सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, २८ मंसिर । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई तत्काल बर्खास्त गर्नुपर्ने मागसहित जेन–जी युनाइटेडले अर्थमन्त्री रामेश्वर खनाललाई ज्ञापनपत्र बुझाएको छ।
आइतबार बिहान अर्थ मन्त्रालय पुगेका जेन–जी युनाइटेडका संयोजक जनक परियार नेतृत्वको टोलीले गभर्नर पौडेलको नियुक्ति प्रक्रिया नै ऐनविपरीत भएको दाबी गर्दै विभिन्न मागसहित ज्ञापनपत्र हस्तान्तरण गरेको हो।
ज्ञापनपत्रमा नेपाल सरकारद्वारा गठित सिफारिस समितिले ऐनको उपदफा ३ अनुसार तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नुपर्ने व्यवस्था हुँदाहुँदै डा. पौडेलको नाम मात्रै सिफारिस गरिएको उल्लेख छ। यसले गभर्नर नियुक्ति प्रक्रियामै गम्भीर आशंका उब्जाएको जेन–जी युनाइटेडको आरोप छ।
त्यस्तै, गभर्नर पौडेलको शैक्षिक योग्यता र अनुभवसमेत नेपाल राष्ट्र बैंक ऐनअनुसार नमिलेको दाबी गरिएको छ। ज्ञापनपत्रमा पौडेलले कम्प्युटर इन्जिनियरिङमा स्नातक र कृषि विषयमा स्नात्तकोत्तर गरेको उल्लेख गर्दै आवश्यक बैंकिङ तथा मौद्रिक अनुभव नपुगेको आरोप लगाइएको छ।
जेन–जी युनाइटेडले गभर्नर पौडेललाई हटाएर ऐनअनुसार नयाँ गभर्नर नियुक्त गर्न, अर्थ मन्त्रालयमा हुने विचौलियाको चलखेल नियन्त्रण गर्न, बैंक तथा वित्तीय संस्थाहरूको मनपरी नियन्त्रण रोक्न, अनाधिकृत रूपमा असुल गरिएको ब्याज ऋणीलाई फिर्ता गराउन तथा राजस्व अनुसन्धान र सम्पत्ति शुद्धिकरण विभागलाई थप जिम्मेवार बनाउन माग गरेको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा