सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । फागुन २१ गते हुने निर्वाचनका लागि नेपाली सेनाले करिब ८० हजार सैनिक परिचालन गर्ने भएको छ । यो सेनाको कुल जनशक्तिको करिब ९५ प्रतिशत हो ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार एकीकृत सुरक्षा योजना अनुसार सेना निर्वाचनको एक महिना अघि फिल्डमा खटिनेछ । सेनाले देशभरका विमानस्थल र कारागारको सुरक्षा जिम्मा लिनेछ भने हाल त्यहाँ खटिएका प्रहरी जनशक्ति निर्वाचन सुरक्षामा परिचालन गरिनेछ ।
सेनाले निर्वाचनअघि बेस स्थापना गरिसक्ने र तेस्रो घेरामा रहेर सुरक्षा प्रदान गर्ने जनाएको छ । यसका लागि राष्ट्रपतिबाट पहिल्यै स्वीकृति प्राप्त भइसकेको छ ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा