सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज मुलुकका २० वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)सँग अर्थतन्त्र र बैंकिङ क्षेत्रका समसामयिक विषयमा छलफल गर्ने भएका छन्।
अर्थ मन्त्रालयका अनुसार आज दिउँसो ३ बजे मन्त्रालयमा आयोजना हुने बैठकमा नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको मान्यता प्राप्त २० वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहनेछ।
बैठकमा सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरेका आर्थिक सुधारका कार्यक्रम तथा नीतिहरूको प्रभावकारी कार्यान्वयन, बैंकिङ क्षेत्रको भूमिका, वित्तीय बजारको वर्तमान अवस्था, निजी क्षेत्रमा कर्जा प्रवाह तथा लगानी विस्तारका विषयमा विस्तृत छलफल हुने जनाइएको छ।
यस्तै, अर्थतन्त्रलाई थप चलायमान बनाउन आवश्यक नीतिगत सुधार, उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि, वित्तीय प्रणालीमा देखिएका चुनौती तथा सरकार र बैंकिङ क्षेत्रबीचको समन्वयलाई प्रभावकारी बनाउने उपायबारे पनि छलफल हुने मन्त्रालयले जनाएको छ।
सरकारले बजेटमा घोषणा गरेका सुधारका कार्यक्रमलाई व्यवहारमा कार्यान्वयन गर्न निजी क्षेत्र र वित्तीय संस्थासँग निरन्तर संवादलाई प्राथमिकता दिँदै आएको छ। सोही क्रममा अर्थमन्त्री वाग्लेले बैंकिङ क्षेत्रका शीर्ष नेतृत्वसँग प्रत्यक्ष छलफल गर्न लागेका हुन्। बैठकबाट बैंकिङ क्षेत्रका सुझावका आधारमा आगामी नीतिगत निर्णय तथा सुधारका कार्यक्रमलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा