सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा नेपाली सेनाका तर्फबाट सार्वजनिक गरिएको सन्देशमा पृथ्वीनारायण शाहको तस्बिर प्रयोग गरिएको विषयलाई लिएर उठेको आलोचनाप्रति नेपाली सेनाले स्पष्ट प्रतिक्रिया दिएको छ।
जङ्गी अड्डाले सार्वजनिक गरेको लेखमा पृथ्वीनारायण शाह आधुनिक नेपालको निर्माता तथा राष्ट्रिय एकताको प्रतीक भएको उल्लेख गरिएको छ। प्रधान सेनापति अशोक सिग्देलले जारी गरेको सन्देशमा पृथ्वीनारायण शाहको तस्बिर प्रयोगलाई कुनै राजनीतिक सन्देशका रूपमा व्याख्या गर्नु गलत भएको सेनाले जनाएको छ।
सेनाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाह कुनै पनि तन्त्र वा राजनीतिक वादभन्दा माथि रहेको ऐतिहासिक सत्य भएको स्पष्ट पारेको छ।
लेखमा भनिएको छ, ‘सङ्कटको घडीमा राष्ट्रिय एकता, सार्वभौमसत्ता र अखण्डताको स्मरण गराउनु राजनीतिक एजेन्डा होइन, बरु राष्ट्रिय चेतनाको आह्वान हो। यही भावनासहित सेना नेतृत्वले एकताको सन्देश दिन खोजेको हो।’
नेपाली सेनाले सामाजिक सद्भाव, राष्ट्रिय एकता र स्थायित्व कायम गर्नु आफ्नो संवैधानिक जिम्मेवारी भएको उल्लेख गर्दै यस्ता सन्देशलाई राजनीतिक दृष्टिले हेर्नु अनुचित हुने जनाएको छ।
सेनाले यसअघि पनि संविधान, नागरिक सर्वोच्चता र निर्वाचित सरकारको अधीनमा रहेर मात्र काम गर्दै आएको दाबी दोहोर्याउँदै राष्ट्रिय हित र जनताको जीवन सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राखिएको स्पष्ट पारेको छ।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा