस्कृतिमा सकारात्मक परिवर्तन ल्याउनुपर्ने अपेक्षा छ । ‘नेतृत्व स्थिरता राम्रो हो तर हस्तान्तरण अनिवार्य छ । व्यक्तिवादी निर्णयले पार्टीको सिद्धान्तमै प्रश्न उठ्छ,’ उनले स्पष्ट रूपमा भने ।

    गुरुङले सबै पक्षलाई समावेशी, पारदर्शी र स्वस्थ प्रतिस्पर्धामार्फत महाधिवेशन सफल बनाउन आह्वान गरे । ‘कुनै व्यक्ति वा गुटको स्वार्थले प्रक्रियालाई प्रभावित गर्नु हुँदैन । महाधिवेशनले पार्टीलाई बलियो बनाउने, जनतासँग नजिक पु¥याउने र आगामी राजनीतिक बाटो स्पष्ट गर्ने अवसर हो ।’

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    रास्वपा महाधिवेशनका कारण प्रतिनिधि सभा बैठक फेरि स्थगित

    काठमाडौं उपत्यकामा २४ घण्टामा २,४३८ चालक कारबाहीमा, २० लाखभन्दा बढी राजस्व संकलन

    रामेछापको खाँडादेवीमा प्राविधिक कर्मचारीद्वारा सामूहिक राजीनामा, प्राविधिक सेवा अवरुद्ध

    रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित

    खर्च अभावले रास्वपा महाधिवेशन प्रभावित, प्रतिनिधिलाई बिहानको चिया मात्रै

    सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूको चेतावनी

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रास्वपा महिला सहमहामन्त्रीमा निशा डाँगी विजयी

    हरि ढकाल र असिम शाह सहमहामन्त्रीमा विजयी

    रास्वपा उपसभापतिमा सोविता गौतम निर्वाचित

    रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित

    रास्वपा महाधिवेशनका कारण प्रतिनिधि सभा बैठक फेरि स्थगित

    काठमाडौं उपत्यकामा २४ घण्टामा २,४३८ चालक कारबाहीमा, २०…

    रामेछापको खाँडादेवीमा प्राविधिक कर्मचारीद्वारा सामूहिक राजीनामा, प्राविधिक सेवा…

    रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित

    आर्थिक

    सुनको मूल्य बढ्दा चाँदी घट्यो 

    बाजुराका ९ वटै स्थानीय तहले प्रस्तुत गरे बजेट : कुन पालिकाको बजेट कति ?

    सूनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑