सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

काठमाडौं । फागुन २१ गते हुने निर्वाचनका लागि नेपाली सेनाले करिब ८० हजार सैनिक परिचालन गर्ने भएको छ । यो सेनाको कुल जनशक्तिको करिब ९५ प्रतिशत हो ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार एकीकृत सुरक्षा योजना अनुसार सेना निर्वाचनको एक महिना अघि फिल्डमा खटिनेछ । सेनाले देशभरका विमानस्थल र कारागारको सुरक्षा जिम्मा लिनेछ भने हाल त्यहाँ खटिएका प्रहरी जनशक्ति निर्वाचन सुरक्षामा परिचालन गरिनेछ ।
सेनाले निर्वाचनअघि बेस स्थापना गरिसक्ने र तेस्रो घेरामा रहेर सुरक्षा प्रदान गर्ने जनाएको छ । यसका लागि राष्ट्रपतिबाट पहिल्यै स्वीकृति प्राप्त भइसकेको छ ।

युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा