• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ कार्तिक २०, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • हिमाल आरोहणको उत्साह : ७६ देशका १४ सय ९३ आरोहीद्वारा अनुमति, करिब ३२ करोड ३७ लाख रोयल्टी संकलन

      बैतडीमा जिप दुर्घटना हुदा एक महिलाको मृत्यु, ६ जना घाइते

      एनपीएल : आज दुई खेल हुँदै

      नेपाली वायु सेवाहरुमाथिको प्रतिबन्ध फुकुवा गर्न सरकारले इयुसंग पहल गरिरहेको छ : मंत्री पौडेल

      गोली हानी हत्या गरी फरार दुई प्रतिवादी कारागार चलान

      २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५३६ जनालाई कारबाही

      आजको मौसम : कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

      नागरिकले न्यायका लागि वर्षौं कुर्नुपर्ने अवस्था अन्त्य गर्नुपर्छ : मन्त्री गौतम

      पत्रकारलाई विश्वप्रकाशको प्रश्न – तपाईंहरू सबै सुरक्षित हुनुहुन्छ ?

      प्रहरी संगठन सुधार्ने आईजीपी केसीका ५ प्राथमिकता

      महानिरीक्षक कार्कीलाई जिम्मेवारीबाट हटाउने निर्णय वदनीयतपूर्ण, स्वेच्छचारी र गैरकानुनी छ : त्रिपाठी

      नवनियुक्त आईजीपी डा. मनोजकुमार केसीले लगाए आईजीपीको फूली, सम्हाले प्रहरी संगठनको नेतृत्व

      आजै आईजीपीको फुली लगाउँदै मनोजकुमार केसी

      एनपीएलमा हालसम्म ११ अर्धशतक, सात अर्धशतक नेपाली खेलाडीको नाममा

      सरकारको निर्णयविरुद्ध अदालत जाने तयारीमा पूर्वआईजीपी कार्की

    होमपेज /  आर्थिक

    शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफामा ८३ प्रतिशतको छलाङ, इपिएस २३.५२ रुपैयाँ पुग्यो

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ श्रावण १९, मंगलबार (३ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ११२ पटक पढिएको
  • काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा उल्लेखनीय वित्तीय सुधार हासिल गरेको छ। बैंकले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ८२.९६ प्रतिशतले वृद्धि भएको छ। बैंकले असार मसान्तसम्म १ अर्ब १८ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको ६४ करोड ५६ लाख रुपैयाँको तुलनामा करिब ५३ करोड ५६ लाख रुपैयाँले बढी हो।

    बैंकको नाफामा भएको यो उल्लेखनीय वृद्धिको प्रमुख कारण कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याइने इम्पेरमेन्ट चार्जमा आएको ठूलो कमी रहेको वित्तीय विवरणले देखाएको छ। समीक्षा अवधिमा इम्पेरमेन्ट चार्ज ९५ करोड ४ लाख रुपैयाँबाट घटेर २० करोड ७९ लाख रुपैयाँमा झरेको छ। यसले बैंकको सञ्चालन खर्च घट्नुका साथै खुद नाफामा प्रत्यक्ष सकारात्मक प्रभाव परेको देखिन्छ।

    मुख्य बैंकिङ कारोबारबाट हुने आम्दानीमा पनि बैंकले सुधार गरेको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ६४ करोड ४३ लाख रुपैयाँबाट बढेर २ अर्ब ८२ करोड ६७ लाख रुपैयाँ पुगेको छ। ब्याज आम्दानीमा भएको वृद्धिले बैंकको कर्जा विस्तार तथा निक्षेप व्यवस्थापन सन्तुलित रहेको संकेत गरेको छ।

    त्यसैगरी, बैंकको सञ्चालन नाफा पनि उल्लेखनीय रूपमा बढेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ९१ करोड ११ लाख रुपैयाँ रहेको सञ्चालन नाफा बढेर १ अर्ब ७३ करोड ७८ लाख रुपैयाँ पुगेको छ। सञ्चालन नाफामा भएको यो वृद्धि बैंकको समग्र सञ्चालन क्षमता र वित्तीय व्यवस्थापनमा सुधार आएको संकेतका रूपमा हेरिएको छ।

    वित्तीय विवरणअनुसार बैंकको कुल वितरणयोग्य नाफा ८४ करोड ६४ लाख रुपैयाँ पुगेको छ। यस्तै, बैंकको चुक्ता पूँजी ५ अर्ब २ करोड १९ लाख रुपैयाँ रहेको छ भने सञ्चित नाफा तथा अन्य जगेडा कोषसहित कुल कोष २ अर्ब ९८ करोड ७३ लाख रुपैयाँ पुगेको छ। यसले बैंकको पूँजीगत आधार थप मजबुत बनेको देखिएको छ।

    नाफा बढेसँगै बैंकका प्रति सेयर सूचकहरूमा पनि सुधार आएको छ। प्रतिसेयर आम्दानी (ईपीएस) अघिल्लो वर्षको तुलनामा १०.२८ रुपैयाँले बढेर २३.५२ रुपैयाँ पुगेको छ। त्यस्तै, प्रतिसेयर नेटवर्थ १५९.४८ रुपैयाँ कायम भएको छ भने मूल्य–आम्दानी अनुपात (पी/ई रेसियो) १७.६४ गुणा रहेको छ।

    बैंकको सार्वजनिक वित्तीय विवरणले शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले खराब कर्जा व्यवस्थापन, सञ्चालन खर्च नियन्त्रण तथा आम्दानी वृद्धिमा उल्लेखनीय सफलता हासिल गरेको देखाएको छ। विशेषगरी इम्पेरमेन्ट चार्जमा आएको कमी र सञ्चालन नाफामा भएको उल्लेखनीय वृद्धिले बैंकको समग्र वित्तीय अवस्था थप सुदृढ बन्दै गएको संकेत गरेको छ। बजार विश्लेषकहरूले पनि बैंकको वित्तीय सूचकहरूमा आएको सुधारलाई आगामी लाभांश क्षमता र दीर्घकालीन वित्तीय स्थायित्वका लागि सकारात्मक संकेतका रूपमा हेरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    तिहारमा फूल तथा माला बिक्रीका लागि काठमाडौंका ३३ स्थान तोकिए

    कामना सेवा फुटसल कपको छैटौँ संस्करण सम्पन्न, पुरुषतर्फ कुमारी र महिलातर्फ लुम्बिनी विकास बैंक विजेता

    नबिल बैंकको खुद नाफा ४५ प्रतिशत बढ्यो

    लक्ष्मी सनराइज बैंकको नाफा ९६.६ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमै कमायो ६५ करोडभन्दा बढी

    कर्णालीका जडीबुटीबाट चार करोड राजस्व सङ्कलन

    सुनको मूल्य एकैदिन ८ हजार ३०० रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राज्य सञ्चालन कि बिचौलियाको स्वार्थ संरक्षण ?

    हिमाल आरोहणको उत्साह : ७६ देशका १४ सय…

    बैतडीमा जिप दुर्घटना हुदा एक महिलाको मृत्यु, ६…

    एनपीएल : आज दुई खेल हुँदै

    नागरिकले न्यायका लागि वर्षौं कुर्नुपर्ने अवस्था अन्त्य गर्नुपर्छ…

    आजै आईजीपीको फुली लगाउँदै मनोजकुमार केसी

    पत्रकार पक्राउबारे सरकारको जवाफ- प्रहरीको आन्तरिक विषय हो,…

    जेलबाट छुट्दै पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी

    आर्थिक

    तिहारमा फूल तथा माला बिक्रीका लागि काठमाडौंका ३३ स्थान तोकिए

    कामना सेवा फुटसल कपको छैटौँ संस्करण सम्पन्न, पुरुषतर्फ कुमारी र महिलातर्फ लुम्बिनी विकास बैंक विजेता

    नबिल बैंकको खुद नाफा ४५ प्रतिशत बढ्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑