सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजुनाथ पाण्डेले बागमती कोरिडोरको ‘बोटलनेक’ हटाउने क्रममा नेपाली सेनासँग कुनै विवाद, दुर्व्यवहार वा धम्कीपूर्ण व्यवहार नभएको स्पष्ट पारेका छन्। सामाजिक सञ्जालमा फैलाइएका सामग्रीले घटनालाई अनावश्यक रूपमा अतिरञ्जित गरिएको उनको दाबी छ।
मंगलबार संघीय संसद भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै सांसद पाण्डेले आफूले स्थानीय बासिन्दाले वर्षौँदेखि भोग्दै आएको समस्याको समाधानका लागि सम्बन्धित निकायबीच समन्वयकारी भूमिका मात्रै निर्वाह गरेको बताए।
उनका अनुसार माकलवारी क्षेत्रमा बागमती कोरिडोरको ‘बोटलनेक’का कारण विगत १५–२० वर्षदेखि स्थानीयवासीले सास्ती भोग्दै आएका थिए। उक्त समस्या समाधान गर्न अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, उपत्यका नगर विकास प्राधिकरण तथा भौतिक पूर्वाधार मन्त्रालयसँग समन्वय गरी सडक विस्तारको काम अघि बढाइएको उनले जानकारी दिए।
पाण्डेले पर्खाल भत्काइएको जग्गा नेपाल ट्रष्टको स्वामित्वमा रहे पनि कोरिडोरको मापदण्डभित्र पर्ने भएकाले विकास निर्माणको प्रक्रियाअन्तर्गत संरचना हटाइएको दाबी गरे।
उनले प्रारम्भिक चरणमा केही असमझदारी देखिए पनि नेपाली सेनाका महासेनानी (कर्णेल) गंगा बरालसँग दिनभर समन्वय गरी अन्ततः सडक खुलाउने काम सम्पन्न भएको बताए।
घटनाका क्रममा आफूले नेपाली सेनाका एक क्याप्टेनलाई ‘क्याप्टेन साप’ भनेर सम्बोधन गरेको उल्लेख गर्दै उनले कुनै पनि किसिमको धम्की, दबाब वा अपमानजनक व्यवहार नगरेको स्पष्ट पारे।
“सडक खुलाउने क्रममा सूचना पुग्न केही मिनेट ढिलाइ भएका कारण नेपाली सेनाका एक क्याप्टेन कार्यस्थलमा आउनुभएको थियो। उहाँसँग सामान्य संवाद मात्रै भएको हो, जसलाई सामाजिक सञ्जालमा अतिरञ्जित गरियो। म स्वयं फौजी पृष्ठभूमिबाट आएको व्यक्ति भएकाले सेनाको मर्यादा र वर्दीको सम्मान राम्रोसँग बुझेको छु। यो मेरो व्यक्तिगत विषय होइन, सार्वजनिक हितको काम हो,” उनले भने।
प्रधानमन्त्रीसँगको संवाद तथा माफी मागेको भनिएको विषयमा सोधिएको प्रश्नमा भने उनले स्पष्ट प्रतिक्रिया दिएनन्। सत्तापक्षको सांसद भएकाले प्रधानमन्त्रीसँग नियमित सम्पर्क रहने उल्लेख गर्दै उनले केही समूहले विकास निर्माणको विषयलाई ओझेलमा पारेर संस्थागत द्वन्द्व सिर्जना गर्न खोजेको आरोप लगाए।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा