सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सङ्घीय सांसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) का स्वकीय सचिव नियुक्तिलाई व्यवस्थित, पारदर्शी र योग्यतामूलक बनाउन नयाँ कार्यविधि लागू गरेको छ।
सोमबार बसेको संसदीय दलको बैठकले ‘स्वकीय सचिव नियुक्ति सम्बन्धी कार्यविधि, २०८३’ पारित गर्दै स्वकीय सचिव नियुक्तिका लागि शैक्षिक योग्यता, सीप, अनुभव तथा नैतिक मापदण्ड अनिवार्य गरेको हो।
कांग्रेसले सांसदहरूको विधायिकी भूमिका, संसदीय उत्तरदायित्व र जनतासँगको समन्वयलाई थप प्रभावकारी बनाउन दक्ष जनशक्ति छनोट गर्ने उद्देश्यले नयाँ व्यवस्था लागू गरिएको जनाएको छ।
कार्यविधिअनुसार स्वकीय सचिव बन्नका लागि कुनै पनि विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै कानून, राजनीति शास्त्र, अर्थशास्त्र, सार्वजनिक प्रशासन, पत्रकारिता, आमसञ्चार, सूचना प्रविधि, कृषि, इन्जिनियरिङ, स्वास्थ्य तथा व्यवस्थापन विषय अध्ययन गरेका उम्मेदवारलाई प्राथमिकता दिइनेछ। उम्मेदवारको उमेर कम्तीमा २१ वर्ष पुगेको हुनुपर्ने व्यवस्था पनि गरिएको छ।
त्यसैगरी संसदीय प्रक्रियाबारे आधारभूत ज्ञान, प्रतिवेदन लेखन क्षमता, कम्प्युटर तथा डिजिटल उपकरण सञ्चालन, सामाजिक सञ्जाल व्यवस्थापन र तथ्य परीक्षण (फ्याक्ट चेक) गर्न सक्ने सीपलाई पनि आवश्यक योग्यता मानिएको छ।
संसदीय वा नीतिगत अनुसन्धान, सार्वजनिक प्रशासन, पत्रकारिता, कानुनी अभ्यास, नीति निर्माण प्रक्रिया तथा स्थानीय वा प्रदेश सरकारसँग काम गरेको अनुभव भएका व्यक्तिलाई प्राथमिकता दिने व्यवस्था गरिएको छ।
कार्यविधिले स्वकीय सचिवलाई सांसदको प्रशासनिक सहयोगी मात्र नभई प्रमुख सहकर्मीका रूपमा परिभाषित गरेको छ। त्यसैले उनीहरूमा इमानदारी, गोपनीयता, अनुशासन, उच्च नैतिकता, सकारात्मक सोच तथा दबाबमा पनि संयमित भएर काम गर्न सक्ने क्षमता हुनुपर्ने उल्लेख गरिएको छ।
स्वकीय सचिव बन्न इच्छुक व्यक्तिले सम्बन्धित सांसदको सिफारिससहित संसदीय दलमा निवेदन दिनुपर्नेछ। निवेदनसँग व्यक्तिगत विवरण, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक प्रमाणपत्र तथा ५०० शब्दभित्रको प्रतिबद्धता पत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।
कार्यविधिअनुसार स्वकीय सचिवले सांसदलाई विधेयक अध्ययन, संसदीय प्रश्न तथा शून्य समयका वक्तव्यको मस्यौदा तयारी, नीति अनुसन्धान, निर्वाचन क्षेत्रका जनगुनासो व्यवस्थापन, प्रेस नोट, वेबसाइट तथा सामाजिक सञ्जाल व्यवस्थापनलगायत सञ्चार समन्वय र कार्यालय सञ्चालनमा सहयोग गर्नुपर्नेछ।
नयाँ कार्यविधिमार्फत सांसदका स्वकीय सचिव नियुक्तिलाई संस्थागत, योग्यतामूलक र उत्तरदायी बनाउने प्रयास गरिएको नेपाली कांग्रेसले जनाएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा