सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने अदालतको आदेशपछि उनकी पत्नी निकिता पौडेलले गम्भीर प्रतिक्रिया जनाएकी छिन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पौडेलले रवि लामिछाने राजनीतिमा सक्रिय भएकै कारण योजनाबद्ध प्रतिशोध साँधिएको आरोप लगाएकी छिन्। रास्वपाप्रति बढ्दो जनविश्वासलाई कमजोर बनाउने र व्यक्तिगत दुःख–हैरानी दिने उद्देश्यले राज्य संयन्त्र प्रयोग गरिएको उनको दाबी छ।
उनले लेखेकी छिन्, ‘बढ्दो जनविश्वास कमजोर बनाउन र व्यक्तिगत दुःख–हैरानी दिन लेखिएको कथाको एक अध्याय आजको आदेशसँगै सकिएको छ। यो बीचमा हामीले के भोगेनौं ? उसले कालकोठरी भोग्यो, र मैले उसको अनुपस्थितिको गहिरो रिक्तता भोगें।’
रवि लामिछाने हिरासतमा रहँदा आफूहरूले असह्य मानसिक पीडा भोग्नुपरेको उल्लेख गर्दै पौडेलले सामान्य मानिसले यस्तो तहको पीडा सहन नसक्ने बताएकी छिन्। अदालतको पछिल्लो आदेशलाई न्यायको रूपमा व्याख्या गर्दै उनले आफूहरू न्यायिक प्रक्रियामै विश्वास गरेर अघि बढ्ने स्पष्ट पारेकी छिन्।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा