सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारले विगतका सहमति कार्यान्वयन नगरे तथा शिक्षा नियमावलीका विवादित प्रावधान सच्याउन आवश्यक पहल नगरे भदौ महिनादेखि देशव्यापी सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै सरकारले समयमै शिक्षकका माग सम्बोधन नगरे विगतभन्दा व्यापक सडक आन्दोलन अपरिहार्य हुने बताए। उनका अनुसार आन्दोलनको औपचारिक मिति र कार्यक्रम केही दिनभित्र सार्वजनिक गरिनेछ।
आइतबार (साउन १७) सम्पन्न महासंघको राष्ट्रिय परिषद् बैठकले शिक्षा नियमावलीको दशौँ संशोधनबाट उत्पन्न भएका समस्या, शिक्षकको बढुवा, सरुवा, सेवासुविधा, विद्यालय कर्मचारी, प्रारम्भिक बालविकास शिक्षक तथा संघीय सिकाइ अनुदानमा कार्यरत शिक्षकका मागलाई समेटेर आन्दोलनमा जाने निर्णय गरेको हो।
महासंघले २०८२ वैशाख १७ गते मन्त्रिपरिषद्ले गरेका ९ बुँदे निर्णय अझै कार्यान्वयन नभएको, संविधान जारी भएको एक दशकभन्दा बढी समय बितिसक्दा पनि संघीय विद्यालय शिक्षा ऐन जारी हुन नसकेको तथा शिक्षकका पुराना मागहरू निरन्तर बेवास्ता गरिएको आरोप लगाएको छ।
अध्यक्ष सुवेदीले आन्दोलनको पहिलो चरणमा सरकारलाई ज्ञापनपत्र र स्मरणपत्र बुझाइने तथा त्यसपछि पालिका, जिल्ला र प्रदेशस्तरीय कार्यक्रम हुँदै आवश्यक परे काठमाडौं केन्द्रित सडक आन्दोलन सञ्चालन गरिने बताए। उनले सरकारले माग सम्बोधन गरे आन्दोलनको आवश्यकता नपर्ने तर बेवास्ता जारी रहे यसपटकको आन्दोलन अघिल्लाभन्दा अझ व्यापक र प्रभावकारी हुने चेतावनी दिए।
उनले शिक्षाप्रति राज्यको प्राथमिकता कमजोर रहेको, सरकार शिक्षकका जायज मागप्रति संवेदनशील बन्न नसकेको तथा सरकार परिवर्तन भए पनि शिक्षकप्रतिको दृष्टिकोणमा कुनै उल्लेखनीय सुधार नआएको टिप्पणी गरे।
महासंघले अस्थायी, राहत, बालविकास, सिकाइ अनुदान, विशेष शिक्षा, प्राविधिक धारका शिक्षक तथा स्थायी शिक्षकको बढुवा, सरुवा र सेवासुविधासम्बन्धी माग समेटिएको विस्तृत मागपत्र सरकारसमक्ष बुझाउने तयारीसमेत गरेको जनाएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा