सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भक्तपुर । कार्यशैली र पटक–पटक विवादित अभिव्यक्तिका कारण पछिल्लो समय जनविश्वास खस्किँदै गएका नेकपा एमालेका सचिव महेश बस्नेत प्रतिनिधि सभा निर्वाचनका लागि भक्तपुर क्षेत्र नम्बर २ मा एकल उम्मेदवारका रूपमा सिफारिस भएका छन्।
नेकपा एमाले भक्तपुर निर्वाचन क्षेत्र समन्वय कमिटीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन अन्तर्गत भक्तपुर क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ बस्नेतलाई उम्मेदवार सिफारिस गरेको हो।
राजनीतिक रूपमा ओली निकट मानिने बस्नेतलाई पार्टीले प्राथमिकतामा राख्नुको पृष्ठभूमि विगतका घटनासँग जोडेर हेरिएको छ। जेन–जी आन्दोलनको क्रममा बालकोटस्थित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निवास आगलागी भएर जलेपछि ओलीलाई भक्तपुरको गुन्डु नजिकै आफ्नै निवासमा आश्रय दिएर पार्टी राजनीतिमा सक्रिय बनाउने भूमिकामा बस्नेत देखिएका थिए। यही निकटताकै कारण एमालेको पछिल्लो महाधिवेशनमा उनले पार्टी सचिव पद पाएको भन्दै पार्टीभित्रै आलोचना हुने गरेको छ।
उक्त क्षेत्रमा बस्नेतसँगै राजेन्द्र राजथला र अनिल श्रेष्ठ ले पनि उम्मेदवारीको दाबी प्रस्तुत गरेका थिए। तर ओलीका निकटतम मानिएका बस्नेतलाई नै उम्मेदवार बनाउने पार्टी नेतृत्वको संकेतपछि उनीहरूले पार्टी एकता र सहमतिलाई कारण देखाउँदै दाबी फिर्ता लिएका हुन्। बस्नेत स्वयंले भने सर्वसम्मत वातावरण बनेपछि आफू एकल उम्मेदवारका रूपमा सिफारिसमा परेको दाबी गरेका छन्।
लामो समयदेखि भक्तपुर क्षेत्र नम्बर २ मा सक्रिय राजनीति गर्दै आएका बस्नेतको बोली, व्यवहार र कार्यशैलीका कारण आफ्नै मतदाता माझ समेत साख कमजोर हुँदै गएको स्थानीय स्तरमा चर्चा छ। सामाजिक सञ्जालदेखि सार्वजनिक मञ्चसम्म दिएका अभिव्यक्तिका कारण उनी बारम्बार विवादमा तानिँदै आएका छन्।
यसअघि २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा बस्नेत नेपाली कांग्रेसका भक्तपुर जिल्ला सभापति समेत रहेका दुर्लभ थथापा सँग पराजित भएका थिए। सो पराजयपछि पनि उनले आफ्नो राजनीतिक शैलीमा खासै परिवर्तन नगरेको आरोप आलोचकहरूले लगाउँदै आएका छन्।
एमाले नेतृत्वको निर्णयले आगामी निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर २ मा आन्तरिक असन्तुष्टि र जनमतको परीक्षा थप चर्किने संकेत देखिएको छ।
यसअघि २०७९ सालमा चुनावमा बस्नेत नेपाली कांग्रेसका भक्तपुर जिल्ला सभापति समेत रहेका दुर्लभ थथापासँग पराजित भएका थिए ।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा