सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहित केही नेतामाथि कारबाही गर्ने निर्णय गरेको छ।
सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो। पार्टीभित्रको विवाद गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा अन्य पक्षले भृकुटीमण्डपमा विशेष महाधिवेशन निरन्तरता दिँदै आएको अवस्थामा थप चर्किएको थियो।
स्रोतका अनुसार, यसअघि पटक–पटक संस्थापन पक्षीय नेताहरूसँग भएको वार्ता असफल भएपछि अन्ततः देउवा पक्षले उनीहरूमाथि कारबाही गर्ने निर्णय लिएको हो।
कारबाहीको निर्णय सार्वजनिक गर्ने क्रममा कार्यबाहक सभापति पूर्णबहादुर खड्का भावविह्वल बनेका थिए। बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार, गगन थापा र विश्वप्रकाश शर्मालाई कारबाही गर्ने निर्णय सुनाउँदा खड्काको स्वर भावनाले भरिएको थियो।
‘यतिधेरै प्रयास गर्दा पनि नमानेपछि यो पूर्वनिर्धारित योजनाजस्तो देखियो, पार्टीलाई सकिनबाट बचाउन सकिनँ,’ खड्काले बैठकमा भावुक हुँदै बताएका थिए। ती केन्द्रीय सदस्यले भने, खड्काले सबै प्रयास र पहलका बाबजुद पनि सहकर्मी नेताहरूलाई मनाउन नसकेको पीडा व्यक्त गरेका थिए।
पार्टीभित्रको यस कारबाही र विशेष महाधिवेशनको विवादले आगामी दिनहरूमा पनि आन्तरिक तनावको संकेत गरेको विश्लेषकहरूले बताएका छन्।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा