सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

काठमाडौं । करिब चार घण्टासम्म चलेको जेनजी पुस्ताको भर्चुअल जुम बैठकले तत्कालीन पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नेतृत्वमा स्वीकारेर अघि बढ्ने निष्कर्ष निकालेको छ।
बैठकमा सहभागीहरूबीच लामो छलफलपछि अन्तरिम चरणको लागि निष्कलंक र सर्वमान्य व्यक्तित्वको खाँचो औँल्याइयो। त्यस क्रममा नागरिक अभियन्ता समेत रहेकी कार्कीलाई *“वार्तामा जाने सबैभन्दा उपयुक्त नेतृत्व”*का रूपमा स्वीकार गरिएको हो।
बैठकमा सहभागीहरूले भनेका थिए, “पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई स्विकारेर जान सकिन्छ। त्यसपछि बालेन्द्र शाह र सागर ढकालहरू पनि हुनुहुन्छ। अहिलेलाई अन्तरिम सरकारको नेतृत्व गर्न सुशीला कार्की ठिक हुनुहुन्छ।”
सर्वमान्य नेतृत्व खोजी
जेनजी समूहले आफ्नो आन्दोलनलाई टुटफुट वा विवाद रहित बनाउन सर्वमान्य नेतृत्व आवश्यक रहेको अडान राखेको छ। सहभागीहरूका अनुसार वार्तामा जाने व्यक्तिमा कुनै गन्ध आउन नहुने भन्दै सामाजिक रूपमा स्वच्छ छविका नेतृत्व खोजिएको थियो।
त्यसैले बैठकमा अन्ततः “कार्कीभन्दा अर्को सक्षम विकल्प अहिलेलाई छैन” भन्ने धारणा बहुमतले समर्थन गरेको थियो। एक सदस्यले बैठकमै भनिरहेका थिए– “सुशीला कार्कीको नाममा नोटिस निकालौँ। सुशीला कार्कीको नाम डन भयो, अनाउन्स गरौँ।”
सेनासँग संवादको तयारी
जेनजी समूहले हालैको घटनाक्रमपछि प्रधानसेनापति अशोकराज सिग्देलसँग वार्तामा बस्ने तयारी गरिरहेको छ। यसअघि सेनापतिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र व्यवसायी दुर्गा प्रसाईंसँग पनि छलफल गर्ने संकेत दिएका थिए।
यद्यपि, जेनजी पुस्ताले सेनासँगको संवाद नागरिक पक्षबाटै हुने र त्यसको नेतृत्वमा स्वच्छ छविका व्यक्तित्व आवश्यक पर्नेमा जोड दिएको हो।
कार्कीको पृष्ठभूमि
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेपालकै पहिलो महिला प्रधानन्यायाधीश हुन्। २०७३ सालमा सर्वोच्च अदालतको सर्वोच्च पदमा पुगेकी उनी सिधा र दृढ स्वभावका कारण चर्चामा रहिएकी थिइन्। पदावधि सकिएपछि उनी विभिन्न नागरिक आन्दोलन र अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी गतिविधिमा संलग्न हुँदै आएकी छन्।

युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा