सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, १८ साउन । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न जिल्ला अदालत भक्तपुरले आदेश दिएको छ।
आइतबार राति पक्राउ परेका प्रसाईंविरुद्ध प्रहरीले साइबर अपराध, राज्यविरुद्धको कसुरअन्तर्गत सार्वजनिक नैतिकता तथा शिष्टाचारविरुद्धको कसुर, र सार्वजनिक शान्तिविरुद्धको कसुर गरी तीन अभियोगमा अनुसन्धान गर्न म्याद थपको माग गर्दै सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालत भक्तपुरमा उपस्थित गराएको थियो।
प्रहरीले प्रसाईंमाथि थप अनुसन्धानका लागि ७ दिनको म्याद माग गरेको भए पनि अदालतले म्याद थप गर्न अस्वीकार गर्दै उनलाई म्याद नथपी रिहा गर्न आदेश दिएको हो।
अदालतको आदेशसँगै प्रहरीले प्रसाईंको रिहाइ प्रक्रिया अघि बढाएको जनाएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा