सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले उत्कृष्ट कार्यसम्पादन गर्ने आफ्ना सिटिजन लिडर, एजेन्सी म्यानेजर, अभिकर्ता तथा शाखाहरूलाई सम्मान गर्ने उद्देश्यले आयोजना गरेको ‘सिटिजन लिडर्स नाइट २०२६’ कार्यक्रम काठमाडौंमा भव्य रूपमा सम्पन्न गरेको छ।
ग्वार्कोस्थित रोयल टुलिप होटलमा आयोजित कार्यक्रममा देशभरबाट एक हजारभन्दा बढी सिटिजन लिडर, कर्मचारी तथा विशिष्ट अतिथिको सहभागिता रहेको कम्पनीले जनाएको छ। कार्यक्रममा सम्मान, प्रविधि, नेतृत्व विकास र मनोरञ्जनलाई एकै मञ्चमा प्रस्तुत गरिएको थियो।
कार्यक्रमको प्रमुख आकर्षणका रूपमा कम्पनीले नयाँ आई–सोलुसन प्रणाली ‘Version Next’ सार्वजनिक गरेको छ। कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डे, सञ्चालक समितिका सदस्य तथा व्यवस्थापन टोलीले संयुक्त रूपमा उक्त प्रणालीको शुभारम्भ गरेका थिए। कम्पनीका अनुसार आधुनिक प्रविधिमा आधारित यो प्रणालीले बीमा सेवालाई थप छिटो, सुरक्षित, प्रभावकारी तथा ग्राहकमैत्री बनाउनेछ।
डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राख्दै कम्पनीले ह्युमानोइड रोबोट र रोबोटिक डगसमेत प्रस्तुत गरेको थियो। ह्युमानोइड रोबोटको प्रेरणादायी तथा मनोरञ्जनात्मक प्रस्तुतिले सहभागीहरूको विशेष ध्यान आकर्षित गरेको थियो।
कार्यक्रममा कम्पनीका ब्रान्ड एम्बेसडर हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको विशेष उपस्थिति रहेको थियो। हास्य कलाकार सुन्दर खनालको प्रस्तुति तथा विभिन्न सांगीतिक एवं सांस्कृतिक कार्यक्रमले समारोहलाई थप आकर्षक बनाएको थियो।
यस अवसरमा कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डे, सञ्चालक महेश स्वर, प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषक राज पौडेल तथा प्रमुख बजार अधिकृत (सीएमओ) भूषण रिमालले कम्पनीको भावी रणनीति, बीमा क्षेत्रको सम्भावना, नेतृत्व विकास तथा उत्कृष्ट कार्यसम्पादनलाई निरन्तरता दिनुपर्ने विषयमा सहभागीहरूलाई सम्बोधन गरेका थिए।
कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट उपलब्धि हासिल गर्ने ७८० जना सिटिजन लिडर, एजेन्सी म्यानेजर, अभिकर्ता तथा शाखाहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।
सम्मानितमध्ये बुटवल शाखा प्रथम बीमा शुल्क संकलनका आधारमा देशकै उत्कृष्ट शाखा घोषित भयो। भेषराज भट्टराई उत्कृष्ट स्टार एजेन्सी म्यानेजर बने भने नितेश श्रेष्ठ प्रथम बीमा शुल्क संकलनका आधारमा उत्कृष्ट सिटिजन लिडर्स घोषित भए। त्यसैगरी गीता पौडेल सर्वाधिक बीमालेख जारी गर्ने अभिकर्ता तथा दिलबहादुर धामी सर्वाधिक अभिकर्ता भर्ती गर्ने अभिकर्ताका रूपमा सम्मानित भए।
सिटिजन लाइफले उत्कृष्ट कार्यसम्पादन गर्ने आफ्ना लिडर तथा शाखालाई सम्मान गर्दै बीमा सेवाको पहुँच विस्तार, गुणस्तरीय सेवा प्रवाह, प्रविधिमैत्री सेवा विकास तथा संस्थागत उत्कृष्टतालाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा