• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण १६, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • गृहमन्त्री सुदन र हिन्दूवादी संगठनबीच पहिलो चरणको वार्ता सम्पन्न

      हालैका घटनाको निष्पक्ष छानबिनको माग गर्दै सनातन धार्मिक समाज आन्दोलनमा 

      हेटौँडामा दोहोरी तथा डान्स बार सञ्चालन समय व्यवस्थापनको माग, आरआरएस दोहोरीमा कार्यरत युवतीको मृत्युबारे अनुसन्धान जारी

      विश्वले एक महान आरोही, साहसी र प्रेरणादायी व्यक्ति गुमायो : निम्सदाइ फाउन्डेसन

      मागेरै विश्व घुम्ने योजना : ‘माग्नेको घरमा सन्यासी पाहुना’

      पुर्जासहित ६ नेपाली आरोहीप्रति श्रद्धाञ्जली दिँदै बालेनले भने- तपाईहरुको साहस इतिहासमा सधैँ जीवित रहन्छ

      ब्रड पिक हिमपहिरोमा विश्वप्रसिद्ध आरोही निर्मल ‘निम्सदाइ’ पुर्जाको निधन

      वर्तमान सरकार पाँच वर्षको भनिएपनि पाँच महिनामै कमजोर : कुलमान घिसिङ

      राजाको पक्षमा जनताको हस्ताक्षर अभियान

      कोदो–फापर उत्पादन बढाएर आयात घटाई निर्यात बढाउनुपर्छ : प्रकाशसिंह कार्की

      कांग्रेस राष्ट्रिय भेला आयोजक समितिको संयोजकमा शशांक कोइराला, १६ मूल समिति गठन

      इरान माथिको विश्वास घट्दै गएको छ : ट्रम्प

      भारतमा व्यावसायिक एलपी ग्यासको मूल्य फेरि घट्यो, नेपालमा कस्तो प्रभाव पर्ला ?

      टेकुबाट सिधै एलपी ग्यास वितरण सुरु

      कोशी प्रदेश सरकारमा अन्योलता, नयाँ सत्ता समीकरणको संकेत

    होमपेज /  अन्य

    विश्वले एक महान आरोही, साहसी र प्रेरणादायी व्यक्ति गुमायो : निम्सदाइ फाउन्डेसन

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ श्रावण १६, शनिबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३२ पटक पढिएको
  • लन्डन । प्रख्यात नेपाली मूलका पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) को ब्रोड पिकमा गएको हिमपहिरोमा परी दुःखद निधन भएको निम्सदाइ फाउन्डेसनले जनाएको छ ।

    फाउन्डेसनले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत जारी गरेको विज्ञप्तिमा हिमपहिरोमा ज्यान गुमाउने अन्य टोली सदस्यहरूको पनि पुष्टि भएको जनाएको छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘आज अत्यन्त गहिरो दुःख र पीडाका साथ हामी पुष्टि गर्दछौं कि निर्मल ‘निम्सदाइ’ पुर्जाको ब्रोड पिकमा आएको हिमपहिरोपछि दुःखद निधन भएको छ । साथै, अभियानमा सहभागी अन्य केही सदस्यहरू पनि जीवित नरहेको पुष्टि भएको छ ।’

    विज्ञप्तिमा थप भनिएको छ, ‘आज हामी केवल निम्सलाई मात्र होइन, यस दुःखद घटनामा ज्यान गुमाउने सबैलाई सम्झिरहेका छौं, जसमा उनका विश्वासिला आरोहण साझेदार तथा गाइडहरू पुर बहादुर गुरुङ (युक्ता)र नीमा शेर्पा पनि समावेश छन् । उहाँहरूका परिवार, साथीभाइ तथा शुभचिन्तकहरूप्रति हाम्रो गहिरो समवेदना, प्रार्थना र हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछौं। यस्तो अकल्पनीय पीडालाई शब्दहरूले कम गर्न सक्दैनन्। यस कठिन घडीमा सबैले परिवारको गोपनीयताको सम्मान गरिदिनुहुन अनुरोध गर्दछौं।’

    फाउन्डेसनले विश्वले पर्वतारोहण क्षेत्रका एक महान आरोही, साहसी नेता तथा लाखौं मानिसलाई प्रेरित गर्ने व्यक्तित्व गुमाएको उल्लेख गरेको छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘उनका असाधारण उपलब्धिभन्दा पनि ठूलो कुरा, उनले संसारलाई ठूलो सपना देख्न, आफ्नै क्षमतामा विश्वास गर्न र सीमितताहरू स्वीकार नगर्न सिकाए । आफ्ना कर्ममार्फत उनले लाखौं मानिसलाई आफूले सोचेभन्दा धेरै हासिल गर्न सकिन्छ भन्ने विश्वास दिलाए।’

    फाउन्डेसनका अनुसार पुर्जाको दूरदृष्टि, नेतृत्व र दृढ संकल्पले धेरै संस्थालाई आजको स्थानमा पु¥याएको हो।

    विज्ञप्तिमा भनिएको छ, ‘उहाँको विरासत उहाँले परिवर्तन गरेका अनगिन्ती जीवन र प्रेरित गरेका मानिसहरूको माध्यमबाट सधैं जीवित रहनेछ ।’

    फाउन्डेसनले थप स्पष्ट गरेको छ, ‘सम्बन्धित सबै परिवारप्रति सम्मान प्रकट गर्दै, सम्बन्धित निकायबाट पुष्टि भएको जानकारीबाहेक हामी थप कुनै टिप्पणी गर्ने छैनौं । निम्स तथा यस दुर्घटनामा ज्यान गुमाउने सबैलाई श्रद्धाञ्जलि। तपाईंहरू कहिल्यै बिर्सिनुहुने छैन । तपाईंहरूको आत्मा, उद्देश्य र विरासतले आगामी पुस्ताहरूलाई सधैं प्रेरित गरिरहनेछ ।’

    फाउन्डेसनका अनुसार, यो दुर्घटना बिहीबार दिउँसो करिब १२ बजे भएको थियो। ८,०४७ मिटर अग्लो ब्रोड पिक आरोहण गरिरहेको १० सदस्यीय टोली करिब ६,६०० मिटर उचाइमा पुगेका बेला विशाल हिमपहिरो आएको थियो। टोलीसँग बिहीबार बिहानदेखि सम्पर्क विच्छेद भएको थियो भने सोही साँझ ठूलो हिमपहिरो आएको खबर सार्वजनिक भएको थियो। (एएनआई)

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    पुर्जासहित ६ नेपाली आरोहीप्रति श्रद्धाञ्जली दिँदै बालेनले भने- तपाईहरुको साहस इतिहासमा सधैँ जीवित रहन्छ

    ब्रड पिक हिमपहिरोमा विश्वप्रसिद्ध आरोही निर्मल ‘निम्सदाइ’ पुर्जाको निधन

    राजाको पक्षमा जनताको हस्ताक्षर अभियान

    रवि लामिछानेसँग छलफलपछि सामाजिक सद्भाव कायम राख्न धार्मिक अगुवाहरूको संयुक्त अपिल

    हरियो साउनमा ओझेलमा तरकारी व्यापार, मूल्यवृद्धि र सुस्त बजारले व्यापारी मारमा

    प्रधानमन्त्री र राष्ट्रपतिबिच भेट, मुलुकको समसामयिक विषयवस्तुमा छलफल

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गृहमन्त्री सुदन र हिन्दूवादी संगठनबीच पहिलो चरणको वार्ता…

    हालैका घटनाको निष्पक्ष छानबिनको माग गर्दै सनातन धार्मिक…

    हेटौँडामा दोहोरी तथा डान्स बार सञ्चालन समय व्यवस्थापनको…

    विश्वले एक महान आरोही, साहसी र प्रेरणादायी व्यक्ति…

    वर्तमान सरकार पाँच वर्षको भनिएपनि पाँच महिनामै कमजोर…

    धनुषामा सर्वपक्षीय बैठक सम्पन्न, सद्भाव र्याली निकाल्ने निर्णय

    सरकारसँग सहमतिपछि कप्तानगन्ज गोलीकाण्डका दुवै मृतकको शव परिवारलाई…

    तराई–मधेशको घट्ना धार्मिक दंगा होइन, देशलाई असफल बनाउने…

    आर्थिक

    कोदो–फापर उत्पादन बढाएर आयात घटाई निर्यात बढाउनुपर्छ : प्रकाशसिंह कार्की

    भारतमा व्यावसायिक एलपी ग्यासको मूल्य फेरि घट्यो, नेपालमा कस्तो प्रभाव पर्ला ?

    चार दिनको लगातार गिरावटपछि नेप्सेमा हरियाली, १२.९६ अंकको सुधार

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑