मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खरेलले नेपालले विगतदेखि नै राष्ट्रिय संकटका बेला एकजुट भएर सामना गर्ने परम्परा कायम राख्दै आएको बताए ।

‘मुलुक जब सङ्कटमा आउँछ, त्यस्तोबेला नेपालको इतिहासदेखि सबै एक ठाउँमा आउँछौँ र त्यसको सामना गर्छौं । यस पटक सुनसरी–सिरहाको घटनामा सो देखियो,’ उनले भने, ‘सरकारले राम्रोसँग सोधबुझ र व्यवस्थापन गर्यो र सभामुख ज्यूले त्यही अनुसारको निर्देशन दिनुभयो । विपक्ष दलहरूले पनि देश र जनतालाई नै केन्द्रमा राखेर भूमिका निर्वाह गर्नुभयो ।’

उनले पछिल्लो घटनामा पनि सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गरेको बताए ।

खरेलले सरकारले घटनाको प्रभावकारी रूपमा जानकारी संकलन, समन्वय र व्यवस्थापन गरेको तथा सभामुखले पनि आवश्यक निर्देशन दिएको बताए ।

विपक्षी दलहरूले समेत राजनीतिक स्वार्थभन्दा देश र जनतालाई प्राथमिकतामा राखेर जिम्मेवार भूमिका खेलेको उनले बताए ।

उनले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न सबै पक्ष सफल भएको बताउँदै उनले भविष्यमा पनि यस्तै राष्ट्रिय एकता आवश्यक रहने बताए ।