सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

नयाँ दिल्ली । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन भारतको औपचारिक राजकीय भ्रमणका लागि नयाँ दिल्ली आइपुगेका छन्। दिल्लीस्थित पालम विमानस्थलमा अवतरण गरेलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वयं उपस्थित भई पुटिनलाई स्वागत गरेका थिए।
स्वागत कार्यक्रममा दुई नेताबीच हात मिलाउने र अँगालो मार्ने दृश्यले विशेष ध्यान खिच्यो। औपचारिक कार्यक्रम सकेपछि पुटिन र मोदी एउटै गाडीमा सवार भई सिधै कल्याण मार्ग पुगे, जहाँ प्रधानमन्त्री मोदीको निवास रहेको छ।
भारतीय समाचार एजेन्सीहरूले कल्याण मार्गमा पुटिनका लागि विशेष स्वागत तथा छलफल कार्यक्रमको तयारी गरिएको जनाएका छन्।
पुटिनको यो भ्रमण २३औं भारत–रुस द्विपक्षीय सम्मेलनका लागि हो। आगामी शुक्रबार आयोजना हुने सम्मेलनमा दुवै नेताबीच द्विपक्षीय सम्बन्ध, व्यापार, रक्षा, ऊर्जा र क्षेत्रीय अवस्थासम्बन्धी विषयहरूमा निर्णय तथा विभिन्न समझदारीपत्र (MoU) मा हस्ताक्षर हुने अपेक्षा गरिएको छ।

युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा